निर्णय नं. ७५९० - लेनदेन ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७५९० - लेनदेन । भाग: ४७ साल: २०६२ महिना: पौस अंक: ९ फैसला मिति :२०६१/१२/०१ ६०१६ निर्णय नं.७५९० ने.का.प.२०६२ अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित संबत् २०५६ सालको दे.पु.नम्वर ..५४८६ फैसला मितिः २०६१।१२।१।२ मुद्दाः लेनदेन । पुनरावेदक र वादी जिल्ला पर्सा वीरगञ्ज नगरपालिका वडा नम्वर १४ वस्ने सत्यप्रकाश कलवार बिरुद्ध बिपक्षी र प्रतिवादी जिल्ला पर्सा वीरगञ्ज नगरपालिका वडा नम्वर १४ वस्ने विमलकुमार अग्रवाल § वादीले प्रतिवादीबाट पारित गरी लिएको लिखतमा उल्लेखित जग्गा कुनै व्यहोराले कच्चा ठहरेमा साँवा र व्याज जायजेथाबाट ऐन बमोजिम असुल उपर गरी लिनु भनी उल्लेख भएको र लिखत बदर मुद्दामा नजानी लिखत गरी लिएको भनी अन्तिम फैसला भएपछि वादीले आफुले लिएको लिखत बमोजिमको जग्गा भोग गर्न नपाई कच्चा ठहरेकोमा पारित लिखतमा उल्लेख भएको शर्त बमोजिम वादीले प्रतिवादी उपर नालेश उजुर दिई आफ्नो साँवा र व्याज असूल उपर गर्न पाउने । (प्रकरण नं.१४) § अ.वं. ७३ नं. बमोजिम वादीले अगाडि ठगी मुद्दा दिई सो मा बिगो र सजाँयको माग दावी गरेकोमा अदालतले जरिवाना मात्र गरी बिगोतर्फ केही उल्लेख नगरी सो मुद्दा अन्तिम फैसला भैसकेपछि ठगी मुद्दाबाट बिगो भराउने कार्य नभएपछि सो को स्वरुप विचार गरी प्रस्तुत लेनदेन मुद्दा दायर भएको पाइयो । एउटा मुद्दा दायर भै त्यसको रुप बिचार गरी अर्को मुद्दा दिन पाउने भन्न नमिल्ने । (प्रकरण नं.१५) § लिखत कच्चा ठहर भएपछि वादीलाई लेनदेन व्यवहारको महलले बिगोमा दावी लिई लेनदेनमा नालेश दिन वा ठगीको महल अनुसार बिगो असुल एवं जरिवाना समेतको नालेश गर्नकालागि कानूनले मार्ग तय गरेको देखिन्छ । दुई कानूनी व्यवस्था मध्ये कुन कानूनी व्यवस्थाको अवलम्वन गर्ने भन्ने कुरा र दुइ कानूनी व्यवस्था मध्ये कुन चांही बाटो सुगम र प्रभावकारी हुन्छ भन्ने कुराको यथा समयमा एकिन गर्नु वादीको अन्तर्निहित अधिकार हुने । § बिगो समेत असुल उपर गर्नका लागि पहिले ठगीतर्फ नालेश दिई ठगी मुद्दामा बिगोका सम्बन्धमा केही उल्लेख नभएपछि लेनदेन मुद्दा दायर गर्न आएको रहेछ । कानूनले एक भन्दा बढी उपचारको व्यवस्था नगरेको अवस्थामा दोहोरो उपचारको बाटो अवलम्वन गर्न नमिल्ने । § एउटै विषयवस्तु र विवादका सम्बन्धमा पटक पटक मुद्दाको सामान्य नामाकरण मात्र फरक पारी नालेश दिंदै जाने हो भने मुद्दाको अन्त्य कहिल्यै हुन सक्दैन । यसर्थ त्यस्ता प्रकृतिका मुद्दाहरूको नालेश लिई सुनुवाई गर्न मिल्ने भनी अ.वं. ८५ नं. को संकुचित व्याख्या गर्नु मनासिव देखिन नआउने । (प्रकरण नं.१६) पुनरावेदक वादीतर्फवाटः विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी प्रतिवादीतर्फवाटः अवलम्वित नजिरः फैसला न्या.भैरवप्रसाद लम्सालः पुनरावेदन अदालत, हेटौंडाबाट मिति २०५५।८।१७।५ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) को देहाय (ग) अनुसार प्रतिवादीसत्य प्रकाश कलवारको यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- २. बिपक्षीले म संग रु. ४५,०००। लिई निजका नाम दर्ताको जिल्ला पर्सा मजडिया पिप्रा गाउँ विकास समिति वडा न.. ४ को कित्ता नम्वर १२४ को जग्गा विगाहा ०.९.० मिति २०४२।८।१४ मा राजिनामा पास गरी लिई सो जग्गामा घर समेत वनाई सकेको थिएँ । उक्त जग्गा मलाई पारित गरि दिनु पूर्व बिपक्षीले वज्यै नाता पर्ने पार्वती देवी कादमियालाई २०४२।५।२४ मा मालपोत