निर्णय नं. ४०६२ - म्याद तामेल जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०६२ - म्याद तामेल जालसाजी भाग: ३२ साल: २०४७ महिना: बैशाख अंक: १ फैसला मिति :२०४६/०३/२२ ४३२१ निर्णय नं. ४०६२ ने.का.प. २०४७ (क) अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान सम्वत् २०४४ सालको फौ.पु.नं. ५७१ फैसला भएको मिति: २०४६।३।२२।५ मा पुनरावेदक/वादी: भारत दुर्गापट्टी बस्ने रामललित महतो कोइरी विरुद्ध विपक्षी/प्रतिवादी: जि.ध. नगराइन गा.पं. वा.नं. ५ बस्ने जगन्नाथ यादवसमेत मुद्दा : म्याद तामेल जालसाजी (१) आफ्नो नाउँमा परेको मुद्दामा तामेल भएको इतलायनामामा नभए नगरेको व्यहोरा लेखी लेखाई तामेल गरेकोबाट अ.बं. ११०(१) नं. को रीत नपुगेको कुरा आफूलाई जानकारी भएपछि निजले तत्काल सो व्यहोरा देखाई सोही अ.बं. ११०(५) अन्तर्गत उजूरी दिई बदर गराई दिनु पर्ने थियो, सो बमोजिम नगरी आफ्नो उपर मुद्दा परेको कुरा आफूलाई थाहा भइकन पनि चूप लागी बसी जि.अ. बाट र क्षे.अ. बाट मुद्दा किनारा भइसकेपछि क्षे.अ. बाट दावीको लिखत पास हुने ठहरी फैसला भएकोबाट मात्र यिनी वादीले कीर्ते कागजको सहारा लिई गुज्रेको म्याद समेत थमाई यो फिराद दिएकोबाट परेको मुद्दामा भएको फैसलाको रुप विचार गरी मात्र यो फिराद पर्न आएको देखिन आएकोले बेरीतसंग इतलायनामा तामेल भएको सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था उल्लंघन गरी यो फिराद पर्न आएको कानुन अनुरुपको भन्न नमिल्ने । (प्रकरण नं. १५) पुनरावेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री रामजीप्रसाद मैनाली विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा फैसला न्या.हिरण्येश्वरमान प्रधान १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदनको अनुमति प्रदान भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. मेरा बाबुले धेरै वर्ष अघि धनुषा नगराइन मौजाको जग्गा खरीद गरी भारतबाट नेपालमा भित्री आउनु भएको र सर्भे नापीमा वहाँका नाममा दर्ता रहेको नगराइन गा.पं. वार्ड नं. ९(क) कि.नं. १९ को १–१२–५१२, कि.नं. ४४ को ०–५–२, कि.नं. ८६ को ०–१–१५, कि.नं. १४९ को ०–११–१७, कि.नं. १५८ को ०–२–०, कि.नं. २६२ को २–५–०, कि.नं. २२९ को ०–६–१६१२, वार्ड नं. ९(ख) कि.नं. १०२ को ०–१–१७, कि.नं. १४९ को ०–२–१५, कि.नं. २०६ को ०–४–१०, कि.नं. २११ को ०–३–११ समेत जम्मा जग्गा ५–१६–१९ जग्गाहरु पिताजी पश्चात मैले भोग चलन गरी आएको हुँ । मेरा पिता २०३३ माघ १६ गते परलोक हुनु भएकोमा २०३३ पुष १६ गते परलोक भएको देखाई जगन्नाथ यादवले मेरा उपर लिखत पारित मुद्दा दिई अरु विपक्षीलाई प्रलोभन दिई मेरो घरद्वार नै नभएको ठाउँको वतन दिई फेला नपरेको भनी जालसाजी तरीकाबाट इतलायनामा तामेल गराएकोले जालसाजयुक्त इतलायनामा तामेल गर्ने विपक्षीलाई सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको फिरादपत्र । ३. म म्याद तामेल गर्ने व्यक्ति नभई फिरादी हुँदा जालसाजी आरोप लाग्न सक्ने होइन लिखत पास मुद्दाको वतन गलत पनि छैन, तसर्थ उक्त मुद्दा अ.बं. ७३ नं. ले खारेज गरी पाउँ भन्ने समेत व्यहोराको ५ जनाको संयुक्त प्रतिउत्तर जिकिर । ४. लिखत पारित मुद्दाका लिखत सद्दे साँचो देखिन आएको, त्यस्तो लिखत पारित गराउन म्याद जालसाज गर्नु पर्ने प्रयोजन नरहेको इतलायनामा अ.बं. ११० नं. को रीत पुर्‍याई तामेल भएको समेत हुँदा वादी दावी झुठ्ठा ठहर्छ भन्ने समेत व्यहोराको २०३७।११।५।२ को धनुषा जिल्ला अदालतको फैसला । ५. सो फैसलामा चित्त बुझेन भन्ने रामललित महतो कोइरीको जनकपुर अञ्चल अदालतमा परेको पुनरावेदन । ६. घरद्वार नभई जग