निर्णय नं. ७५९६ - दर्ता वदर हक कायम ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७५९६ - दर्ता वदर हक कायम । भाग: ४७ साल: २०६२ महिना: पौस अंक: ९ फैसला मिति :२०६२/०८/०१ ३१०७ निर्णय नं.७५९५ ने.का.प.२०६२ अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामनगिना सिंह माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ सम्वत् २०५७ सालको दे.पु.नं. .....६५२२ फैसला मितिः २०६२।८।१।४ मुद्दाः दर्ता वदर हक कायम । पुनरावेदक र वादी काठमाडौं जिल्ला का.म.न.पा.वडा नं. ८ वस्ने कमलप्रसाद भट्ट समेत विरुद्ध प्रत्यर्थी र प्रतिवादीः काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. ९ वस्ने हरिप्रसाद घिमिरे समेत § कार्यव्यस्तताको कारण वा अन्य कुनै कारणले तोकिएको दिन कर्मचारी खटाउन नसकिएको अवस्थामा सो कारणवाटै पक्षको हक हितमा असर पर्छ भनी मान्न नमिल्ने । § एउटा कामलाई भनी तारेख तोकिसके पश्चात सोही काम गर्नुपर्नेमा सो काम गर्नलाई कर्मचारी नखटाई चुप लागि वस्ने तर पक्षको तारेख गुज्रिसकेको भनी मुद्दालाई असर पर्ने गरी डिसमिस गर्नु न्यायोचित नदेखिने । (प्रकरण नं.१५) § वादीको वारेशलाई हाजिर हुन भनी व्यहोरा लेखी सहिछाप गराएपछि सो मितिमा कर्मचारी र अमिन समेत नगएको अवस्थामा तारेख गुज्रेको भनी प्रमाणित गरी मुद्दा डिसमिस गर्ने गरी भएको शुरुको फैसला र सो लाई सदर गर्ने गरी भएको पुनरावेदन अदालतको फैसला कायम रहन सक्ने नदेखिंदा वदर हुने । (प्रकरण नं. १६) पुनरावेदक वादी तर्फवाटः विद्वान अधिवक्ता श्री शम्भु थापा र श्री इन्द्र खरेल प्रत्यर्थी प्रतिवादी तर्फवाटः विद्वान अधिवक्ता श्री श्रीप्रसाद पण्डित, श्री सुशिल पन्त, श्री हरिहर दाहाल र श्री वावुराम गिरी अवलम्वित नजीरः ने.का.प. २०५०, अंक ६ नि.नं. ४७६४ पृष्ठ ३४९, ने.का.प. २०५३, अंक २, नि.नं. ६१४८, पृष्ठ १४१ फैसला न्या.रामनगिना सिंहः पुनरावेदन अदालत, पाटनको मिति २०५४।५।३१ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम वादीको मुद्दा दोहोर्‍याई हेरी पाउं भनी निवेदन परी मिति २०५६।१२।९ मा दोहोर्‍याई हेर्ने निस्सा प्रदान भै पुनरावेदनमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :– २. जिजुबाजे गोपाल भट्टलाई वि.स. १८६१ साल कार्तिक ८ रोज ४ का दिन तत्कालीन श्री ५ का बाहुलीवाट संकल्प गरी पाएको कुश विर्ताको हांडीगाउंका अम्वलमा पूर्व मूलवाटो, पश्चिम प्रजाका सुना विर्ता भनेको हालको रैकर उत्तर गुठी र रैकर दक्षिण प्रजाकै सुना विर्ता भनेको हालको रैकर, उत्तर गुठी र रैकर, दक्षिण प्रजाकै सुना विर्ता भनेको हालको रैकर यति चार किल्ला भित्रको घुम्बोखेत रोपनी १४ को –१, पूर्व दक्षिण पश्चिम मुलवाटो उत्तर वाटो, टोडोलको गुठी र नुहकिल यति चार किल्ला भित्रको हसुल घडेरी रोपनी ५ को –१ र पूर्व वाटो पश्चिम टोडोलको गुठी उत्तर रैकर दक्षिण हरिभक्त पण्डितको विर्ता लुहकिल यति चार किल्ला भित्रको हसुल धुम्बाराहीको रोपनी ११ समेत जम्मा ३० रोपनी जग्गा जिजु बाजे गोपाल भट्ट पछाडि बुढा वाजे बैजनाथ भट्टले विपक्षी चेतबहादुरकी बज्यै कर्णेल्नी राजकुमारीलाई रु १००१।– मा भोग बन्धकी दिनु भै निज पछाडि पदम कुमारी, जयन्ता ब्राम्हणी समेतका नाममा लख बन्धकी हुंदै आएकोमा बन्धकी निखन्न नपाउंदै बुढा बाजे, बजै र बाबु समेतको परलोक भै सकेको र हामी नावालक हुंदा बन्धकी निखन्न पाएको थिएनौ । जयन्ता ब्राम्हणीले उक्त लख बन्धकी जग्गा छोरा कपिल देव र छोरी नन्द कुमारीलाई शेषपछिको बकसपत्र गरी दिनु भएकोमा छोरा कपिल देव परलोक हुनु भएको र सन्तान नभै निसन्तान भएको, छोरी नन्द कुमारी पनि परलो