निर्णय नं. ७५९२ - जग्गा खिचोला ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५९२ - जग्गा खिचोला । भाग: ४७ साल: २०६२ महिना: पौस अंक: ९ फैसला मिति :२०६२/०३/०३ ४१०१ निर्णय नं.७५९२ ने.का.प.२०६२ अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल माननीय न्यायाधीश श्री बलराम के.सी. संबत् २०५७ सालको दे.पु.नं. .....६७२४ फैसला मितिः २०६२।३।३।६ मुद्दाः जग्गा खिचोला । निवदेकः जुम्ला जिल्ला, विराट गा.वि.स. वडा नं. ४ वस्ने ता.मु. रत्नबहादुर बडुवाल समेत बिरुद्ध विपक्षी र वादीः ऐ.ऐ. वस्ने रुपबहादुर बडुवाल समेत § लुटपिट मुद्दा दायर गरेपछि खिचोलातर्फ पनि सोही लुटपिट भएको वारदात मितिलाई कायम गरी खिचोला मुद्दाको हदम्याद सम्बन्धी प्रश्न कायम गर्नु पर्ने हो की भन्नलाई लुटपिट मुद्दा फौजदारी प्रकृतिको भै त्यस्तो मुद्दाबाट प्रतिबादीलाई सजाय गरी बिगो भराउनु पर्ने सम्म हुँदा लुटपिट मुद्दाको वारदात मितिलाई कायम गरी सो मुद्दा भन्दा पछि दायर भएको खिचोला मुद्दामा हदम्याद सम्बन्धी प्रश्न उठाइनु न्यायोचित हुन नसक्ने । § फौजदारी मुद्दाको मकशद वारदात घटाउनेलाई सजाय गरी विगो नोक्सानी भएको भए सो नोक्सानी भएको विगो भराई दिनुसम्म हुन आउने । § फौज्दारी प्रकृतिको मुद्दाबाट देवानी मुद्दाको खिचोला तर्फ निरुपण गर्नु कानूनसम्मत हुन नआउने । § खिचोला मुद्दा देवानी मुद्दासंग सम्वन्धित भै आफ्नो स्वामित्व भएको जग्गामा कसैले बाधा अवरोध सिर्जना गरी भोगचलन गर्न नदिई विवादको सिर्जना उत्पन्न गराएपछि मात्र मुद्दा दायर हुनसक्ने । § फौजदारी र देवानी विषयका मुद्दाको मुद्दा गर्नुपर्ने कारण एउटै हुनुपर्ने भनी अदालतले अनुमानको भरमा भन्न नमिल्ने । (प्रकरण नं१७) निवेदक तर्फवाटः विपक्षी वादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.वलराम के.सी.: पुनरावेदन अदालत, जुम्लाको मिति २०५७।२।२९ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम प्रतिबादीहरूको यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार छ :- २. जुम्ला सिजादरा बडुवाल गाउँको झुत्ता मौजामा २०४६ सालमा हाम्रा बाजे तुल्या देउ शर्ण र स्यूराम बडुवालका नाममा घरधुरीको शेर्मा रु. २।५० लागी दर्ता भएको पाखो जग्गाहरू निजहरू मरी हाम्रा बाबा रुद्रलालका नाममा भु.सु. ७ नं. फाराम भरी २०४० सालमा जुम्ला माल कार्यालयबाट नामसारी भै हक भोग भएको पूर्व चुम्वाको जग्गा, पश्चिम बलबहादुरको गडा, उत्तर पानी नाउला, दक्षीण मानको जग्गा यति ४ किल्ला भित्रको नै कैलो भन्ने ।।।–५ को जग्गा कित्ता १, पूर्व शिवहरीको जग्गा, पश्चिम मुनेको जग्गा उत्तर मुनेकै जग्गा, दक्षीण मान चुम्वाको जग्गा यति ४ किल्ला भित्रको लाल ढुङ्गा भन्ने ।.।५ को जग्गा कित्ता १, पूर्व शिवहरीको घर, पश्चिम बाटो, उत्तर लालको घर दक्षीण धनश्रीको जग्गा यती ४ किल्ला भित्रको डाँडा स्वाडो भन्ने ।.।५ को जग्गा कित्ता १ समेत ३ कित्ता जग्गामा २०५१।३।१७ मा हामीले लगाएको गर्हुवाली लुटपिट गरी लुटपिट मुद्दा चली रहेको हुँदा २०५२ साल कार्तिक ४ गतेका दिन सो जग्गाहरूमा जौवाली लगाउन भनी गएका वखत अन्यायीहरू १३ जना आइ यो जग्गा हाम्रो हो, अव बाली लगाउन पाउदैनौ भनी खिचोला गरेकाले निजहरूको खिचोला मेटाई जग्गामा हाम्रो हक कायम गरिपाऊँ भन्ने समेत रुपबहादुर बडुवाल समेत जना २ को संयुक्त फिराद दावी । ३. बादी दावीको ३ कित्ता जग्गा समेत बिपक्षीका पिताका नाममा भु.सु. ७ नं. फाराम भरेकोमा विपक्षीका पिता समेत र हाम्रा बाबु बाजे ५ भाई मु. देविभक्त बडुवालका छोरा भएको