निर्णय नं. ४०५४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४०५४ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: बैशाख अंक: १ फैसला मिति :२०४७/०१/०३ २३५९ निर्णय नं. ४०५४ ने.का.प. २०४७ (क) अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०४६ सालको रि.नं. १३६२ आदेश भएको मिति : २०४७।१।३।१ मा निवेदक : जि.चितवन पिठुवा गा.पं. वा.नं.३ बस्ने मित्रमणी खनाल विरुद्ध विपक्षी : महाप्रबन्धक, नेपाल खाद्य संस्थान, काठमाडौंसमेत विषय : उत्प्रेषण (१) निर्णय सामान्य सिद्धान्त, २०३५ को सन्दर्भमा स्वीकृत भएकोले सामान्य सिद्धान्त, २०४३ को हकमा उक्त निर्णय स्वीकृत भएको भन्न नमिल्ने । (प्रकरण नं. १४) (२) जसरी जुन विधिपूर्वक विनियम बनेको छ त्यसरी नै सोही विधिपूर्वक विनियममा संशोधन हुनु र गर्नु पर्ने । (प्रकरण नं. १४) (३) संस्थानले आ–आफ्नो कर्मचारी सेवा शर्त नियमावलीमा समावेश नगरेसम्म अन्यथा विचार गर्ने स्थिति नै नदेखिँदा सामान्य सिद्धान्त, २०४३ बमोजिम कारवाही र सजायँ गर्न मिल्छ भन्ने बहससंग सहमत हुन नसकिने । (प्रकरण नं. १४) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती प्रत्यर्थी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधान धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण निम्न प्रकार छ । २. निवेदकलाई खाद्य संस्थान उपशाखा कार्यालय मनाड्डको तत्कालीन का.मु. उपशाखा प्रमुख पदमा कार्यरत रहँदा उक्त कार्यालयको विभिन्न शीर्षक अन्तर्गत विभिन्न कार्य बापत रु. ५२,८८७।६७ रकम अनियमित तरीकाबाट खर्च भएको देखिएको र संस्थाको सम्झौता समाप्त भएका ठेकेदार कटकबहादुर गुरुड्डलाई का.मु. उपशाखा प्रमुखको हैसियतले १६५ के.जी. खाद्यान्न निज कटकबहादुर गुरुड्डलाई धारापानीबाट चामेसम्म ढुवानी गर्नको लागि बुझाएको र उक्त खाद्यान्न मध्ये रु. ८३.१९ बढी खाद्यान्न ठेकेदारले चामेमा नबुझाएको बुझिएको भन्ने कारण दर्शाउँदै संस्थाको हानी नोक्सानी हुने गरेकोले संस्थामा दाखिल नभएको खाद्यान्न तपाईबाट असूल गर्ने गरी तपाइलाई विभागीय कारवाही सम्बन्धी सामान्य सिद्धान्त, २०४३ को परिच्छेद ६ को दफा ६.४(४) को आरोपमा कारवाही किन हुनु नपर्ने हो भन्दै २०४४।१०।१५ मा पहिलो स्पष्टीकरण माग गरियो । मैले आफ्नो कार्यालयमा कुनै प्रकारको अनियमित खर्च नगरेकोले त्यस सम्बन्धमा उपशाखा कार्यालय मनाड्डलाई बुझी पाउन अनुरोध गर्दै ढुवानी कर्ता कटकबहादुर गुरुड्डलाई धारा पानीबाट चामेसम्म खाद्यान्न ढुवानी गराउनको लागि शाखा कार्यालय दमौलीबाट निर्देशन भएअनुसार गरेको कुरा उल्लेख गरी मैले स्पष्टीकरण पेश गरें सो स्पष्टीकरणलाई सन्तोषजनक नदेखिएको भन्दै सामान्य सिद्धान्त, २०४३ को दफा ६.१(४) बमोजिम सेवाबाट बर्खास्त किन नगर्ने भनी पुनः २०४४।१२।३ मा स्पष्टीकरण माग गरियो । जसमा मैले आफ्नो कार्यालयमा अनियमित ढंगबाट रकम तथा खाद्यान्न समेत हिनामिना नभएकोले त्यस सम्बन्धमा कार्यरत रहँदाको अवस्थाको लेखापरीक्षण प्रतिवेदन र शाखा कार्यालयले पठाएको आ.बा.को निर्देशन समेत उपशाखा कार्यालय मनाड्डबाट बुझिपाउँ भन्ने समेतको मेरो स्पष्टीकरण पेश गरेको पश्चात पनि स्पष्टीकरण सन्तोषजनक नदेखिएको भनी पुनः २०४५।४।१२ मा गैरकानुनी स्पष्टीकरण माग गरियो त्यसको स्पष्टीकरण समेत ०४५।४।२ मा दिएको छु । उपरोक्तानुसारको स्पष्टीकरण पेश हुँदा हुँदै पनि मैले पेश गरेको स्पष्टीकरणलाई सन्तोषजनक नभएको र संस्थानको खाद्यान्न नगद जिन्सी हानी नोक्सानी ह