निर्णय नं. ८२८३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२८३ - उत्प्रेषण भाग: ५१ साल: २०६६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६६/०७/११ ५०१० निर्णय नं. ८२८३ २०६६ चैत,अङ्क १२ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री मोहनप्रकाश सिटौला संवत् २०६३ सालको रिट नं. ––––– २०२ आदेश मितिः २०६६।७।११।४ मुद्दा :– उत्प्रेषण । निवेदकः जिल्ला सप्तरी, राजविराज नगरपालिका वडा नं. ८ घर भै हाल जिल्ला ललितपुर ल.पु. उपमहानगरपालिका वडा नं. १ कुपण्डोल वस्ने मिहिरकुमार ठाकुर बिरुद्ध विपक्षीः काठमाडौँ जिल्ला, का.म.न.पा. वडा नं. ३ महाराजगञ्ज वस्ने भेषजंग बादल समेत § हुँदै नभएको व्यक्तिहरू वा गैरस्थानीय व्यक्तिलाई स्थानीय व्यक्ति भनी वा बस्दै नबसेको साक्षीलाई साक्षी बसेको भनी नभए नगरेको कुराको रोहवर साक्षी बसेको वा राखेको भए छुट्टै कारवाही गर्नुपर्ने हुन्छ । त्यस्तो कारवाहीको रोहमा मात्रै त्यस्तो साक्षीको हकमा छानबीन गरी निर्णय गर्न सकिन्छ । सो बाहेक एकपटक अड्डाबाट तामेल भएको म्यादको रीत वेरीत जाच्दा उक्त तामेलीको अनुहारबाटै रीत पुगे नपुगेको कुराको निर्णय गर्नुपर्ने । § शुरु अदालतले म्याद रीत वेरीत सम्बन्धमा जाँच गरी दिएको आदेशउपर मिसिल बाहेकका तथा मुद्दा नपरेका विषयका सिफारिश वा अन्य तथ्यलाई आधार लिई रीत वेरीतको जाँच गर्ने हो भने पुनरावेदन स्तरमा मिसिलमा भए भन्दा बाहिर गई विचाराधीन विषयभन्दा बाहिरको विषयमा प्रवेश गरी निर्णय गर्ने पद्धति विकास हुन जाने । § कसैउपर कुनै आरोप वा दोष लगाइएको कुनै कार्यको कानूनी परिणामतर्फ ध्यानै नदिई रीत वेरीतको सामान्य प्रक्रियाबाट अघि बढेको मुद्दामा दावीको विषय जस्तो गरी तथ्यात्मक प्रश्नमा प्रवेश गर्न नमिल्ने । § अ.वं. १७ नं. बमोजिम निवेदन परिसकेपछि मात्रै कुनै खास प्रक्रिया वेगर ल्याइएको वडाको सिफारिश र सोउपर कुनै न्यायिक परीक्षण वा प्रतिवादको मौका समेत नदिई गरेको आदेश त्रुटिरहित मान्न नसकिने । (प्रकरण नं.२) § सँगै रहेको एउटा मुद्दामा आफुले तारेख लिने र अर्कोलाई थाहा नपाए जस्तो गर्नु कुनै खास उद्देश्यले गरेको व्यवहारबाहेक अरु केही भन्न सकिन्न, तर सँगै रहेको लगाउको मुद्दाको सुनुवाईबाट समेत अनभिज्ञता प्रकट गर्ने व्यवहारलाई भने कानूनले उन्मुक्ति दिने कुरा सोच्न नसकिने । (प्रकरण नं.४) § सूचनाको सिद्धान्तले सूचना इन्कार गर्ने वा सूचना पाएर पनि नपाएको अभिनय गर्नेको सन्तुष्टिलाई कहिले पनि सम्बोधन गर्न सक्ने हुँदैन । सूचना सम्प्रेषण गर्ने कर्तब्य भएको निकायले सूचनाको प्रवाह गरी सूचना थाहा पाउनु पर्ने व्यक्तिसम्म इमानदारीपूर्वक पुर्याउन कोशिस भने गरेको हुनु पर्दछ । अन्यथा अ.वं. ११० नं. को म्याद तामेली वा मुद्दाको कारवाहीमा सूचना पुर्याउने कार्य अत्यन्त रुढीगत यान्त्रिक प्रक्रियामात्रै हुन पुग्ने । (प्रकरण नं.५) निवेदक तर्फबाटः विद्वान अधिवक्ताहरू अख्तर अलि अन्सारी, हरि उप्रेती, शम्भु थापा, नरेन्द्रप्रसाद पाठक विपक्षी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, अधिवक्ताहरू रामप्रसाद गौडेल, रमनकुमार श्रेष्ठ अवलम्वित नजीरः सम्बद्ध कानूनः अ.वं. १७, ११०, २०८ आदेश न्या.कल्याण श्रेष्ठः तत्कालीन नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा र आदेश यस प्रकार छः – त्रिभुवन विश्वविद्यालयअन्तर्गत महेन्द्र विन्देश्वरी क्याम्पस, राजविराज र नेपाल ल क्याम्पस, काठमाडौंमा २० बर्षभन्दा बढी समयसम्म का