निर्णय नं. ७५९७ - उत्प्रेषण ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५९७ - उत्प्रेषण । भाग: ४७ साल: २०६२ महिना: पौस अंक: ९ फैसला मिति :२०६२/०३/०८ ३४०९ निर्णय नं.७५९७ ने.का.प.२०६२ अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनुपराज शर्मा माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित सम्बत २०६० सालको रिट नं.३२८८ आदेश मितिः २०६२।३।८।४ बिषयः– उत्प्रेषण । निवेदकः स्याङ्गजा जिल्ला, पुतली बजार नगरपालिका वडा नं.९ बस्ने तिलकप्रसाद लामिछाने समेत बिरुद्ध विपक्षीः श्री ५ को सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरवार समेत § नियुक्ति अनियमित ठहर भएको खण्डमा परीक्षणकाल भित्र मात्र हटाउन सकिने अन्यथा नियुक्ति सदर हुन जाने । § प्रत्यायोजित अधिकार प्रयोग गरी पदपूर्ति गरिएको प्रकृया अनियमित भएको अवस्था देखिन आएमा त्यस्तो पदमा नियुक्त व्यक्तिलाई परीक्षणकाल भित्र नै हटाउनुपर्ने बाध्यात्मक कानूनी व्यवस्था रहे भएकोमा निवेदकहरुलाई परीक्षणकाल पुरा भएपछि सेवाबाट अवकाश दिएको देखिंदा सो अवकाश दिने गरी दिएको बिपक्षीहरुको पत्र र तत सम्बन्धी भए गरेको निर्णय र कामकारवाही कानून अनुरुप भएको नदेखिंदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं.१६) § निवेदकहरुलाई साविक कै पदमा यथावत कायम राखि अवकाश भएदेखि पुनरबहाली नहुन्जेल सम्मको तलव भत्ता लगायतका प्रचलित कानून बमोजिम उपलव्ध हुने सम्पूर्ण सुविधाहरु प्रदान गर्नु भनी बिपक्षीहरुको नाउँमा परमादेशको आदेश जारी हुने । (प्रकरण नं.१७) निवेदक तर्फबाटः विद्वान अधिवक्ताहरु श्री बिष्णुप्रसाद रेग्मी र श्री राजु महर्जन बिपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता श्री राजनारायण पाठक र विद्वान उपन्यायाधिवक्ता श्री सुरेन्द्रबहादुर थापा अवलम्वित नजीरः ने.का.प.२०५९ नि.नं. ७१४८ पृष्ठ ७१५ आदेश न्या.अनूपराज शर्माः नेपाल अधिराज्यको संबिधान, २०४७ को धारा २३।८८(२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ :- २. हामी निवेदकहरुले मिति २०५४।११।११ को गोरखापत्रमा प्रकाशित जिल्ला स्वास्थ्य कार्यालय स्याङ्गजाको पदपूर्ति सम्बन्धी सूचना र जिल्ला स्वास्थ्य कार्यालय स्याङ्गजाको वि.नं.२।०५४।०५५ को विज्ञापन अनुसार स्थायी पियन पदका लागि दर्खास्त दिई मिति २०५५।१।९ देखि १३ गते सम्मको अन्तर्वार्तामा सहभागी बनी परीक्षामा सम्मिलित भएका थियौं। उक्त परीक्षामा हामी उत्तीर्ण भएको नतिजा २०५५।२।५ मा प्रकाशित भएकोले सोही नतिजाको आधारमा २०५५।२।५ को निर्णय अनुसार भनी ०५५।२।१८ देखि जिल्ला स्वास्थ्य कार्यालय, स्याङ्गजाबाट १ बर्षको परीक्षणकालमा रहने गरी हामीलाई स्थायी पियन पदमा नियुक्ति दिई जिल्ला स्वास्थ्य कार्यालय स्याङ्गजा अन्तर्गत विभिन्न स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीहरुमा १ बर्षको परीक्षणकाल समेत बिताई उक्त स्थायी पियन पदमा रही कार्यरत रहंदा हाम्रो सेवा पाँचौ बर्ष प्रवेश गरेको थियो । यसरी निरन्तर काम गर्दै आइरहेको अवस्थामा “स्वास्थ्य मन्त्रालयको मिति २०५९।९।५ च.नं.७।४५९९ को प्राप्त पत्रानुसार तपाईको मिति २०५५।२।१८ को स्थायी पियन पदको नियुक्ति २०५९।१०।५ बाटै लागु हुने गरी बदर गरी अवकाश दिइएको व्यहोरा जानकारी गराइन्छ भनी २०५९।१०।२ को बिपक्षी जिल्ला स्वास्थ्य कार्यालय स्याङ्गजाको च.नं.५७७।०५९।०६० को पत्र हामीलाई प्राप्त हुन आयो । बिपक्षीहरुबाट के कस्ता र कुन कुन निर्णयको आधारमा हामी ५ बर्षको निजामती सेवा पूरा गरिसकेका पियन पदमा कार्यरत कर्मचारीहरुलाई हटाइयो थाहा हुन सकेन र कुनै कसुर गरेका पनि थिए