निर्णय नं. ४०६३ - जग्गा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०६३ - जग्गा भाग: ३२ साल: २०४७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४७/०२/०१ २२७७ निर्णय नं. ४०६३ ने.का.प. २०४७ अङ्क २ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४५ सालको दे.पु.नं. ६२ फैसला भएको मिति: २०४७।२।१।३ मा निवेदक/वादी : जुम्ला जिल्ला तातापानी गा.पं. वा.नं. ३ बस्ने प्रदिप शाही विरुद्ध विपक्षी : ऐ.ऐ. वा.नं. २ बस्ने दलबहादुर कठायत मुद्दा : जग्गा (१) वादीले लिखत पारित गरिपाउँ भनी फिराद दायर गर्नु भन्दा अगावै विवादित जग्गा प्रतिवादीले राजीनामा गरी रजिष्ट्रेशन समेत पारीत गराई लिएको देखिँदा प्रतिवादीले राजीनामा पारीत गरी लिएको लिखत नै जेठो देखिने । (प्रकरण नं. १६) निवेदक/वादी तर्फबाट : विद्वान अधिवक्ता श्री गोपाल भण्डारी विपक्षी/प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री यादव खरेल फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह १. श्री ५ महाराजाधिराज सरकारमा सर्वोच्च अदालत संयुक्त इजलासबाट भएको मिति २०४३।८।२७ को निर्णय दोहोर्‍याई पाउँ भनी निवेदक वादीले चढाएको बिन्तिपत्रको व्यहोरा जाहेर हुँदा मौसूफ सरकारबाट प्रस्तुत मुद्दाको मिसिल झिकी पूर्ण इजलासबाट दोहोर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने हु.प्र. बक्स भएको छ भनी विशेष जाहेरी विभागबाट लेखी आए अनुसार पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. जुम्ला लाछु गाउँ बस्ने नन्दराम रावलले मबाट रु. ९,०००।– लगी सो बापत आफ्नो हक भोगको मौ.नं. १ख. नं. २ दुस्का खेत मुरी ।.।१५, मौ.नं. ऐ. नं. ४ को दफे बाटा मुनी ।३।७।४ मध्ये २ ठाउँ ।१।१२।६, भिडमुनी ।१।५ मध्ये ।.।४।१ को जग्गा १, नं. २ वाजु ।१।५ मध्ये ।१५ पाथी १, मो.नं. १ख. नं. १० लाछु ।४।१५ मध्ये २ ठाउँ ।.।८ को जग्गा १, मो.नं., १ख.नं. ११ को कमोत्या ।२।५ मध्ये ।.।२।४ को जग्गा १, र २००५ सालमा दर्ता भएको मेहले रुख ।.।३।.।६ को जग्गा १, खेत र साकु स्वडा १, सारखण्ड १, सारजर्मा १, उदाइना १ भो.नं. १५ स.नं. ३५९ को न्याउलो ।.।६।६ माना मध्ये ।।१।१।१ समेत मलाई २०३२।१।२५ मा राजीनामा दिएको म्यादभित्र पारित गरी नदिंदा पारीत गरी पाउँ भनी मैले फिराद दिएकोमा निजले प्रतिउत्तरपत्र दिंदा करकापसंग गराएको कागज हुँदा पारित हुने होइन भनी प्रतिवादी दिएको र नन्दरामले मेरो उपर करकाप संग कागज गरायो भनी उजूर गर्दा मुद्दा कारवाही चल्दै गएको जुम्ला जि.अ. बाट सो दुवै मैले जिती नन्दरामको क.अं.अ. मा पुनरावेदन परेकोमा मुद्दा किनारा नहुँदै निज नन्दराम मरेको हकदारले सकार नगरेकोले ०३८।२।२५ मा दुवै मुद्दा डिसमिस भएपछि ०३४।११।२९।५ को जुम्ला जिल्ला अदालतको फैसला र कर्णाली अञ्चल अदालतको डिसमिस फैसला बमोजिम ०३८।५।२९ मा राजीनामा पारीत भएको छ । अन्यायी दलबहादुरले नन्दरामले मलाई राजीनामा गरी दिएको जान्दा जान्दै सोही जग्गामा खिचोला गरेकोले उजूर गरेको छु । दलबहादुर र नन्दराम मिली बीच बीचमा राजीनामा लिनु दिनु गरेका जालसाजीबाट गराएको राजीनामा नामसारी समेत बदर गरी पाउँ भन्ने समेतको फिरादपत्र । ३. नन्दरामले म दलबहादुरबाट रु. ८,०००।– लगी ०३२।४।२० मा आफ्नो हकभोग तिरोको भौ.नं. १ ख. नं. २, ४, ६, ९, १० बै. नं. विरौटा समेत खेत मुरी ।३।१९।५ र ३ कित्ता पाखो समेत ०३२।४।३० गतेमा राजीनामा दिई जुम्ला मालबाट रजिष्ट्रेशन पास भएको सो राजीनामा बमोजिम ०३३।७।१३।६ मा जुम्ला मालबाट मेरो नाममा नामसारी भई मैले भोग गरी