निर्णय नं. ७५९३ - लिखत पारीत दर्ता ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५९३ - लिखत पारीत दर्ता । भाग: ४७ साल: २०६२ महिना: पौस अंक: ९ फैसला मिति :२०६२/०८/३० ३१०१ निर्णय नं.७५९३ ने.का.प.२०६२ अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री तपबहादुर मगर सम्व्त २०५७ सालको दे.पु.नं. ...७०८७ फैसला मितिः २०६२।८।३०।५ मुद्दाः लिखत पारीत दर्ता । पुनरावेदक / प्रतिवादीः जिल्ला रौतहट, गा.वि.स. प्रेमपुर गोनाही वडा नं. ८ वस्ने वुधियादेवी चमारनी विरुद्ध प्रत्यर्थी / वादीः जिल्ला रौतहट गा.वि.स. प्रेमपुर गोनाही वडा नं ८ वस्ने अमिरी महरा चमार § प्रतिवादीका पतिले रु. १९,५००। मा आफ्नो ०.३.५ जग्गा दिने र वादीले लिने गरी सहमती भै प्रतिवादीका पतिले १९,५००। सो लिखत हुँदाको मितिसम्म रु.१९,०००। बुझि लिई वाँकी रहेको रु.५००। लिखत पारित गर्दाका अवस्थामा वादीबाट लिई उक्त लिखत अनुसार शुकन महरा चमार आफू विरामीबाट निको भएमा निको भएका मितिले ६ महिनाभित्र, विरामीबाट निको नभै मरेमा पुनरावेदकका नाउँमा नामसारी भएका मितिले ६ महिना भित्र जग्गा पारित गरी लिनु भन्ने शर्त उल्लेख भएपछि वादीले मुद्दा गर्नुपर्ने कारण सो शर्त अनुसार निजको पतिको नामको जग्गा नामसारी भएको मितिलाई नै मान्नु पर्ने । § नामसारी गराई लिएको मितिले ३ महिना भित्र वादीको प्रस्तुत फिराद परेको देखिंदा उक्त फिराद हदम्याद नघाई दायर भएको भनी मान्न नमिल्ने । § निश्चित समयपछि लिखतमा लेखिएको घर जग्गा विक्री गरिदिने भन्ने शर्तमा करारीय सम्झौतासम्म भएको हुँदा उक्त लिखत विक्रीको लिखत (Sale Deed) नभै विक्री गरिलिने भन्ने कुराको मञ्जुरी (Agreement to sale) को लिखत भएको प्रष्ट छ । यस्तो लिखतलाई रजिष्ट्रेशन गर्नुपर्ने बाध्यात्मक व्यवस्था रहे भएको नपाइने भएकोले सो लिखत मौकैमा रजिष्ट्रेशन पारित गर्नुपर्ने भन्न नमिल्ने । (प्रकरण नं.१६) § वादी र प्रतिवादीका पति वीच भएको लिखत करारिय भै करार ऐन बमोजिम प्रतिवादीका पतिको दायित्व प्रतिवादीमा सर्ने । (प्रकरण नं.१७) पुनरावेदक प्रतिवादी तर्फवाटः प्रत्यर्थी वादी तर्फवाटः अवलम्वित नजीरः ने.का.प. २०४९, अङ्क १, नि.नं. ४४४७ फैसला न्या.तपबहादुर मगरः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन अदालत, हेटौंडाको फैसला उपर प्रतिबादीको यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार छ :- २. प्रतिबादीको लोग्ने सुकन महरा भन्ने सुकन महरा चमारले आफ्नो नाउँ दर्ताको जि.रौ.गा.वि.स. प्रेमपुर गोनाही वा.नं. ८ कि.नं. ७६ को ०.५.१५ मध्ये पश्चिम तर्फबाट ०.३.५ जग्गा बिक्री गर्ने कुरा निश्चित भई प्रति कठ्ठाको रु. ६०००। ले हुने रु.१९,५००। मोल मध्ये रु. १९०००। वुझि लिई बाँकी रु. ५००। रजिष्ट्रेशन गर्ने बेलामा दिई लिई रजिष्ट्रेशन गर्ने समेत भाखा राखी मिति २०२८।१।१।४ मा मलाई शर्तनामा भाखापत्रको भरपाईको सक्कल लिखत गरिदिएकोमा २०२८।१।२५ मा निज सकुन महरा चमार आफ्ना कालगतिले परलोक भई निजको नामको जग्गा निजकी श्रीमति प्र. बुधीयादेवीले २०५३।३।२१ मा नामसारी गराई सकेपछि मलाई पारित गर्नु पर्नेमा उक्त जग्गा मलाई पारित गरी दिनुस भन्दा निज वुधिया देवीले आलटाल गरेकोमा २०५३।५।२१ मा मैले बिपक्षी उपर पंचायती वसाल्दा सो पञ्चायतीमा पनि बिपक्षीले पारित गर्न इन्कार गरेकाले नालेश गर्न आएको छु । उक्त शर्तनामा भरपाईको शर्त अनुसार वाँकी रु. ५००। म बाट प्रतिबादीलाई बुझ्न लगाई जग्गाको लिखत प्रतिबादीबाट मलाई पारित गराई मेरा नाउँमा दर्ता गरिपाऊँ भ