निर्णय नं. ८२७८ - लुटपीट

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२७८ - लुटपीट भाग: ५१ साल: २०६६ महिना: चैत्र अंक: ८२७८ फैसला मिति :2066/06/26 ३६१० निर्णय नं. ८२७८ २०६६ चैत अङ्क १२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला संवत् २०६० सालको फौ.पु.नं.३१५४ फैसला मितिः २०६६।६।२६।२ मुद्दा :– लुटपीट । पुनरावेदक वादीःसिराहा जिल्ला महादेवा पोर्ताहा गा.बि.स.को तर्फबाट अख्तियार प्राप्त ऐ. गा.बि.स.का सचिव देवशरण पण्डित विरुद्ध प्रत्यर्थी वादीःसिरहा जिल्ला महादेवा पोर्ताहा गा.बि.स.वडा नं.१ बस्ने बौएलाल साह बैश्य समेत शुरु फैसला गर्ने मा.न्या . श्री तेजबहादुर कार्की पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री शारदा श्रेष्ठ मा.न्या.श्री मोहनप्रसाद घिमिरे § मिन्ही दर्ता हुनु भनेको उक्त जग्गाको पोत तिर्नबाट र स्वामित्वबाट वञ्चित भई जग्गाधनीको हैसियत र दायित्वबाट छुटकारा पाउनु हो । त्यसरी पोत नतिर्ने जग्गालाई निजी वा व्यक्ति विशेषको जग्गा हो भन्न नमिल्ने । § विवादित पोखरी नापीको बेलामा मौकामा प्रमाण देखाई आफ्नो नाममा दर्ता गर्न नसकी उक्त समयमा दर्ता गराउन छुट भएको भए छुटमा दर्ता गरिपाऊँ भनी हालसम्म निवेदन समेत नगरेको र दर्ता गर्न हक पुग्ने प्रमाण नभएको अवस्था लगायतका तथ्यबाट मिन्ही लगतमा दर्ताको लागि छोडेको सार्वजनिक प्रकृतिको कायम हुने । (प्रकरण नं.५) पुनरावेदक प्रतिवादीको तर्फबाटः विद्वान अधिवक्ता जग्गनाथ महतो प्रत्यर्थी वादी तर्फबाटः वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी एवं विद्वान अधिवक्ता जीवनप्रसाद उपाध्याय अवलम्वित नजीरः नेकाप २०५५, अङ्क ३, पृष्ठ १७२ नि.नं. ६५२६ सम्बद्ध कानूनः  अ.बं ८० नं. फैसला न्या. मोहनप्रकाश सिटौलाः पुनरावेदन अदालत राजविराजको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अनुसार वादीको तर्फबाट पुनरावेदन परी पेश हुनआएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यसप्रकार छ:- सिराहा जिल्ला गा.वि.स.महदेवा पोर्ताहा वडा नं.१ अन्तर्गत पर्ने रैती नं.३३ बन्द नं.२ झरी सवैया साहू सो उत्तर शत्रुधनप्रसाद सो दक्षिण पश्चिम डगर सो पूर्व यति चार किल्लाभित्रको अर्ध १५।३ तुल ११।५ को ०–७–१६ मा रहेको बौएलाल वाला भन्ने पोखरी सार्वजनिक पोखरी भै सो पोखरी जग्गा सर्भे नापी हुँदा गाउँ व्लकमा परी सिराहा जिल्ला महादेवा पोर्ताहा गा.वि.स.वडा नं.१(क) कि.नं.२५७ को ०–१३–६ अन्तर्गत नापी भै उक्त पोखरी धेरै वर्षअगाडि सार्वजनिक कायम रहेको,२०४० सालदेखि नै पोखरी ठेक्का लगाई आएको र उक्त पोखरी हाल गा.वि.स.को कार्यालय महादेवा पोर्ताहाको रेखदेखमा रही २०५५ साल श्रावण महिनामा रहु, भाकुर र नैनी जातका माछाका भुराहरू हाली माछा पालन गरेकोमा उक्त माछा हुकिरहेको अवस्था यही मिति २०५६।१२।२१ गते सोमवारका दिन बिहान अं.१०:०० बजेको समयमा प्रमाणका साक्षीहरूको सामुन्नेमा विपक्षीहरूले लाहासमेत लगाई माछा जाल हाली माछा मारी रहेको गा.वि.स.को कार्यालय महादेवा पोर्ताहालाई थाहा जानकारी भै लिखित रुपमा ईलाका प्रहरी कार्यालय महेशवारीमा कार्यवाही चलाएको छ । यसरी विपक्षीहरूले सार्वजनिक पोखरीका माछाहरू मारी पोखरीको पूर्वतर्फको डिलमा सो माछाहरू थुपारी तौल गर्दा १० क्वीन्टल भएको हुँदा प्रति क्वीन्टल रु.८,०००।– का दरले हुने बिगो रु.८०,०००।– दिलाई विपक्षीहरूलाई लुटपीटको ४।६ नं.बमोजिम सजायसमेत गरिपाऊँ भन्ने फिरादपत्र । उक्त पोखरी हामी प्रतिवादीहरूको बाबु बाजेको निजी भई हाम्रै हक भोग संरक्षणमा रहेको छ । कुनै ऐ