निर्णय नं. ८२७९ - अंश अपुताली

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२७९ - अंश अपुताली भाग: ५१ साल: २०६६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६६/०६/२६ ४०२९ निर्णय नं. ८२७९ २०६६ चैत अङ्क १२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला संवत् २०६२ सालको दे.पु.नं .. ८७७१ फैसला मितिः २०६६।६।२६।२ मुद्दाः अंश अपुताली । पुनरावेदक प्रतिवादीः जिल्ला सप्तरी गा.वि.स. अर्नाहा वडा नं. ४ बस्ने कुलानन्द चौधरी समेत विरुद्ध प्रत्यर्थी वादीः ऐ.गा.वि.स.वडा नं. ४ बस्ने लगनीदेवी थरुनी समेत शुरु फैसला गर्नेः मा.न्या. श्री लीलाप्रसाद गौतम पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री शारदाप्रसाद पण्डित मा.न्या. श्री लक्ष्मणमणि रिसाल § विवाहिता छोरीले बाबुको अंश पाउने व्यवस्था तत्कालीन अंशबण्डाको महलले गरेको नदेखिँदा अपुतालीको महलले मर्नेको नजिकको अरु कोही नभए विवाहित छोरीले अपुताली पाउने व्यवस्था गरेको भए पनि आफ्नो पिताको नामको यो सम्पत्ति भएकोले सो सम्पत्तिमा अपुताली हक कायम गरिपाऊँ भनी दावी लिन नसकेको र स्व. पिताको नाममा कुनै पुर्खौली अचल सम्पत्ति नै नभएको अबस्थामा हाल अंशमा दावी गर्न नमिल्ने । § अपुतालीको २० नं. ले निर्दिष्ट गरेको हदम्याद भित्र फिराद परेको नदेखिनुका साथै अंशबण्डाको महलको २०५८ सालमा भएको एघारौं संशोधनपछि ऐ. को ५ नं. ले अंश नहुँदै लोग्ने वा बाबु मरेमा निजले पाउने अंश स्वास्नी वा छोराछोरीले पाउने व्यवस्था भएबाट २०५८ सालअघि छोरीले अंश पाउने व्यवस्था रहेको समेत देखिंन नआउदा पछि भएको संशोधनले अगाडिको व्यबहारलाई नसमेट्ने। (प्रकरण नं.३) पुनरावेदक प्रतिवादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता सुरेन्द्रकुमार खड्का प्रत्यर्थी वादी तर्फबाटः अवलम्वित नजीरः सम्बद्ध कानूनः  अपुतालीको २ र २० नं. फैसला न्या.मोहनप्रकाश सिटौलाः पुनरावेदन अदालत, राजविराजको मिति २०५८।२।७।१ को फैसलाउपर प्रतिवादीको तर्फबाट मुद्दा दोहोर्‍याई हेरिपाऊँ भनी परेको निवेदनमा यस अदालतबाट न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा १ को खण्ड(क) बमोजिम मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भएपश्चात् पुनरावेनको रोहमा पेश भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकारको छ:- मुल पुर्खा गेनाइको ३ छोरामा जेठा टिराहु, माहिला बहादुर , कान्छा बहुरी भएको, निज तीनै जना स्वर्गवास भै सकेको पत्नी पनि स्वर्गवास भै सकेका छन् । टिराहुको एक छोरा स्व. सुखैर, सुखैरको पत्नी स्वर्गिय भएको र २ छोरामा जेठा प्रतिवादी कुलानन्द, कान्छा प्रतिवादी सुनर भएको । बहादुर आफू स्वर्गे भएको र निजको पत्नी पनि स्वर्गवास भएको, निजको छोरा नभै हामी फिरादी २ जना छोरी मात्र भएकी तथा कान्छा बहुरी स्वर्गवास भै निजको स्वास्नी छोरा छोरी कोही पनि छैन । बुबा मिति २०४९।११।९ गते स्वर्गे हुनुभयो । बुबा ठूलोबुबा काकाहरू स्वर्गवास भएपनि संगोलको आयस्ता हामी अंशी अपुताली खानेहरूसमेतले भागशान्तिले लिने खाने गरी आएकोमा पछि प्रतिवादीहरूले हाम्रो बुबाको अंश भागमा पर्ने आयस्ताहरू पनि दखल गर्न लागेकोले हाम्रो बाबुको पर्ने आधी अंश भाग छुट्याई दिन भन्दा वास्ता नगरेकोले प्रतिवादीहरूबाट तायदाती फाँटवारी लिई जम्मा सम्पत्तिलाई २ भाग गरी सोमध्ये हाम्रो बुबाले पाउने १ भाग छुट्याई हामीहरूको नाउँमा दर्ता समेत गरिपाऊँ भन्ने वादीको फिराद दावी । विपक्षीले उल्लेख गरेको प्रकरण १ को व्यहोरा साँचो हो । तर सोही दफामा देखाएको बुबाको मृत्यु २०४९ साल असत्य हो । वादी बालक अवस्थामा नै