निर्णय नं. ४०५८ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४०५८ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: बैशाख अंक: १ फैसला मिति :२०४६/१०/१० २३४३ निर्णय नं. ४०५८ ने.का.प. २०४७ (क) अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको रि.नं. ११४१ आदेश भएको मिति: २०४६।१०।१०।३ मा निवेदक : जि. कञ्चनपुर दैखतमुली गा.पं. वा.नं. ५ बस्ने लबरु राना थारु विरुद्ध विपक्षी : जि.पं. सचिवालय, साझा विकास शाखा, कञ्चनपुरसमेत विषय : उत्प्रेषण (१) आफ्नु हक दर्ताको जति जम्मै दृष्टिमा कागज गरी दिएको देखिन आएकोले निजको हक भोगमा रहेको सो जग्गा विपक्षी साझा संस्था ऐनको दफा १३ को अधिकार प्रयोग गरी तोकिएको रीत पुर्याई लिलाम गरी असूल उपर गरेकोलाई गैरकानुनी भन्न नमिल्ने । (प्रकरण नं. ११) (२) साझा संस्था ऐनको दफा १४ मा भएको व्यवस्थाबाट अरुलाई धितोमा लेखी दिएकै भए पनि साझा संस्थाको ऋणले अग्राधिकार पाई सरकारी धितोको हकमा पन्छाई असूल गर्न पाउने देखिएकोले कृषि विकास बैंकलाई धितोमा दिई रोक्का रहेकै भए पनि साझा संस्थाले सो जग्गा लिलाम गरी आफ्नो लेखा असूल गर्न पाउने । (प्रकरण नं. ११) विपक्षी तर्फबाट : विद्वान मुख्य न्यायाधिवक्ता श्री केदारप्रसाद शर्मा र विद्वान अधिवक्ता श्री रामप्रसाद भण्डारी आदेश न्या.हिरण्येश्वरमान प्रधान १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण एवं निर्णय निम्नानुसार छ । २. म रिट निवेदक लवरु राना थारु र मेरी श्रीमती विष्णु राना थारुले कञ्चनपुर जिल्ला अन्तर्गत संचालित साझा संस्था झुल्लारीबाट पृथक पृथक तमसूक गरी मेरा नाउँमा ३३६८।७० र मेरी श्रीमती विष्णु रानाको नाउँबाट रु. ७४४१।– ऋण लिएको थिएँ । उक्त ऋण म्याद नाघेपछि पनि नबुझाएको हुँदा मिति २०४५।८।८ मा जि. कंचनपुर साविक पिपलादी हाल देखतमुली गा.पं. वा.नं. ७(ग) कि.नं. ३६ को मेरा नाउँमा दर्ता भएको जग्गा बिगहा ३–१२–१८ साझा संस्था लि. झुल्लारीले रु. ९३,५००।– मा लिलाम बढाबढ गरी सब भन्दा बढी अंक बोली सकार गर्ने जि.कंचनपुर झुल्लारी गा.पं. वार्ड नं. ४ बस्ने ज्ञानबहादुर सिंहको नाउँमा जग्गा रजिष्ट्रेशन दा.खा. गरी दिने गरी मालपोत कार्यालय कंचनपुरमा पत्र लेखी कारवाही गरेकाले विपक्षी साझा संस्था लि. लाई १४% प्रतिशत व्याज लिन र बेहिसाब क्षेतिपूर्ति तोक्न पाउने हक कुनै पनि कानुनले दिएको छैन । अतः विपक्षी साझा संस्थाले गरेको लिलामी गैरकानुनी कारवाहीबाट निवेदक नेपालको संविधानको धारा १०(१), ११(१), ११(२ङ) र १५ द्वारा प्रदत्त मौलिक हक अधिकारबाट स्पष्ट रुपमा वञ्चित भएको हुँदा उपचारको अन्य कानुनी मार्गको अभाव भएकोले संविधानको धारा १६ र ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी मिति २०४५।८।८ मा गरेको लिलाम र सो संग सम्बन्धित सम्पूर्ण कारवाही बदर गरी मेरो सम्पत्ति सम्बन्धी हक अधिकारको रक्षा गरिपाउँ भन्ने समेत निवेदन जिकिर । ३. यसमा विपक्षीहरुबाट लिखितजवाफ झिकाई आएपछि वा अवधि नाघेपछि नियम बमोजिम पेश गर्नु भन्ने समेत यस अदालत एक न्यायाधीशको इजलासको मिति २०४५।१२।२ को आदेश । ४. ऋणी लवरुराना थारु श्रीमती विष्णु राना थारुले ऋण भुक्तान गर्ने म्याद नाघेपछि ऋण नबुझाएको र रीतपूर्वक गोरखापत्रमा सूचना प्रकाशित गरी लिलाम गरी निजको जग्गा लिइएको हो भन्ने समेत महानिर्देशक साझा विकास विभागको लिखितजवाफ । ५. साझा संस्था लि. झुल्लारी कंचनपुरका साझा व्यवस्थापकको रीतपूर्वक लिलाम