निर्णय नं. ४०४९ - अपुताली जग्गा दिलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४०४९ - अपुताली जग्गा दिलाई पाउँ भाग: ३२ साल: २०४७ महिना: बैशाख अंक: १ फैसला मिति :२०४६/१२/०६ २५४४ निर्णय नं. ४०४९ ने.का.प. २०४७ (क) अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४६ सालको दे.पु.नं. ४७० फैसला भएको मिति: २०४६।१२।६।२ मा पुनरावेदक/वादी : गुल्मी जिल्ला फोक्सी गा.पं. वा.नं. ८ बस्ने दीर्घनारायण श्रेष्ठ विरुद्ध विपक्षी/प्रतिवादी : ऐऐ.बस्ने नरप्रसाद श्रेष्ठसमेत मुद्दा : अपुताली जग्गा दिलाई पाउँ (१) तत्काल प्रचलित मुलुकी ऐन रजिष्ट्रेशनको १ नं. बमोजिम शेषपछिको बकसपत्र लिखत अनिवार्य रुपमा रजिष्ट्रेशन पारित गर्नुपर्ने कानुनी व्यवस्था भएको पाइँदा रजिष्ट्रेशन पारित नभएका लिखतहरुलाई कानुनी मान्यता दिन नमिल्ने हुँदा ती लिखतका आधारमा विवादित सम्पत्ति माथि हक कायम गर्न नमिल्ने । (प्रकरण नं. २३) पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री यादव खरेल फैसला न्या.बब्बरप्रसाद सिंह १. पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४५।३।१९।१ को फैसला उपर अनुमति प्रदान भई पुनरावेदन दायरीमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. साविक जि.टेकबहादुर हाल जि.चिरन्जीवी जिम्माको १९९९ सालको ३ महलमा बाबुका नाममा दर्ता भएको ।६० मध्ये ।८ को म दीर्घनारायणको आवादी पश्चिम भुपनारायण र खगेश्वरको खेत र डहर उत्तर ठाडोडहर र रामजीको खेत दक्षिण ठाडोडहर यति ४ किल्ला भित्रको लितुङवेशी साठी मध्ये खेत म समेतका ८ अंशियार ७ भाइ र आमा समेत ८ अंशियारहरु २०२५।११।२० मा छुट्टी भिन्न हुँदा आमा चन्द्रकुमारीका अंश भागमा परेको जिउनी र बुढेउली आमाले एकलौटी छुट्टै बसी खाई आउनु भएको र अरु ४ भाइले वृद्ध आमाको स्याहार नगरेको भाइ भुपनारायण समेत ३ भाइले स्याहार संभार गरी आएकोले ७ भाइले बाँडी खाने भन्ने अंश बण्डाको कागजमा उल्लेख भएको छ तापनि २०२६।५।३१ गते अरु ४ भाइ छोराले कुनै कुराको हेरविचार नगरी दीर्घनारायण भुपनारायण, नरप्रसाद समेत ३ भाइले स्याहार संभार गरेकोले मेरो देहान्त पछि जिमी तिनै भाइले मिली बण्डा गरी खानु भनी कागज समेत गरी दिनु भएको थियो । मिति २०३७।१२।२६ गते आमा परलोक भएपछि काजक्रिया खर्च समेत ३ भाइले नै गरी आएकोमा २०३८।१।१५ मा जिउनी बण्डा गर्नु पर्यो भनी भन्दा तपाइलाई दिंदैनौ एकलौटी खान्छु भनी नापी समेत गराइसकें भनेकाले २०२६।५।३१ को कागज अनुसार बुढौलीको खेत ३ भागको १ भाग अपुतालीका २ नं. बमोजिम मेरो हक कायम गराई दिलाई पाउन जग्गा नापजाँच ऐन, २०१९ को दफा ६(७) का म्याद भित्रै उजूर गर्न आएको छु भन्ने समेत व्यहोराको २०३८।३।९ को फिराद । ३. २०२५।११।२० गते हामी अंशियार ७ भाइ र आमा समेत ८ अंशियार भिन्न भए तापनि ७ भाइलाई ७ अंश लगाई आमालाई १ अंश जिउनी राखी उहाँलाई मैले नै पाल ताल गरी आएको र रिजाए बापत निजले पूर्व दीर्घनारायण श्रेष्ठको साँध पश्चिम ठाडो डहड उत्तर शिवकुमारी दीर्घनारायण श्रेष्ठको साँध दक्षिण खगेश्वरको खेत ४ किल्ला भित्रको साठी भन्ने खेत माटो मुरी ।१० को तिरो रु. ४।५० लागेको जि.चिरन्जीवी जिम्माको खेत म र मेरी श्रीमती लक्ष्मीकुमारी श्रेष्ठ समेत दुवै जनालाई २०३० साल असोज १० गते घरसारमा हालको बकसपत्र लेखी दिनु भएकोले सो अनुसार खाई भोगी आएको र आमाको मृत्युमा मैले नै खर्च गरी आएको हुँ वादी दावा बमोजिमको खेत मेरा नाउँमा कि.नं. ४३५ नाप नक्शा भई ९ नं. नापी गो