निर्णय नं. ७५९४ - अंश चलन ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५९४ - अंश चलन । भाग: ४७ साल: २०६२ महिना: पौस अंक: ९ फैसला मिति :२०६२/०९/०६ ३६६० निर्णय नं.७५९४ ने.का.प.२०६२ अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी माननीय न्यायाधीश श्री रामकुमारप्रसाद साह संम्वत २०५६ सालको दे.पु.नं......६४०२ संम्वत २०६१ सालको दे.पु.नं.... ९२३९ फैसला मितिः २०६२।९।६।४ मुद्दा : अंश चलन । पुनरावेदक / प्रतिवादीः चितवन जिल्ला पिठुवा गा.वि.स. वार्ड नं. २ बस्ने मुन्ना भन्ने पदमा भण्डारी समेत विरुद्ध प्रत्यर्थी / वादीः ऐ.ऐ. वस्ने अनिलराज भण्डारी पुनरावेदक / प्रतिवादीः चितवन जिल्ला पिठुवा गा.वि.स. वार्ड नं. २ बस्ने श्यामबावु भण्डारीको मु.स. गर्ने छोरा दिनेश वावु भण्डारी विरुद्ध प्रत्यर्थी / वादीः ऐ.ऐ. बस्ने अनिलराज भण्डारी § निजी आर्जनको भन्नेले नै निजी आर्जनको प्रमाण पुर्याउनु पर्ने हुन्छ अन्यथा प्रमाण ऐनको दफा ६(क) बमोजिम त्यस्तो सगोलको अंशियारको नाउको सम्पत्ति सगोलको संम्पत्ति संझनु पर्ने । (प्रकरण नं.१९) § बकसपत्र बदरमा समयमै नालेस नगरेको भन्ने आधारमा मात्रै अन्य अंशियारको समेत हकलाग्ने सम्पत्ति आफ्नो श्रीमतीलाई बकसपत्र गरिदिएको भै सम्पत्ति अंशियारामा नै रहेको अवस्थामा हुंदा त्यस्तो सम्पत्तिमा अन्य अंशियारको हक समाप्त हुन्छ भन्नु न्याय संगत नहुने । § लोग्नेको मात्र एकलौटी हक नभएको त्यस्तो सगोलको सम्पत्ति लोग्नेले बकसपत्र गरिदिएकै आधारमा मात्र त्यस्तो सम्पत्ति प्राप्त गर्ने स्वास्नीले स्त्री अंश धन अन्तर्गतको दावी लिई आफुखुस गर्न पाउने सम्पत्ति भनि अन्य अंशियारको अंश हक समाप्त गर्न नमिल्ने । (प्रकरण नं.२०) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री मुकुन्दप्रसाद पौडेल प्रत्यर्थी वादी तर्फबाटः विद्वान वैतनिक अधिवक्ता श्री हेमराज अधिकारी अवलम्वित नजीरः फैसला न्या.मीनवहादुर रायमाझीः न्याय प्रशासन ऐन २०४८ को दफा ९(१)(ग) अन्तर्गत पुनरावदेन अदालत हेटौंडाको मिति २०५६।७।२८।१ को फैसला उपर प्रतिवादीहरुको तर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्थ एवं ठहर यसप्रकार छ :- २. म फिरादी र विपक्षीहरु एका सगोलका दाजु भाउज्यु र भाई हौं । हाम्रो पहाड घर गोरखा फुजेलमा पनि छ । म फिरादी शाही नेपाली सेनामा कार्यरत छु । मैले मेरो कमाई घरमै दिंदै आईरहेको छु । हाम्रो अंशवण्डा भएको छैन । म जागिरबाट आफ्नो पिठुवाको घरमा २०५३।१२।२९ गते आउंदा विपक्षीहरुले खान लाउन बस्न दिने इन्कार गरेकाले मेरो विहे भाग परसारी ४ भागको १ भाग अंश दिलाई भराई पाऊ भन्ने वादी दावी । ३. मैले मेरो आर्जित सम्पत्ति र पहाड तर्फको केही जग्गा वेचविखन गरी चितवन जिल्ला पिठुवा गा.वि.स.मा केही जग्गा खरिद गरी जेठा छोरा बुहारीको नाममा रहेको छ । हामी कसैको पनि अंशवण्डा भएको छैन । वादीले हामी सवै प्रतिवादीहरुको सम्पत्तिबाट अंश पाउनु पर्ने हो । सवै छोराहरुमा वण्डा गरी दिन मेरो मन्जुरी छ भन्ने प्र. प्रेमबहादुर भण्डारीको प्रतिउत्तर पत्र । ४. प्रतिवादी प्रेमबहादुर भण्डारीले आफ्नो प्रतिउत्तर पत्रमा के लेखाएका छन् हामीलाई थाहा छैन । मैले शाही नेपाली सेनामा काम गरी युनिफिल लेवनानमा गई त्यहां तलव भत्ता जोगाई उक्त चितवन पिठुवाको जग्गा खरिद गरेको हुंदा सो मेरो स्वआर्जनको भएकोले अंशवण्डा हुनु पर्ने होइन । पिता प्रेमबहादुर भण्डारीको पुर्ख्यौली सम्पत्ति वेच विखन गरी जग्गा किनेको होइन भन्ने समेत व्यहोराको प्रतिवादी प्र.वा.स. अर्जुन राज भण्डारीको प्रतिउत्त