निर्णय नं. ८६१८ - उत्प्रेषणयुक्त परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८६१८ - उत्प्रेषणयुक्त परमादेश भाग: ५३ साल: २०६८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६७/११/१७ ३९८४ ने.का.प. २०६८, अङ्क ५, निर्णय नं. ८६१८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६२ सालको –WO–३५९३ आदेश मितिः २०६७।११।१७।३ विषय : उत्प्रेषणयुक्त परमादेश । निवेदकः का.जि.का.म.न.पा.वडा नं. १० भोटेवहाल बस्ने अनिता शर्मा विरुद्ध विपक्षीः का.जि.का.म.न.पा.वडा नं.१३ वाफल घर भई हाल कर्तव्य ज्यान मुद्दामा कारागार शाखा त्रिपुरेश्वर काठमाडौंमा थुनामा रहेको विकासप्रसाद सिन्हा § कुनै व्यक्तिको सर्वस्व गर्दा निजको आफ्नो अंश भागमा पर्ने सम्पत्ति मात्रै सर्वश्व गर्नुपर्ने हुन्छ । अन्य अंशियाराहरूको सम्पत्ति सर्वश्व गर्न मिल्दैन । सर्वश्व गर्नु भनेको फौजदारी दण्डको एक प्रकृति भएकाले फौजदारी दण्ड जसले अपराध गरेको हो निजलाई मात्र सजाय गर्नुपर्छ भन्ने सिद्धान्तमा आधारित रहेको पाइन्छ । फौजदारी मुद्दाअन्तर्गतको दण्डात्मक दायित्व आफ्नो हकवाला वा अंशियाराहरूमा बाडिने नभई जसले अपराध गरेको हो उसैले मात्र व्यहोर्नु पर्ने । § अपराध घटेको जाहेरी पर्नु अघि नै लेखिएका वा गरिएका भोगबन्धक र दृष्टिबन्धकका तमसुकबमोजिम साहुको थैली पर सार्नुपर्ने हुन्छ । त्यस्तो कागज बाहेक अन्य सामान्य प्रकारका कागजका आधारमा गरिएको कारोवारअनुसारको रकम भने पर सार्नु पर्ने बाध्यता कानूनले तोकेको नपाइने । (प्रकरण नं.३) § फौजदारी कसूरको सजायस्वरुप सर्वश्व गर्नु एक स्थिति हो भने दुनियाको तिर्नु बुझाउनु पर्ने बिगोबापत जायजात गर्नु फरक अवस्था हो । दुनियाको बिगो तिर्नु पर्ने कर्तव्य वा दायित्व फौजदारी दायित्व नभई देवानी दायित्व अन्तर्गतको मानिन्छ । देवानी दायित्व आफूले मात्र नभई त्यस्तो व्यक्तिको हकवाला एवं अंश खाने अंशियारहरूले समेत बहन गर्नुपर्ने । (प्रकरण नं.४) § अदालतहरूबाट भएका फैसलाहरूको कार्यान्वयनलाई चुनौती दिने हिसावले परेका अनेक रिटहरू दर्ता गर्दै जाने र त्यस्तो रिटहरूमा फैसलाको मर्म र भावनाविपरीत हुने गरी आदेश गर्दै जाने स्थिति रहने हो भने त्यसले न्यायिक अराजकताको स्थिति पैदा हुने । (प्रकरण नं.६) § भोगबन्धकी र दृष्टिबन्धकी लिखतमा पनि कुनै न कुनै हदसम्म शर्तहरूको उल्लेख हुने गर्दछ । भोगबन्धकी र दृष्टिबन्धकीको लिखत भएकोमा सो दायित्व व्यहोर्न पर्ने तर त्यस्तै देवानी दायित्व कवुल गरेको अन्य लिखतको दायित्व व्यहोर्न नपर्ने भन्नु न्याय र विवेक एवं कानूनसंगत नहुने । (प्रकरण नं.७) निवेदक तर्फबाटः विद्वान अधिवक्ताहरू कृष्णप्रसाद सापकोटा, सविता भण्डारी, जयलाल भण्डारी, उज्वल रायमाझी विपक्षी तर्फबाटः विद्वान अधिवक्ता मोहनबहादुर बन्जरा अवलम्बित नजीरः सम्बद्ध कानूनः § दण्ड सजायको महलको २६ नं. र २७ नं. आदेश न्या.कल्याण श्रेष्ठः तत्कालीन नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छः– करार मुद्दाका प्रतिवादी विकासप्रसाद सिन्हाले मिति २०५३।१०।२७ मा रु.१२,५०,०००। रुपैयाँ म वादी अनिता शर्मासँग लिएकोमा विपक्षीबाट करारबमोजिम साँवा व्याजसमेतको रकम भराई पाउने ठहरी काठमाडौं जिल्ला अदालतबाट मिति २०५६।८।२७ मा फैसला भै सो फैसला पुनरावेदन अदालत पाटनबाट मिति २०५७।१०।९ मा सदरसमेत भएकोमा सोउपर विपक्षीको चित्त नबुझी मुद्दा दोहोर्‍याई पाऊँ भनी सर्वोच्च अदालतमा निवेदन परेकोमा सर्व