निर्णय नं. ४०६४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०६४ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४७/०२/०१ २५०५ निर्णय नं. ४०६४ ने.का.प. २०४७ अङ्क २ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४५ सालको रि.पू.ई.नं. ५१ आदेश भएको मिति : २०४७।२।१।३ मा निवेदक/प्रत्यर्थी : जि.पर्सा गा.पं. वगही वा.नं. २ बस्ने धरिछन सहनी मलाह गोढी विरुद्ध विपक्षी/रिटनिवेदक : ऐ.ऐ.बस्ने कमलाकान्त सा तेली विषय : उत्प्रेषण (१) भूमिसुधार लागू हुँदाका बखत मोही कायम हुनको लागि भूमिसम्बन्धी नियमहरु, २०२१ बमोजिम मोहीले आफूले कमाएको जग्गा र जग्गा धनीको नाम समेत खुल्ने गरी १ नं. लगत भरी २ नं. अनुसूची प्रकाशित भएको हुनु पर्ने । (प्रकरण नं. १०) (२) भूमिसम्बन्धी ऐन लागू भइसकेपछि मोही हुनको लागि भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(२) र सोही ऐनको दफा ३४ बमोजिम जग्गा धनी र कमाउनेको बीच कबूलियतको लिखत हुनु पर्ने । (प्रकरण नं. १०) प्रत्यर्थी भू.सु.का.पर्साको तर्फबाट : विद्वान अतिरिक्त न्यायाधिवक्ता श्री प्रेमबहादुर विष्ट आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह १. श्री ५ महाराजाधिराजका हजूरमा सर्वोच्च अदालतबाट भएको मिति २०४४।२।५ को निर्णय दोहोर्‍याई पाउँ भनी निवेदकले न्यायिक समिति मार्फत चढाई पठाएको निवेदनमा मौसूफ सरकारबाट नेपालको संविधानको धारा ७२(ख) बमोजिम उक्त आदेश दोहोराई हेरी कानुन बमोजिम गर्न हुकुम बक्से बमोजिम पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. विपक्षी धरिछन सहनीले मेरा उपर वगही गा.पं. वडा नं. १ को कि.नं. १३६, १९७ र वडा नं. २ को कि.नं. ४३ वडा नं. ३ को कि.नं. ४१ र वडा नं. ५ को कि.नं. ४९ को मोही प्रमाणपत्र पाउँ भनी विपक्षीले भूमिुधार कार्यालयमा निवेदन दिए उपर मैले आफ्नो बयानमा मोही धरिछन साह गोढ थिए । निजको मृत्यु भइसकेको छ विपक्षी धरिछन् अर्कै व्यक्ति हुन् भन्ने समेतको मेरो जिकिर भएकोमा विपक्षी भू.सु.अ. ले मिति २०४२।४।२८ मा फैसला गर्दा मालपोतको श्रेस्ता तथा मोठमा नाम फरक परे तापनि निजको नाम धरिछन सहनी गोढी रहेको हुनाले नाम संशोधन गरी क्रमशः वडा नं. १ को कि.नं. १९७ को ज.वि. ०–४–०, वडा नं. ३ को कि.नं. ४१ को ०–२–० र वडा नं. ५ को कि.नं. ४९ को ०–३–१२ जग्गा निजको प्रमाणपत्रमा चढाई नाम संशोधन गरी (धरिछन) धरिछन सहनी गोढी बनाई प्रमाणपत्रमा थप गरी प्रमाणपत्र दिने ठहर्छ भन्ने समेत उल्लेख भएको रहेछ । उक्त व्यहोरा मिति २०४२।५।२१ गतेमा सारी लिएबाट थाहा पाई बिरामी भएकोले सो विरामीबाट निको भई यस सम्मानीत अदालतको शरणमा आएको छु । प्रथमतः यो निवेदन जिकिर गर्दछु कि विपक्षी भू.सु.अ. ले विपक्षी धरिछन सहनी मलाहा गोढी र धरिछन साह गोढलाई एकै व्यक्ति भनी ठहर गरेको छ । विपक्षी धरिछन सहनी गोडी र धरिछन साह गोढी दुवै भिन्ना भिन्नै व्यक्ति हुन् । मेरो जग्गा जोत्ने धरिछन साह गोढ हो जो धेरै वर्ष अगाडि परलोक भइसकेको हुँदा अन्य उनाउ व्यक्ति उक्त जग्गाको मोही हुन कदापी सक्दैन । अतः विपक्षी भू.सु.का. को फैसला अ.बं. ३५ नं. प्रतिकूल भएकोले बदरभागी छ । ३. अर्को महत्वपूर्ण कुरा यो छ कि विपक्षी धरिछन सहनी मलाह गोढ कि.नं. १९७ को जग्गाको मेरो दाता वागेश्वरी देवीको कहिले पनि मोही भएको छैन र म निवेदकको समेत मोही होइन । सो कुरा निजले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(१) एवं भूमिसम्बन्धी नियमहरु, २०२१ बमोजिम १ नं. अनुसूची विपक्षी