निर्णय नं. ४०५५ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४०५५ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: बैशाख अंक: १ फैसला मिति :२०४६/१२/२२ २२९१ निर्णय नं. ४०५५ ने.का.प. २०४७ (क) अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४६ सालको रि.नं. ५४३ आदेश भएको मिति: २०४६।१२।२२।४ मा निवेदक : कान्तिपथ स्थित पीस ट्राभल्स एण्ड टूर्स प्रा.लि.को तर्फबाट नरोत्तमलाल श्रेष्ठ विरुद्ध विपक्षी : श्री ५ को सरकार, कर विभाग, लाजिम्पाटसमेत विषय : उत्प्रेषण (१) औ.व्य. ऐनको दफा २(ट) मा पर्यटन क्षेत्र भन्नाले “पर्यटन उद्योग विकासको लागि श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको क्षेत्र सम्झनु पर्दछ” भन्ने उल्लेख भएको पाइन्छ, निवेदकको उद्योग काठमाडौं स्थित कान्तिपथमा स्थापना भएको र काठमाडौंलाई पर्यटन क्षेत्र तोकेको नदेखिएबाट निवेदकको उद्योगले औ.व्य.ऐन, २०३८ को दफा १०क (५)(ख) बमोजिम निवेदकको उद्योग स्थापना भएको मितिले ५ वर्षको सुविधा पाउने । (प्रकरण नं. ७) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्न्यात अवलम्बित नजीर: निवेदक यति ट्राभल्सको तर्फबाट सहदेव शमशेर राणा विपक्षी अर्थ मन्त्रालयसमेत आदेश न्या.पृथ्वीबहादुर सिंह १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. निवेदक पीस ट्राभल्स एण्ड टूर्स प्रा.लि. औ.व्य. ऐन, २०३८ को दफा ९(१)(ङ) मा परिभाषित ट्राभल्स एजेन्सी हुँदा सो ऐन अनुसार यो एक पर्यटन उद्योग हो । यो कम्पनी श्री ५ को सरकार उद्योग विभागमा २०३५।९।१२ मा दर्ता भएको छ र श्री ५ को सरकार पर्यटन विभागबाट हरेक ३।३ वर्षको लागि दिइने इजाजत प्राप्त छ र विपक्षी कर कार्यालयबाट नं. १३।१२७३१ को आयकर दर्ता प्रमाणपत्र प्राप्त भई सो कार्यालय अन्तर्गतको करदाता हौं । औ.व्य. ऐन, ०३८ प्रारम्भ भई सो ऐनको दफा १० को देहाय (क) को (५) मा पर्यटन उद्योगलाई संचालन मिति देखि पर्यटन क्षेत्रमा स्थापना हुनेलाई ७ वर्ष, अन्य क्षेत्रमा स्थापना हुनेलाई ५ वर्ष शतप्रतिशत आयकर छूट दिइने छ भन्ने बाध्यात्मक कानुनी व्यवस्था छ । साविक दफा १४(२) मा यो ऐन प्रारम्भ हुनु अघि अनुमति प्राप्त गरी स्थापित भएको कुनै उद्योगले तत्काल प्रचलित कानुन बमोजिम हुने सुविधा, सहुलियत तथा संरक्षण पाई नआएको र यो ऐन अनुसार पाउन सक्ने भए त्यस्तो उद्योगले यसै ऐन बमोजिम सुविधा सहुलियत तथा संरक्षण पाउने छ भन्ने व्यवस्था भएको छ । यस्तो सुविधा प्राप्त गर्न हामीले कर कार्यालय समक्ष निवेदन गरेकोमा विपक्षी विभागले हाम्रो निवेदनको बावजूद पनि आयकर छूट नदिएको र विपक्षी कर कार्यालय आ.ब. १९८६ ज.डी.को आयकर निर्धारण गरी हामीले तिर्नु नपर्ने बिगतको कर कट्टा नगरी कर निर्धारण गरेको आदेश हामीलाई बुझाइयो । विपक्षीको यो कार्य औ.व्य. ऐन, २०३८ को दफा १०(क)५ को बर्खिलाप हुँदा कर कार्यालयको २०४५।१२।३० को कर निर्धारण आदेश बदर गरी पाउँ भन्ने समेत रिटनिवेदन । ३. यसमा के कसो भएको हो ? विपक्षीसंग लिखितजवाफ मगाउनु भन्ने समेत २०४६।४।११ मा एक न्यायाधीशको इजलासको आदेश । ४. रिट निवेदकको उद्योग, पर्यटन विभागबाट २०३५।९।१७ मा अस्थायी इजाजत प्राप्त गरी सोही मितिबाट सञ्चालन भएको पाइन्छ । निवेदकको उद्योगले इजाजत प्राप्त गर्दा र संचालन गर्दा समेत औ.व्य. ऐन, २०३० रहेको देखिँदा उक्त ऐनमा यस प्रकारको उद्योगलाई आयकर सुविधा द