निर्णय नं. ४०५३ - करार बदर, बहाल भराई घरबाट उठाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४०५३ - करार बदर, बहाल भराई घरबाट उठाई पाउँ भाग: ३२ साल: २०४७ महिना: बैशाख अंक: १ फैसला मिति :२०४६/०७/०६ २९९१ निर्णय नं. ४०५३ ने.का.प. २०४७ (क) अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४४ सालको दे.पु.नं. ६८८ फैसला भएको मिति: २०४६।७।६।१ मा पुनरावेदक/वादी : का.जि.का.न.पं. वा.नं. ३२ बस्ने धर्मनारायण महर्जन विरुद्ध विपक्षी/प्रतिवादी : ऐऐ.बस्ने केशवप्रसाद श्रेष्ठ मुद्दा : करार बदर, बहाल भराई घरबाट उठाई पाउँ (१) वादीले घर बनाई घर बहालमा दिएको नभई मील सञ्चालन हुने गरेबाट भू–वहाल सम्म पाउने शर्त उक्त शर्तनामामा भएको र त्यस्तो शर्तलाई स्वीकार गरी करारनामा भएकोले यस्तो अवस्थामा घर बनाउनेको ८, ९ नं. र ११ नं. लाई अंगाली घरबाट उठाई चलन चलाई पाउँ भन्ने वादी दावी पुग्न नसक्ने । (प्रकरण नं. १५) पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री शिवानन्ददास सरस विपक्षी/प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री हरिहर दाहाल फैसला न्या.त्रिलोकप्रताप राणा १. मध्यमाञ्चल क्षेत्रीय अदालतबाट पुनरावेदन गर्ने अनुमति प्रदान नगर्ने निर्णय आदेश भए उपर वादीको यस अदालतमा पर्न आएको निवेदनमा पुनरावेदन गर्ने अनुमति प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. पशुपतिनाथ भण्डार तहविलमा मेरा नाउँमा दर्ता भएको पशुपतिनाथ मूल भट्टका खानगीको भन्ने लगतमा जनिएको का.न.पं. वडा नं. ३२ को कि.नं. ३८६ को ०–०–२–३ जग्गामा भएको घर कि.नं. ८८७ को ०–४–०–३ समेतका जग्गामा मेरो हक भएकोले तिरो बुझाइसकेको छु । करारनामामा २० वर्ष लागू भएपछि पनि घर बनाउनेको ८ नं. बमोजिम धनी आफैंलाई बस्नलाई चाहिने भएमा लिखत भए पनि उठाउन पाउँछ । मैले विपक्षीका नाउँमा घर बनाउनेको ९ नं. बमोजिम मिति ०४२।१।१७ मा दिएकोमा घर छाडी नदिई अटेर गरेकोले यो फिराद गर्न आएको छु । अन्यायवालाले घर छाडी नदिई अटेर गरेकोले कारण परेको ३ महीना भित्र फिराद गर्न आएको छु । मेरै घर जग्गामा उद्योग स्थापित गर्न मलाई नै शर्त बमोजिमको वार्षिक रु. १०००।– ले दिने भनेको बहाल पनि करार भएको मितिबाट अहिले सम्म १ पैसा नदिए नबुझाएकोले र ०३९।३।२६ बाट आज सम्मको २९४३।३३ बहाल समेत मैले भरी पाउने कानुनी हक भएकोले अन्यायवालाबाट बहाल भराई घर टहराबाट उठाई अड्डैबाट चलन चलाई मिति ०३९।३।२६ मा भएको करारनामा बदर गरिपाउँ भन्ने समेत व्यहोराको मिति ०४२।३।४।३ को फिरादपत्र । ३. विपक्षी र मेरा बीच भएको ०३९।३।२६।१ को करारनामाको दफा ३ अनुसार करार लागू भएको मितिले २० वर्ष सम्म कुनै हालतमा पनि उठाई लान भनी पहिलो पार्टी विपक्षीले कर लाउन र दोस्रो पार्टी म प्रतिवादीले पनि अन्त सारी लान नपाउने बन्देज गरिएको छ । अतः २० वर्ष नपुगे सम्म उक्त करारनामा बदर गरिपाउँ भन्ने दावा लिन सक्दैन । विपक्षीले आफ्नो हिस्सा बुझाई मिलमा हिस्सेदार बन्न नचाहेकोले करार बमोजिम मैले सञ्चालन गरी आएको छु । मिल स्थापना हुँदा दोस्रो पार्टी म प्रतिवादीकै खर्चमा भएको छ । कारण परेको मितिबाट करार ऐनको दफा १८(ग) अनुसार ३ महीनाभित्र दावा गर्नु पर्ने नगरी वर्षौ वाद दावा गरेको हुँदा हदम्यादको कारणबाट बहाल तर्फको दावा पनि खारेज हुनु पर्ने साथै भू.सु. ऐन अनुसार जग्गाको बालीमा वर्ष दिन भन्दा बढीको बहाल दावा गरेको सरासर कानुनी विपरीत भएकोले वादी दावा खारेज गरिपाउँ भन्ने समेत व्यहोराको मिति ०४२।५।१२।४ को प्रतिउत्तरपत्र । ४. मिति ०३९।१०।१७