निर्णय नं. ४०५९ - डाँका
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४०५९ - डाँका भाग: ३२ साल: २०४७ महिना: बैशाख अंक: १ फैसला मिति :२०४६/१२/१४ २४७८ निर्णय नं. ४०५९ ने.का.प. २०४७ (क) अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४५ सालको फौ.वि.नं. ६९ फैसला भएको मिति: २०४६।१२।१४।३ मा पुनरावेदक/प्रतिवादी: बाँके जिल्ला रनियापुर गा.पं. वा.नं. ८ बस्ने जाकीर खाँ विरुद्ध विपक्षी/वादी: श्री ५ को सरकार मुद्दा : डाँका (१) जबरजस्ती कुटपिट गरेको घा जाँच समेतबाट देखिन आएकोले चोरीको ३ नं. को अवस्था नदेखिए पनि चोरीको ४ नं. को अवस्था विद्यमान देखिन आएकोले निवेदकले डाँका गरेको ठहर्याएको क्षेत्रीय अदालतको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. २७) निवेदक/प्रतिवादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी अवलम्बित नजीर: निवेदक प्रतिवादी राजेश्वर दुवे बाहुन समेत विरुद्ध श्री ५ को सरकार भएको डाँका मुद्दा (ने.का.प. २०४५, अड्ढ १२, नि.नं. ३६६३, पृष्ठ १२३०) मा प्रतिपादित सिद्धान्त । फैसला न्या.हिरण्येश्वरमान प्रधान १. मध्यमपश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४३।९।७ को फैसला उपर इन्साफ जाँच गरी दिनु भन्ने हु.प्र. भए अनुसार दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं निर्णय यस प्रकार छ । २. २०३९ साल चैत्र २८ गतेको राती म र पत्नी भीमकुमारी घरको बरण्डामा र छोरी पार्वती तथा सासू दिलकुमारी बगलको कोठामा सुतेको अवस्था अं. १२ बजेको समयमा ११।१२ जना बदमासहरु बन्दूक, भाला, लाठी लिई सासू र छोरी सुतेको कोठामा पसी धनमाल लुट्न लाग्दा छोरी र सासूले थाहा पाई कराउन लाग्दा हामीले आवाज सुनी बिउँझी सो ठाउँमा जाँदा बदमासहरुले स्वास्नीको घाँटी च्यापी नाकमा लगाएको सुनको बुलाकी जबरजस्ती खोसी लिएका । ती बदमासहरु मध्ये एकजनाले मेरो टाउकोमा र दायाँ हातमा लाठीले हानी लुटपिट गर्न लागेका अवस्था जाकिर खां –१, मुस्तकिम खां –१, चुच्चु भन्ने हमिदयार खां –१ समेतलाई चिने अरुलाई चिन्न सकिन डाँकाहरुले बिगो रु. ४१२४।– को धनमाल डाँका गरी भागी गएकाले डाँकाहरुलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गरी मेरो धनमाल दिलाई पाउँ भन्ने जाहेरी दर्खास्त । ३. २०३९ साल फाल्गुण निकल्दाको समय म भारत दौरनिया गाउँमा गोतियार सफिक खांको नातीको मुंडन भएको निम्तामा गई मुंडनको निम्ता खाई १०।१२ दिन सोही ठाउँमा बसी त्यसपछि घरमा आएको हुँ । भिमबहादुरको जाहेरीमा लेखिए अनुसार मैले डाँका गरे गराएको छैन राजनीति दाउपेचबाट म समेतलाई फसाउन डाँकामा झुठा उजूर गरेका हुन । प्र.मुस्कीम खां र जिकिर खांले डाँका गरे नगरेको थाहा छैन भन्ने प्र.चुच्चु भन्ने हमिदयार खांले प्रहरीमा गरेको बयान कागज । ४. २०३९ साल चैत्र २८ गतेको राती जाहेरवालाको घरमा डाँका परेको हल्ला सुनी घटनास्थलमा जाँदा डाँका मध्ये जाकिर, मुस्तकिम, चुच्चु भन्ने हमिदयार खां, साजित खां समेतलाई घटनास्थलमा देखी चिनेको हो भन्ने केही मानिस हामीहरु घटनास्थलमा जाँदा डाँकाहरु भागी सकेका थिए जाहेरीमा लेखिएका जाकिर, मुस्तकीम चुच्चु भन्ने समेतले डाँका गरेमा विश्वास लाग्छ भन्ने केही मानिस र जाहेरवालाको घरमा डाँका भएको छैन जाहेरवालाको घरमा लोग्ने स्वास्नीको मारपीट भई चोटपटक लागेको हो भन्ने सुनेका हौं जाहेरीमा लेखिएका प्रतिवादीहरुले डाँका गरेको होइनन् पञ्चायतबाट हटाउने योजना बनाएकोले सोही रिसइवीबाट झुठ्ठा उजूर गरेको भन्ने केही मानिसहरुको भनाई भएको ०४०।९।२९ को सरजमीन मुचुल्का । ५. २०३९ स