निर्णय नं. ४०६० - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०६० - कर्तव्य ज्यान भाग: ३२ साल: २०४७ महिना: बैशाख अंक: १ फैसला मिति :२०४७/०१/०५ २६२९ निर्णय नं. ४०६० ने.का.प. २०४७ (क) अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४६ सालको फौ.पु.नं. ३३४ फैसला भएको मिति: २०४७।१।५।४ मा पुनरावेदक/प्रतिवादी: जि.का. कारागार शाखा सोलुखुम्बुमा थुनामा रहेको प्रेमबहादुर राई विरुद्ध विपक्षी/वादी : ऐ.ऐ. बस्ने कालीबहादुर तामाङको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) अरु कुनै सबूदबाट समर्थित हुन नसकेको प्रहरी कागजकै आधारमा प्रहरी प्रतिवेदन दावी बमोजिम पुनरावेदकले कुटी मारी फालेको ठहर्‍याएको शुरु जिल्ला अदालतको इन्साफ र अञ्चल अदालतले पुनरावेदन सदर गरेकोलाई सदर गर्ने गरेको क्षेत्रीय अदालतको इन्साफ मिलेको नदेखिने । (प्रकरण नं. ३२) पुनरावेदक/प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री हरिशंकर निरौला र विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल विपक्षी/वादी तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ फैसला न्या.हिरण्येश्वरमान प्रधान १. न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(क) अनुसार दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त टिपोट यस प्रकार छ । २. काकु गा.पं. वार्ड नं. ८ बस्ने पूर्णबहादुर राई, ऐ. वार्ड नं. ४ खाम्दिङ सिक्रे डाँडा भन्ने स्थानमा लागेको ०४३।२।१४ को पञ्चमी बजारमा आएका रहेछन् बजार भरी सकेपछि १५ गते बिहान ७ बजेको समयमा ऐ. वार्ड नं. ४ बस्ने प्रेमबहादुर राई, ऐ. वार्ड नं. ५ बस्ने भीषण राई, वार्ड नं. ४ बस्ने खासवीर राई, वार्ड नं. ८ बस्ने पूर्णबहादुर राई समेत ४ जनाले कुटपिट झै झगडा गरी पूर्णबहादुरलाई बजार लाग्ने नजिकैको भिरबाट फाली दिएछन् गा.पं.स. मर्नेको आमा समेत १०।१२ जना भई लाश सद्गत गरेछन् कर्तव्य गरी मरेकोमा कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने कालीबहादुरको जाहेरी दर्खास्त । ३. २०४३।२।१४ गते सिक्रे डाँडामा राती मेला लागेको र सो मेलामा मर्ने पूर्णबहादुरसंग रातको अं. ६:०० बजे भेट भएको थियो । संगै रक्सी खाई छुट्यौं बिहान ७ बजेतिर म संग मृतकको भेट हुँदा हामी गीत गाएर बसेको अवस्थामा पूर्णबहादुरले एक्कासी मुड्कीले निधारमा हिर्काउँदा मलाई पनि रिस उठी उसलाई मुड्कीले हिर्काउन थालें रिस थाम्न नसकी नजिकै भुँइमा रहेको घोचा टिपी निजको टाउकोमा हिर्काएँ पूर्णबहादुर भुँइमा लडे सो पछि भिषण राई र पूर्ण म समेत भई पूर्ण राईलाई भिरबाट खसाली घरतर्फ गयौं मेरो चोटबाट निजको मृत्यु भएको हो अन्य जाहेरीमा लेखिएका व्यक्तिको सहमति मात्र छ भन्ने प्रेमबहादुरले प्रहरीमा गरेको कागज । ४. २०४३।२।१४ को मेलामा म पनि गएको थिएँ । रातभर मेलामा नै बसें । १५ गते बिहान ७ बजेको समयमा प्रेमबहादुर र पूर्णबहादुर राईको झगडा भयो प्रेमबहादुरले पूर्णबहादुरलाई मुड्कीले हिर्काउन थाले सो अवस्था छुट्याउन नसक्दा प्रेमबहादुरले घोचो टिपी मर्नेको ढाडमा दुई हातले मच्चाई हिर्काए अर्को पटक टाउकोमा हिर्काए पूर्णबहादुर भुँइमा लडेपछि म पूर्ण राई आशबहादुरलाई प्रेमले बोलाई हामी समेतको मद्दतबाट पूर्ण राईलाई भिरबाट खसाली दियौं । प्रेमबहादुरको चोटबाट पूर्ण राई मरेका हुन् भन्ने भिषण राइले प्रहरीमा गरेको कागज । ५. मृतक पूर्णबहादुरको चिहान खोली हेर्दा मासु कुही सडी गली सकेको दुर्गन्ध भएको पोष्टमार्टम गर्न नसकिने चोट छुट्याउन नसकिने भन्ने समेत ०४३।३।५ को लाश प्रकृति मुचुल्का । ६. २०४३ साल ज्येष्ठ १४ गत