निर्णय नं. ४०४८ - लागू औषध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४०४८ - लागू औषध भाग: ३२ साल: २०४७ महिना: बैशाख अंक: १ फैसला मिति :२०४६/१२/२८ २६६८ निर्णय नं. ४०४८ ने.का.प. २०४७ (क) अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४५ सालको फौ.पु.नं. ५६१ फैसला भएको मिति: २०४६।१२।२८।३ मा पुनरावेदक/वादी : कर्णध्वज समेतको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादी : अस्ट्रियन नागरिक पासपोर्ट नं. ०३७७८२३ इन्ग्रीद वानेस्क मुद्दा : लागू औषध (१) विद्यमान कानुनी व्यवस्थाको अवलम्बन नगरी जिल्ला अदालतमा दायर हुने मुद्दा वादी श्री ५ को सरकार तर्फबाट नै अञ्चल अदालत समक्ष दायर गरेको अवस्थामा पनि किनारा गरेको देखिँदा सो निर्णय अनाधिकार मानी अञ्चल अदालतको फैसला बदर गर्ने गरेको क्षेत्रीय अदालतको फैसला कानुनसंगत नै देखिने । (प्रकरण नं. १५) वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्रप्रसाद कोइराला फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(३)(ख) अनुसार वादी श्री ५ को सरकारतर्फबाट पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य जिकिर निर्णय यसप्रकार छ । २. मिति २०४४।४।४ को राती २ बजेको समयमा काठमाडौं जान बसपार्कमा आएकी अष्ट्रियन नागरिक इन्ग्रीद वानेस्क नाम गरेकी महिलासंग चरेश भएको जानकारी विश्वस्त सूत्रबाट थाहा पाई झोला तलासी गर्दा ८३५ ग्राम चरेस, चरेस सेवन गर्ने चिलिम, चरेस काटन प्रयोग हुने चक्कु समेत मौकामा बरामद हुन आएकोले बरामदी मुचुल्का गरी चरेस मानिस समेत दाखिल गरेको भन्ने समेत व्यहोराको प्रतिवेदन । ३. ठूलो पिस (२) सानो पिस पाँच समेत गरी जम्मा ८३५ ग्राम चरेस, सेवन गर्ने माटोको चिलिम एक समेत वानेस्कको झोलाबाट बरामद भएको भन्ने समेत व्यहोराको बरामदी मुचुल्का । ४. बरामद भएको चरेश पोखरामा नाम थाहा नभएको टुरिष्टसंग रु. २०००।– मा खरीद गरेको चरेश अमेरिकी जोसेफले काठमाडौंमा ल्याइदिन भनी उक्त रुपैयाँ दिएकोले किनेको छु । निजको नाम थाहा छैन भन्ने समेत व्यहोराको निज इन्ग्रीद वानेश्कले प्रहरीमा गरेको बयान । ५. वानेस्कको झोलाबाट चरेस समेत बरामद भएको भन्ने समेत व्यहोराको मौका तहकिकात सरजमीन मुचुल्का । ६. संकलित सबूद प्रमाणबाट इन्ग्रिद वानेस्कले लागू औषध चरेस सेवन तथा खरीद ओसार पसार गर्ने गरी लागू औषध नियन्त्रण ऐन, २०४३ को दफा ४(१)(च)(छ) बमोजिमको अपराध गरेको देखिँदा सोही ऐनको दफा १४(१)(ग) अनुसार सजायँ हुने भन्ने समेत व्यहोराको २०४४।४।११ मा गण्डकी अञ्चल अदालत समक्ष दायर प्रहरी प्रतिवेदन । ७. २०४४।४।४ गते पोखराबाट काठमाडौं जाँदा बस पार्कमा मेरो साथबाट उक्त चरेस बरामद भएको हो अमेरिकन नागरिक जोसेपलले चरेस किनी ल्याउन भनी काठमाडौंमा रु. २०००।– दिएकोले हो म लजमा बस्दा एक पर्यटकबाट रु. २०००।– मा खरीद गरेको छु । म चरेसको सेवन, बिक्री व्यवसाय संचय समेत गर्दिन भन्ने समेत व्यहोराको वानेस्कले अदालतमा गरेको बयान । ८. चरेस किनेको र आफ्नो झोलाबाट बरामद भएकोमा प्रतिवादी सावित देखिएकोले प्रतिवेदन दावी बमोजिम लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१)(ग) बमोजिम (५) वर्ष कैद र रु. १।– लाख जरिवाना हुने ठहर्छ भन्ने समेत व्यहोराको गण्डकी अञ्चल अदालतको फैसला । ९. प्रस्तुत मुद्दा अञ्चल अदालतको कार्यक्षेत्र भित्र नपर्ने, संशोधित ऐन, २०४३ को दफा १२ अनुसार जिल्ला अदालतको कार्यक्षेत्र भित्रको अधिकार क्षेत्र ग्रहण गरी गरेको अञ्चल