निर्णय नं. ४०५७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०५७ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: बैशाख अंक: १ फैसला मिति :२०४६/११/०३ २४६४ निर्णय नं. ४०५७ ने.का.प. २०४७ (क) अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४६ सालको रि.नं. १३५२ आदेश भएको मिति: २०४६।११।३।४ मा निवेदक : पाँचथर जि.फलैचा गा.पं. वा.नं.६ बस्ने राजेन्द्र भन्ने चतुरमान वेधा विरुद्ध विपक्षी : निर्वाचन विशेष अदालत, मुकाम पाँचथर जिल्ला अदालतसमेत विषय : उत्प्रेषण (१) निर्वाचन विशेष अदालतले जुन आधारमा निर्वाचन बदर गर्ने ठहर्‍याएको छ सो निर्वाचन (निर्वाचन अपराध तथा सजायँ) ऐन, २०२४ को दफा १४(२) बमोजिम बदर गर्नु पर्नेमा सम्पूर्ण निर्वाचन बदर गर्ने व्यवस्था गरेको दफा १४(१) को आधार उल्लेख गरेकोसम्म मिलेको देखिन नआई गल्ती गरेको देखिन आएकोले त्यतिकै आधारमा माग बमोजिम उत्प्रेषणको आदेश जारी गर्न पर्ने अवस्था नदेखिने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विपक्षी तर्फबाट : विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट र विद्वान अधिवक्ता श्री माधव बास्कोटा आदेश न्या.हिरण्येश्वरमान प्रधान १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त टिपोट तथा निर्णय यस प्रकार छ :– २ २०४३।१२।७ गते प्रधानपञ्च तथा उपप्रधानपञ्च समेतको चुनावमा म निवेदकको चस्मा चिन्ह, विपक्षीको खरायो चिन्ह, टिकारामको मादल चिन्ह र भोजप्रसाद खरेलको कोदालो चिन्ह थियो । म निवेदकले फलैचा गा.पं. को उपप्रधानपञ्चको चुनावमा ३८८ तथा विपक्षीले ३०६ र टिकाराम खरेलले २१३ तथा भोजप्रसाद खरेलले १४१ मत पाएको हुँदा सबै भन्दा बढी मत ल्याउने म उपप्रधानपञ्चमा निर्वाचित भएँ । चुनाव हुँदासम्म कुनै उजूर बाजूर थिएन । विपक्षीले मेरा उपर उजुरीपत्र दिएको भनी निर्वाचन अधिकृत तथा प्रमुख जिल्ला अधिकारीज्यू समक्ष उजूरी दिनु भएको रहेछ । तर अनधिकृत निकायमा दिएको उजुरी मतलाई निर्वाचन विशेष अदालतले म्याद जारी गरी मेरा प्रतिउत्तरपत्र पछि प्रमाणको उचित मूल्याड्ढन नगरी निर्वाचन विशेष अदालतबाट २०४५।१२।३ मा निर्णय गरी म निर्वाचित भएको बदर गरी विपक्षी नरप्रसाद अधिकारीलाई ३०८ मत पाएको भनी उपप्रधानपञ्चमा निर्वाचित भएको ठहर्छ भनी उल्लेख भएको छ । उक्त फैसलाबाट मेरो कानुनी एवं संवैधानिक अधिकार समेतमा आघात परेको हुँदा र कानुनको अन्य उपचार नभएकोले यस सम्मानीत अदालतको शरण पर्न आएको छु । सो फैसला रीत नपुगेको हुँदा अ.बं. ३५ नं. प्रतिकूल छ । विपक्षीको उजूरीपत्रमा निर्वाचन (अपराध र सजायँ) ऐन, २०२४ को दफा १४ को उपदफा (१) र (२) को दावी लिएको छ सो ऐनको दफा १४(१)(६) (ख) अन्तर्गत बदर गर्नु पर्ने दर्खास्त सदर गरेको भनी दावी लिएको सोच्ने हो भने निर्वाचन बदरसम्म हुन सक्दछ उजूर गर्नेलाई निर्वाचित भएको भनी कदापी भन्न मिल्दैन । विपक्षी नरप्रसाद अधिकारीलाई उपप्रधानपञ्चमा निर्वाचित भएको ठहर्छ भनी गरिएको फैसला निर्वाचन (अपराध तथा सजायँ) ऐन, २०२४ को दफा १४(१)(ख) प्रतिकूल छ । त्यसमा पनि लाग्नै नसक्ने निर्वाचन (अपराध तथा सजायँ) ऐन, २०२४ को दफा १४(१)(क) तथा १४(२)(क) लगाई फैसला गरेको स्वयं गलत छ । अतः निर्वाचन विशेष अदालत पाँचथरको मिति २०४५।१२।३ को निर्णय उत्प्रेषण लगायत आज्ञा, आदेश वा पुर्जी जारी गरी सो निर्णय कार्यान्वयन नगर्नु नगराउनु भन्ने अन्तरिम आदेश जारी गरी पाउँ भन्ने समेत रिटनिवेदन जिकिर । ३. यसमा के कसो भएको