निर्णय नं. ८६२० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८६२० - उत्प्रेषण भाग: ५३ साल: २०६८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६७/१०/१० ३५७९ ने.का.प. २०६८, अङ्क ५, निर्णय नं. ८६२० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल संवत २०६५ सालको WO– ०८७६ आदेश मितिः २०६७।१०।१०।२ मुद्दा :– उत्प्रेषण । निवेदकः जिल्ला प्रशासन कार्यालय दाङमा दर्ता रही ऐ. जि. त्रिभुवन नगरपालिका वडा नं. ११ मा केन्द्रीय कार्यालय रहेको काष्ठ उद्योग व्यवसायी संघका तर्फबाट अख्तियारप्राप्त अध्यक्ष रामप्रसाद उपाध्याय विरुद्ध विपक्षीः घरेलु तथा साना उद्योग विभाग, त्रिपुरेश्वर काठमाडौँ समेत § विभिन्न कारण र वहानामा तीव्र वनविनास भैरहेको परिप्रेक्ष्यमा वन पैदावारमा आधारित उद्योग वनजंगलको अत्यधिक नजिक सञ्चालन हुँदा निश्चित् रुपमा वन पैदावारको चोरी निकासीमा वल पुग्न गई वनक्षेत्रको अतिक्रमण र वन विनास हुने हुँदा त्यस्ता उद्योगहरू वनक्षेत्रबाट तोकिएको निश्चित् सीमाभन्दा नजिक हुन नहुने भन्ने निर्धारित मापदण्डलाई अनुचित वा बेमुनासिव भन्न नमिल्ने । (प्रकरण नं.५) § वनक्षेत्रबाट कम्तीमा २ किलोमिटर टाढामात्र त्यस्ता उद्योग सञ्चालन गर्न पाउनेमा अनेक प्रकारबाट सम्बद्ध निकाय समेतको मिलेमतोमा सो निर्धारित सीमाको आदर नगरी सो भन्दा निकै कम दूरीमा वनक्षेत्रबाट धेरै नजीक त्यस्ता उद्योग सञ्चालन गर्ने तर छानबीन गर्दा वास्तवमा अनियमिता गरेको देखिन आएपछि आफ्नो लागि कानूनी र संवैधानिक सुरक्षा खोज्नु उचित नहुने । (प्रकरण नं.८) § कानूनबमोजिम निर्धारित मापदण्डअनुसार कुनै पनि उद्योग, व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ र सोसँग सम्बन्धित आवश्यक शर्त वा मापदण्डहरू आवश्यकता र औचित्यका आधारमा अधिकारप्राप्त निकायबाट वा कानूनद्वारा निर्धारित हुनुपर्ने । § कुनै पदाधिकारीको स्वेच्छामा मात्र राष्ट्रिय महत्वको नीतिगत निर्णय गर्ने नगर्ने, कुरा छोड्नु उपयुक्त हुँदैन । यसका अतिरिक्त एक पटक एउटा मापदण्ड र अर्को पटक अर्को मापदण्ड निर्धारित गर्दै जानुलाई कुनै दृष्टिकोणले पनि उचित मान्न नसकिने । (प्रकरण नं.११) निवेदक तर्फबाटःविद्वान अधिवक्ता श्री बाबुराम कुँवर विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री सरोजप्रसाद गौतम अवलम्बित नजीरः सम्बद्ध कानूनः § वातावरण संरक्षण नियमावली, २०५४ को नियम ३ आदेश न्या.ताहिर अली अन्सारीः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छः म अध्यक्ष रहेको काष्ठ उद्योग व्यवसायी संघ काष्ठ उद्योगीहरूको छाता संगठन हो । संघको सदस्यहरूले प्रचलित कानूनको अधीनमा रही फर्म, उद्योग दर्ता गरी आफ्नो व्यापार व्यवसाय गरी आइरहेको विपक्षी मध्येका घरेलु तथा साना उद्योग कार्यालय दाङले मिति २०६६।२।८ मा निर्णय कार्यान्वयन गर्ने सम्बन्धमा लेखेको पत्रको व्यहोरा हेर्दा, घरेलु तथा साना उद्योग विभागको च.नं.८८५ मिति २०६६।१।२५ को पत्रानुसार प्रचलित ऐन, नियमसम्मत नदेखिएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट निर्णय भै आएका ती उद्योगहरू तत्कालीन प्रचलित ऐन, नियम र निर्देशिकाबमोजिम कायम हुनपर्ने दूरी कायम गरी अविलम्ब ठाउँ सारी गर्न लगाउनु भनी लेखी आएको हुँदा, प्रक्रिया पुर्‍याएर कानूनले तोकेबमोजिमको उपयुक्त स्थानमा वन सीमाबाट ५ कि.मि को दूरीमा आफ्नो उद्योग २१ दिनभित्र ठाउँ सारी गरेर मात्र सञ्चालन गर्नुहोला, अन्यथा अटेर गरी हालकै ठाउँमा उद