निर्णय नं. ४०५० - अपहेलना
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४०५० - अपहेलना भाग: ३२ साल: २०४७ महिना: बैशाख अंक: १ फैसला मिति :२०४६/११/१७ २५९७ निर्णय नं. ४०५० ने.का.प. २०४७ (क) अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४६ सालको फौ.वि.नं. ७१ आदेश भएको मिति : २०४६।११।१७।४ मा निवेदक : बुटवल न.पं. वा.नं. ८ बस्ने मीनाकुमारी क्षेत्री विरुद्ध विपक्षी : बुटवल न.पं. कार्यालय बुटवलसमेत मुद्दा : अपहेलना (१) अदालतबाट बिटौरी लिई दिनु भनी परमादेश जारी भएपछि सो आदेश बमोजिम बिटौरी नलिई दिनु अदालतको अपहेलना भएकोमा विवाद नदेखिने । (प्रकरण नं. ९) (२) अदालतको आदेश अक्षरस पालना गर्नुपर्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री वेदबहादुर पौड्याल आदेश न्या.त्रिलोकप्रताप राणा १. सर्वोच्च अदालत संयुक्त इजलासबाट भएको आदेशको अपहेलना गरेकोले कानुन बमोजिम कारवाही गरिपाउँ भनी यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. जिल्ला रुपन्देही बुटवल न.पं. वा.नं. ८ मा पर्ने पूर्व रामकृष्ण भण्डारी, पश्चिम सडक र एकादशी श्रेष्ठ, दक्षिण मालती राणा भित्रको १३ हात मोहडा भएको ५० हात लम्बाई भएको र २०२० साल देखि घरवास गरी आएको थिएँ । २०२७।१२।३ गते बुटवल न.पं. को निर्णय अनुसार बिटौरीमा तिरो बुझाई आएको थिएँ । उक्त जग्गामा घर बनाउने उद्देश्यले नक्शा साथ राखी नक्शा पारित गराई माग्न बु.न.पं. मा निवेदन दिई उक्त विपक्षी ०४३।८।१६ गते नक्शा पारित गरी दिने गरी निर्णय नक्शा बमोजिमको घर बनाई बसेको थिएँ । विपक्षी न.पं. ले बिटौरी बुझाउन जाँदा पुरानो रसिद मागी अब बिटौरी नलिने गरी मौखिक भनेको र पुरानो रसिद माग्दा नदिएको निवेदन गर्न आएको छु । विपक्षीले गरेको निर्णय समेत झिकाई उक्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी ०२७।१२।३ को निर्णय बमोजिम बिटौरी तिरो लिनु भन्ने परमादेश आदेश जारी गरिपाउँ भन्ने मेरो यस अदालतमा निवेदन परेकोमा बिटौरी तिरो तिरेको छैन । रसिद लिएको छैन । बुटवल न.पं. बाट १३ हात चौडा ५० हात लम्बा अर्कै घर बनाई बसेकोमा उक्त घरको माथिल्लो तला थप्दा नक्शा पास गराएको निजले २०२७ सालबाट बिटौरी नतिरेको प्रष्ट छ भन्ने विपक्षी न.पं. को लिखितजवाफ दिएको र नक्शा पास गरी घर बनाई बसोवास गरी बसी आएको जग्गामा बिटौरी रकम लाग्नेमा सो लिन न.पं. ले सकार गरेको कुरा लिखितजवाफबाट समर्पित भएको छ । त्यसरी निवेदकको घर जग्गा भएकोमा सोको बिटौरी रकम लिई दिनु पर्नेमा बुटवल न.पं. ले नलिई दिएको मिल्न आएन । न.पं. बाट कुनै निर्णय गरेको देखिन नआएबाट बदर गर्नुपर्ने स्थिति देखिएन । बिटौरीको रकम सम्म निवेदकबाट लिई दिनु भन्ने विपक्षी बु.न.पं. का नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ भन्ने ०४४।११।१६ गतेको यस अदालतको आदेश भई उक्त आदेश अन्तिम रुपमा रहेकोमा उक्त आदेश बमोजिम बिटौरी बुझाउन विपक्षी न.पं. मा ०४५।२।६ मा निवेदन दिएकोमा उक्त निवेदन माथि कुनै कारवाही नगरी पुनः ०४५।९।१५ मा ताकेता गर्दा न.पं. ले बिटौरी लिन मिल्ने नमिल्ने जग्गा नाप जाँच गरी पेश गर्नु भनी जग्गा नाप जाँच गर्न कर्मचारी खटाई ०४६।१।२१ मा बोर्डमा छलफल गरी तपाईले बिटौरी चलाउन नमिल्ने भन्ने विपक्षी न.पं. ले मौखिक भन्नु भएको निर्णयको नक्कल माग्दा दिन नमिल्ने भनी नदिएको र विपक्षीले मलाई दिएको मिति ०४६।२।१० को पत्रमा बैठकमा छलफलको लागि राखिएको तर सो दिन कुनै न