निर्णय नं. ८२८१ - मानाचामल भराई पाऊँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२८१ - मानाचामल भराई पाऊँ भाग: ५१ साल: २०६६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६६/०७/१५ ४८८५ निर्णय नं. ८२८१ २०६६ चैत अङ्क १२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला संवत् २०५९ सालको दे.पु.नं.९००१ संवत् २०६० सालको दे.पु. नं. ..९२५८ फैसला मितिः २०६६।७।१५।१ मुद्दाः मानाचामल भराई पाऊँ । पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला, मनमैजु गा.वि.स.वडा नं. १ बस्ने मेनका बस्नेत समेत विरुद्ध विपक्षीः वादीः ललितपुर जिल्ला, थसिखेल गा.वि.स. बडा नं. ५ बस्ने सुजन बस्नेत समेत पुनरावेदक वादीः काठमाडौं जिल्ला, मनमैजु गा.वि.स.वडा नं. १ घर भई हाल ललितपुर जिल्ला थासिखेल गा.वि.स.वडा नं. ५ बस्ने वर्ष ११ को सुजन बस्नेतको संरक्षक भई आफ्नो हकमा समेत रञ्जू बस्नेत विरुद्ध विपक्षी प्रतिवादीः का.जि.मनमैजु गा.वि.स.वडा नं १ बस्ने कृष्णराज बस्नेत समेत शुरु फैसला गर्ने मा.जि.न्या. श्रीकुमारप्रसाद पोखरेल पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री दामोदरप्रसाद प्रजापति मा.न्या. श्री बोधरीराज पाण्डे § एकासगोलका अंशियारहरू रहे भएको विवाद नभएको अवस्था तथा नावालक छोराको स्वास्थ्य एवं शिक्षादीक्षामा परिवारको संरक्षक रहेका सासू ससुरा तथा पतिले विशेष ध्यान पुर्याउनु पर्ने अवस्थाबाट परिवारका अग्रजहरू नै विमुख हुन चाहने हो भने पनि उनीहरू आफ्नो जिम्मेवारीबाट मुक्त हुन सक्दैनन् । उनीहरूले आफूलाई तोकिएको सामाजिक दायित्वका साथसाथै कानूनी बाध्यताहरू पनि पूरा गर्नुपर्ने । (प्रकरण नं.३) § बण्डा नछुट्याएसम्म अंशबापतको सम्पत्ति वास्तविकरुपमा उपभोग गर्न पाउने अवस्था नहुने हुदाँ फैसला मितिसम्मको मात्र मानाचामल भराउनु तर्कसंगत एवं विवेकसम्मत नहुने । (प्रकरण नं.४) § तथ्यगत रुपमा अंश पाइनसकेको एवं नावालक छोराको भरणपोषण, शिक्षा, स्वास्थ्यका लागि दैनिक रुपमा रकमको आवश्यकता पर्ने नै हुँदा यस प्रयोजनका लागि समेत मानाचामलबापत केही रकम भरिपाउनु अनिवार्य आवश्यकताको रुपमा रहने । (प्रकरण नं.५) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताहरू श्री इन्दिराकुमारी श्रीस र श्री पुण्यशीला दवाडी विपक्षी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री बालकृष्ण नेउपाने अवलम्वित नजीरः सम्बद्ध कानूनः अंशबण्डाको महलको १० नं. मानाचामलको ४ नं. आदेश न्या. खिलराज रेग्मीः पुनरावेदन अदालत पाटनको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार यस अदालतमा वादी प्रतिवादीको तर्फबाट दोहोरो पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ :– विपक्षी सुमन बस्नेतसंग म रञ्जू बस्नेतको मिति २०४८।११।२२ मा धार्मिक परम्परा अनुसार विवाह भै मिति २०४९।९।२७ मा एक छोरा सुजन बस्नेतको जन्म समेत भएको छ । विपक्षी मध्येका कृष्णराज ससुरा, मेनका सासू र किरणराज मेरो देवर नाताका व्यक्ति हुन । निजहरूले मलाई शारीरिक तथा मानसिक यातना दिने, मउपर सौता ल्याई मलाई अपमान कुटपीट समेत गरी इज्जत आमदअनुसार खान लाउन समेत नदिएकोले शान्ति सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिंदा पनि कुनै उपाय नलागी विपक्षीहरू उपर अंश मुद्दा दायर गरेको हुँ । मेरो आफ्नो कुनै आयस्रोत नभएकोले नाबालक छोरा र म समेत जना २ लाई लालनपालन, औषधि र शिक्षा समेतलाई आवश्यक पर्ने खर्च प्रति महिना रू.४,०००।– का दरले २०५० साल असोजदेखि २०५३ साल माघसम्मको हुने एकमुष्ट रू.१,६४,०००।–(एक लाख चौसट्ठी हजार)