निर्णय नं. ७५९८ - जवरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५९८ - जवरजस्ती करणी भाग: ४७ साल: २०६२ महिना: पौस अंक: ९ फैसला मिति :२०६२/०९/०४ ४८६५ निर्णय नं.७५९८ ने.का.प.२०६२ अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह सम्वत् २०५८ सालको फौ.पु.नं. २४९३ फैसला मिति २०६२।९।४।२ मुद्दाः– जवरजस्ती करणी पुनरावेदक र वादीः कमला आचार्यको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी र प्रतिवादीः कास्की जिल्ला भलाम गा.वि.स. वडा नं. १ वस्ने आकाश भन्ने रामबहादुर अधिकारी समेत § जवरजस्ती करणीको महलको ७ नं “वेश्या स्वस्नीमानिसलाई उसको राजिखुशी विना बेमञ्जुरीले जुनसुकै तरहसँग भएपनि जोरजुलुम गरी करणी गरेमा पाँचसय रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद हुनेछ” भन्ने उल्लेख भएकोबाट प्रतिवादीहरूले जवरजस्ती करणीको कसूर गरेको ठहर भैसकेपछि उक्त कानूनी व्यवस्था बमोजिम सजाय गर्दा पीडित महिला वेश्या हुन् भन्ने प्रमाणित हुनु अनिवार्य हुने । § पीडित महिलाको जथmभल मा पहिले नै प्वाल परेको मात्र कुरालाई आधार मानी निजले पहिले पनि यौनसम्पर्क राखेको भन्ने निर्णयमा पुगी त्यसै कुराको आधारमा तथ्यगत आधार विना जवरजस्ती करणीको ७ नं. को व्यवस्था आकर्षित हुने गरी भएको पुनरावेदन अदालतको फैसला तथ्य र कानूनमा आधारित भएको नदेखिने । (प्रकरण नं.१९) § अदालत स्वयंले मनोगत रुपमा पीडित जाहेरवाली वेश्या हुन भन्ने निष्कर्षमा पुगी प्रतिवादीहरूलाई जवरजस्ती करणीको ७ नं बमोजिम सजाय हुने ठहर गरेको फैसला कानूनी व्यवस्था अनुकूल नभै त्रुटीपूर्ण देखिने । (प्रकरण नं.२०) पुनरावेदक वादी तर्फवाटःविद्वान उपन्यायाधिवक्ता श्री ऋषिकेश वाग्ले प्रत्यर्थी प्रतिवादी तर्फवाटः अवलम्वित नजीरः फैसला न्या.अनूपराज शर्माः पुनरावेदन अदालत पोखरावाट मिति ०५७।१०।२०।६ मा भएको फैसला उपर वादी श्री ५ को सरकारबाट परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम मुद्दा दोहोर्याइ हेर्ने अनुमति प्रदान भै दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- २. पोखरा नदीपुरमा आई आफु काम खोज्न आएको भनी भन्दा सो कुरा विष्णु क्षेत्री र आकाश अधिकारी समेतले सुनी मलाई आकाश अधिकारीको पसलमा काम लगाई दिन्छौं भनी विष्णु क्षेत्रीको सटर कोठामा लगी जवरजस्ती करणी गरेका हुँदा कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको जाहेरी दरखास्त । ३. घटनास्थलको सटर थुनी जाहेरवालीलाई मुख थुनी एक पटक करणी गरेको हुँ । त्यसपछि आकाशले करणी गरे । हामीले करणी गर्दा निजले प्रतिकार गरेकी थिइनन् । करणी गरी सकेर वाहिर निकाली दिएका हौं भन्ने समेत व्यहोराको प्रतिवादी विष्णु क्षेत्रीले अधिकार प्राप्त अधिकारीका समक्ष गरेको वयान कागज । ४. जाहेरवालीलाई काम दिने भनी विष्णु क्षेत्रीको कोठामा लगी पहिला विष्णु क्षेत्रीले र पछि मैले जवरजस्ती करणी गरेका हौं भन्ने समेत व्यहोराको प्रतिवादी आकाश भन्ने रामबहादुर अधिकारीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान कागज । ५. प्रतिवादी विष्णु क्षेत्री र राम बहादुर अधिकारी समेत २ जनाले जाहेर।वाली कमला आचार्यलाइए जारजस्ती करणी गरेको हुन भन्ने समेत व्यहोराको थप सबुद संकलनको अबस्थामा बुझिएका मन्नुलाल, केदार मा समेतका व्यक्तिहरूले लेखाइ दिएको कागज । ६. बिरुद्ध खण्डमा उल्लेखित प्रतिवादीहरू विष्णु क्षेत्री र आकश भन्ने रामबहादुर अधिकारीले मुलुकी ऐन जवरजस्ती करणीको १ नं. को कसूर अपराध गरेको हुँदा प्रतिवादीहरूलाई सोही महलको ३ नं. अनु