निर्णय नं. ४०४७ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४०४७ - कर्तव्य ज्यान भाग: ३२ साल: २०४७ महिना: बैशाख अंक: १ फैसला मिति :२०४६/१२/२८ २४७६ निर्णय नं. ४०४७ ने.का.प. २०४७ (क) अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४६ सालको फौ.पु.नं. २८६ फैसला भएको मिति: २०४६।१२।२८।३ मा पुनरावेदक/वादी : थमबहादुरको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादी : जि.कपिलवस्तु कौपवा गा.पं. वा.नं. ८ बस्ने सीतादेवी थापा मुद्दा : कर्तव्य ज्यान (१) गैरकानुनी रुपबाट कसैले कसैको ज्यान मार्नु भनी दिएको बचन अनुसार, कसैको ज्यान मर्न गएको छ भने मात्र, त्यस्ता बचन दिने व्यक्ति कानुनी व्यवस्था बमोजिम सजायँको भागिदार बन्ने । (प्रकरण नं. १७) (२) बचन दिएको नभई, मारी कतै लगी फाली दिन्छु भनेका सो कुरालाई अन्यथा भन्न नसकेकी, सम्मको स्थिति अवस्थामा दिएको बचनबाट पैदा भएको बच्चा मर्न गएको भन्नु कानुन र न्यायसंगत नहुने । (प्रकरण नं. १७) पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइराला फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(ग) अनुसार वादी श्री ५ को सरकारतर्फबाट पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य जिकिर एवं निर्णय फैसला यस प्रकार छ । २. विधवा सीतादेवीले प्रेमबहादुर सुवेदीसंगको अवैध गर्भ बोकी २०४२।४।१३ गते राती बच्चा जन्माई आमा वसन्तकुमारी समेत भई बच्चालाई मारी खेतमा लगी गाडेको बुझिएकोले कानुन बमोजिम होस भन्ने समेत व्यहोराको जाहेरी दर्खास्त । ३. २०४१ साल मार्ग महीनामा प्रेमबहादुरसंग करणी लिनु दिनु भएको कारण गर्भ रहन गएको २०४२।४।१२ को राती छोरा जातक जन्म भएको, सो जातकलाई प्रेमबहादुरले लगी फालेका हुन् भन्ने समेत व्यहोराको सीतादेवी थापाको प्रहरीमा भएको कागज । ४. छोरा प्रेमबहादुरले सीतादेवीलाई गर्भ बोकाएको थाहा छैन, जातकलाई कर्तव्य गरी मैले मारे मराएको छैन भन्ने समेत व्यहोराको वसन्तकुमारीले प्रहरीमा गरेको बयान । ५. सीतादेवीले प्रेमबहादुरको गर्भ बोकी बच्चा पैदा गरी मारेको थाहा भएको, वसन्तकुमारी उपर कुनै शंका नरहेको मारे मराएको सम्बन्धमा आँखाले नदेखेको भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का । ६. जातक मारी फाली दिनु भनी प्रेमबहादुरलाई बचन दिएकोमा सीतादेवी सावित रहेकीले निजलाई ज्यानसम्बन्धी महलको १३(४) नं. बमोजिम र अह्राएको बचन मानी बच्चालाई कर्तव्य गरी मार्ने मुख्य ज्यानमारा देखिएका प्रेमबहादुर उपर ऐ.को १३(३) नं. बमोजिम कारवाही सजायँ गरी पाउँ भन्ने समेत व्यहोराको अभियोग प्रतिवेदन रहेछ । ७. प्रसव वेदनाको कारण जन्मिएको बच्चा को कसले लगे थाहा भएन । मैले पनि सोको खोजी गरिन । बच्चा मृत वा जीवित के थियो जानकारी पाइन । बच्चालाई मैले मारेको होइन । प्रेमबहादुरले मलाई र बच्चालाई पाल्न पर्छ भनेर मारेको हुनुपर्दछ भन्ने समेत व्यहोराको सीतादेवी थापाको अदालतमा गरेको बयान । ८. प्रेमबहादुरले अदालतबाट जारी भएको म्याद नै गुजारी बसेको देखियो । जन्मेको जातक मार्नलाई सीतादेवीले बचन दिएको देखिँदा निजलाई जन्मकैद हुने र प्र.प्रेमबहादुरको हकमा अ.बं. १९० नं. बमोजिम मुलतवी राखी दिने ठहर्छ भन्ने समेत व्यहोराको कपिलवस्तु जिल्ला अदालतको फैसला । ९. जिल्ला अदालतको फैसला बदर गरी अभियोगबाट सफाई पाउँ भन्ने समेत व्यहोराको सीतादेवीको लुम्बिनी अञ्चल अदालतमा परेको पुनरावेदन । १०. जिल्ला अदालतको इन्साफ मिल