निर्णय नं. ८२७७ - उत्प्रेषणयुक्त परमादेशसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२७७ - उत्प्रेषणयुक्त परमादेशसमेत भाग: ५१ साल: २०६६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६६/०६/१८ ४९१८ निर्णय नं. ८२७७ २०६६ चैत अङ्क १२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६० सालको रिट नं. ३१६३ आदेश मितिः २०६६।६।१८।१ विषयः उत्प्रेषणयुक्त परमादेश । निवेदकः सर्लाही जिल्ला परवानीपुर गा.वि.स. वडा नं. ३ घर भई विपक्षी प्रतिष्ठानका कामदार कुशहरि के.सी. समेत विरुद्ध विपक्षीः श्रम अदालत, सानो गौचर काठमाडौं समेत § अवकाश दिने बारेको कुनै निर्णय नभएको अबस्थामा उद्योग प्रतिष्ठानभित्र प्रवेश गर्न रोक लगाउने कार्य, परिचयपत्र रद्द गर्ने कार्य तथा प्रतिष्ठानमा काम गर्नबाट रोक लगाउने वा वञ्चित गर्ने कार्यलाई उद्योगको आचरणबाट सेवा अन्त्य गरेको वा अवकाश दिएको देखिने कार्य गरेको वा अप्रत्यक्ष रुपमा सेवाबाट अवकाश दिएको (Constructive Dissmissal) मान्नुपर्ने । (प्रकरण नं.५) § आचरणबाट सेवा अन्त्य गरेको मानिने कार्य गरी अप्रत्यक्ष रुपमा सेवाबाट अवकाश दिने कार्य गरेको (Constructive Dissmissal) अवस्थाको कार्य श्रम ऐन, २०४८ को दफा १० विपरीतको कार्य सिर्जना भएको अबस्थामा विवाद हेर्ने क्षेत्राधिकार श्रम ऐन, २०४८ ले श्रम अदालतलाई प्रदान गरेको अवस्था नदेखिने । (प्रकरण नं.८) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री रमेश बडाल विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री शिबहादुर रानाभाट, विद्वान अधिवक्ताद्वय श्री हरिप्रसाद पाण्डे र बाबुराम कुँवर अवलम्वित नजीरः सम्बद्ध कानूनः  श्रम ऐन, २०४८ को दफा १०, १२, २५, ५२(४), (५), ५४, ५५, ६०, ७२ र ७३, ७३(५), ७३(६) आदेश न्या. भरतराज उप्रेतीः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार छः– हामी विपक्षी प्रतिष्ठानमा पाँच वर्षदेखि कार्यरत रही आएका थियौं । हामीले राम्रो काम गरेबापत विपक्षी प्रतिष्ठानको वार्षिक कार्यक्रममा प्रसंसा पत्र समेत पाएका स्थायी कामदार हौं । हामी विपक्षी प्रतिष्ठानमा लामो समयदेखि इमानदारी साथ काम गर्दै आएको अवस्थामा हामी कामदारहरूलाई श्रम ऐन तथा नियममा व्यवस्था भएबमोजिमको सुविधा नदिएकोले हामी कामदारहरूले सोही विषयमा विपक्षी व्यवस्थापकसँग माग राखेका थियौं । यसलाई विपक्षी प्रतिष्ठानले दूषित मनसाय लिई विना आधार कारण तथा कुनै लिखित निर्णय जानकारी वेगर हामी कामदारहरूलाई मिति २०५८।९।२ गतेबाट प्रचलित श्रम ऐनको प्रक्रिया पूरा नगरी विना कुनै लिखित निर्णय जानकारी वेगर काम गर्नबाट वञ्चित गराइएपछि श्रम ऐनको दफा ७३(१) बमोजिमको कानूनी प्रक्रिया पूरा गरी विपक्षी प्रतिष्ठानलाई मिति २०५८।९।१३ मा हुलाकमार्फत् निवेदन दिएका थियौं । सो निवेदनमा कुनै कारवाही नभए पछि ऐ. ऐनको दफा ७३(३) बमोजिम श्रम कार्यालय काठमाडांैमा मिति २०५८।१०।१ मा निवेदन दिएका थियौं । यस पछि श्रम ऐनको दफा ७३(४) बमोजिमको प्रक्रिया पूरा गर्दा समेत समस्या समाधान नभए पछि ऐ. ऐनको दफा ७३(५) बमोजिम श्रम कार्यालय काठमाडौंबाट हामी निवेदकहरूको पक्षमा निर्णय भएको थियो । उक्त निर्णयउपर श्रम अदालत काठमाडौंमा विपक्षी प्रतिष्ठानले पुनरावेदन गरेको र श्रम अदालतबाट मिति २०६०।३।१९ मा फैसला भएको र सो फैसलामा सजायको रुपमा सेवाबाट अवकाश पाइसकेका यी निवेदकहरूले पुनरावेदन लिई आउदा श्रम ऐनको दफा ६०(ग) बमोजिम यसै अदालतमा आउनु पर्नेमा निज नि