निर्णय नं. ४०६५ - डाँका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०६५ - डाँका भाग: ३२ साल: २०४७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४६/१२/२९ २२४१ निर्णय नं. ४०६५ ने.का.प. २०४७ अङ्क २ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको फौ.पु.नं. ४२६ फैसला भएको मिति: २०४६।१२।२९।४ मा पुनरावेदक/वादी : कन्ठीमायाको जाहेरीले श्री ५ को सरकार विरुद्ध विपक्षी/प्रतिवादी : जि.मोरङ डाँगीहाट गा.पं. वा.नं. ३ बस्ने मलुवा नुनियासमेत मुद्दा : डाँका (१) सामान्यतया अँध्यारोबाट कुनै अर्को व्यक्तिले आफ्नो अनुहारमा लाइट बाली दिंदा त्यसको प्रकाशबाट सो लाइट बाल्ने व्यक्तिलाई चिन्न सकिने हुँदैन । तसर्थ चिन्हेको भनी बकपत्र गरे पनि चिन्हेको भनेको अवस्था स्वाभाविक र विश्वसनीय हुन आवश्यक हुने । (प्रकरण नं. ३५) (२) यकीनन सबूद प्रमाणको अभावमा अपराधी ठहर गर्न नमिल्ने । (प्रकरण नं. ३५) पुनरावेदक/वादी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह १. पू.क्षे.अ. को मिति २०४३।११।१७ को फैसला उपर वादी श्री ५ को सरकारको तर्फबाट पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. ०३९ साल कार्तिक ५ गते रात अं. ९ बजेको समयमा १५।१६ जना डाँकाहरु लाठा खुकुरी, चुप्पी लिई आई बोल्न कराउन समेत नदिई बिगो रु. ३८,४५०।– को धनमाल डाँका गर्ने डाँका मध्ये सुर्जा नुनिया समेत ६ जनालाई डाँका वारदातमा नै देखे चिनेकोले डाँकाहरुलाई पक्राउ गरी अरु डाँकाहरुको नाम समेत खुलाई कानुनी कारवाही गरी पाउँ भन्ने समेत जाहेरी दर्खास्त । ३. म सुर्जा, फेकुवा थारु, असिलाल थारु, ढेला थारु, हुल्का थारु, झवरा थारु, सतिलाल थारु, असिलाल थारु, खलिल मियाँ, कष्टु थारु, फरिलाल थारु, ललीया थारु समेत भई डाँका वारदात गरेको हो भन्ने समेत सुर्जा महतो नुनियाको प्रहरीमा भएको बयान । ४. जाहेरवालाको घर डाँका भएको कुरा सुने मैले डाँका गरेको होइन भन्ने समेत हुल्का चौधरीको बयान । ५. जाहेरवालाको घर डाँका भएको रात थाहा भएन । भोलिपल्ट सुने मैले डाँका गरे गराएको समेत होइन भन्ने समेत असिलाल चौधरीको बयान । ६. जाहेरवालालाई मैले चिन्हेको छु । जाहेरवालाको घरमा डाँका भयो भन्ने कुरा सुनेको, कसले डाँका गरे मलाई थाहा छैन । मैले डाँका गरेको छैन भन्ने समेत ढेला थारुको कागज बयान । ७. जाहेरवालाको घरमा डाँका गरेको छैन । जाहेरवालासंग केही रिसइवी छैन भन्ने समेत सेतेलालको बयान । ८. जाहेरवालाको घरमा मैले डाँका गरेको छैन कस्ले गरे मलाई थाहा छैन । डाँका भएको कुरा सुने भन्ने समेत झवरुलालको बयान । ९. जाहेरवालाको घरमा डाँका वारदात भएको हो कसले गरे मलाई थाहा छैन । मैले डाँका गरे गराएको छैन होइन भन्ने समेत लाली चौधरीको बयान । १०. जाहेरवालाको घरमा डाँका गरेको छैन डाँका भएको कुरा सुने कसले डाँका गरे मलाई थाहा छैन भन्ने समेत फेकुवा चौधरीको बयान । ११. जाहेरवालाको घरमा लेखिएका प्रतिवादीहरुले नै डाँका गरेमा शंका लाग्छ विश्वास लाग्छ भन्ने समेत गुमान सिं कार्की समेतको सरजमीन मुचुल्का । १२. पक्राउ परेका प्रतिवादीहरुले नै मेरो घरमा डाँका गरेको पूरा विश्वास लाग्छ भन्ने समेत रामेश्वर धिमालको कागज । १३. सबै प्रतिवादीहरु उपर चोरीको १४(४) अनुसार कारवाही र सजायँ गरी पाउँ भन्ने प्रहरी तथा स.स.अ. को राय प्रतिवेदन । १४. जाहेरवालाको घरमा म समेत भई डाँका गरेको छैन प्रहरीमा लगी थुनी मलाई सहिछाप गर भने सह