निर्णय नं. ४०५२ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४०५२ - कर्तव्य ज्यान भाग: ३२ साल: २०४७ महिना: बैशाख अंक: १ फैसला मिति :२०४६/०५/२६ २३५० निर्णय नं. ४०५२ ने.का.प. २०४७ (क) अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४५ सालको फौ.पु.नं. ६१९ आदेश भएको मिति : २०४६।५।२६।२ मा पुनरावेदक/वादी : तारासिं साउदको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि.डोटी निरौली गा.पं. वा.नं. ८ गावर बस्ने काशीराम साउद मुद्दा : कर्तव्य ज्यान (१) घाउ चोट लागेको केश फाराम र चिकित्सकको रिपोर्टको अभावमा घाउचोट लागेको र बोल्न नसक्ने स्थिति रहेको रहेछ भन्न नमिल्ने । (प्रकरण नं. २३) (२) ठोस सबूद प्रमाणको अभावमा प्रतिवादीलाई दोषी ठहराउन नमिल्ने । (प्रकरण नं. २४) पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी फैसला न्या.त्रिलोकप्रताप राणा १. सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उपर चित्त नबुझाई वादी तर्फबाट पुनरावेदन परी दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. २०४२।७।१५ गतेका दिन गाउँका मानिस र म तिलाली गा.पं. पाखिर भन्ने ठाउँमा देवताको पूजा गर्न गएका थियौं, घरमा श्रीमती छौलीदेवी र बहिनी कलावती मात्र थिइन, कसले हो बहिनी कलावतीलाई कर्तव्य गरी मारेको र श्रीमती छौलीलाई छियाछिया गरी काटेको भन्ने कुरा सुनी घरमा आई श्रीमतीलाई कैलाली अस्पतालमा भर्ना गरी बहिनीको लाश कुरुवा राखी जाहेर गर्न आएको छु भन्ने समेत तारासिं साउदको जाहेरी दर्खास्त । ३. लालबहादुर बम समेतका मानिसले गरी दिएको २०४२।७।१९ गतेको लाश प्रकृति मुचुल्का । ४. मलाई खुकुरीले काटी ज्यान मार्ने उद्योग गरेको र मृतक कलावतीलाई खुकुरीले काटी मारेको आज यस कार्यालयबाट देखाएको कासीराम साउदले नै मारेको हो भनी इसारा गरी लेखाएको घाइते धौलीदेवीले प्रहरीमा गरेको ०४२।११।२१ को सनाखत कागज । ५. धौलीदेवी घाँटी काटिएकोले बोल्न नसक्ने भएकी हुँदा वारदात गर्ने मानिस यही हो कि भनी कासीरामलाई समाती देखाउँदा हामीहरुको सामुन्ने धौलीदेवीले उक्त वारदात गर्ने मानिस यही हो भनी देखाएको भन्ने समेत व्यहोराको न.पं.स. हरिबहादुर श्रेष्ठ समेतका मानिसहरुले गरी दिएको कागज । ६. मृतक कलावती मेरी भान्जी नाता पर्छिन, जाहेरवाला पनि मेरो भानिज नाता पर्छन । जाहेरवालाको बहिनीलाई कर्तव्य गरी मारेको र घाइते धौलीदेवीलाई ज्यान मार्ने उद्योग गरेको मैले होइन, किन मलाई धौलीदेवीले देखाएको हो मलाई थाहा छैन भन्ने समेत व्यहोराको प्र.कासीरामले प्रहरीमा २०४२।११।२१ मा गरेको बयान कागज । ७. मृतक कलावतीलाई कर्तव्य गरी मारेको र धौलीदेवीलाई ज्यान मार्ने उद्योग गरेको कुरा र सो वारदात को कसले गरेको हो सो कुरा समेत थाहा छैन, हाल डोरमा देखाएको कासीराम साउदले उक्त वारदात गरेकोमा विश्वास छैन भन्ने समेत चन्द्रबहादुर छेडाला र हुकुमबहादुर सिं समेतका मानिसहरुले गरी दिएको सरजमीन मुचुल्का । ८. घाइते भएकी धौलीदेवीको कागज अनुसार काशीरामले खुकुरीले काटेको हो भनी सनाखत गरिदिएको । निजले सो अपराध गरेको होइन भनी इन्कारी बयान गरेको छ तापनि निजले सो कसूर नगरेको भए घाइते धौलीले देखे चिनेको भनी कागज नगर्नु पर्नेमा निज कासीराम साउदले नै धौलीलाई ज्यान मार्ने उद्योग गरेतर्फ ज्यानसम्बन्धीको १५ नं. अनुसार र कलावतीलाई हतियार प्रयोग गरी ज्यान मारेकोमा ज्यानसम्बन्धीको १३(१) बमोजिम निज अभियुक्त कासीराम साउदलाई सजायँको माग दावी भएको ०४२।१२।४ क