निर्णय नं. ४०६६ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०६६ - कर्तव्य ज्यान भाग: ३२ साल: २०४७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४६/१२/२० २०२६ निर्णय नं. ४०६६ ने.का.प. २०४७ अङ्क २ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ सालको फौ.पु.नं. ३१२ सम्वत् २०४६ सालको फौ.सा.नं. ७० फैसला भएको मिति: २०४६।१२।२०।२ मा पुनरावेदक/प्रतिवादी: जि.का.कारागार शाखा काठमाडौंमा थुनामा बस्ने नन्दबहादुर दर्जी विरुद्ध विपक्षी/वादी : चन्द्रबहादुर दर्जीको जाहेरीले श्री ५ को सरकार मुद्दा : कर्तव्य ज्यान (१) प्रहरी समक्ष गरेको साविती बयानको पुष्टि भएको स्थितिमा पुनरावेदक प्रतिवादी निर्दोष रहेछ भन्न सकिने स्थिति नरहने । (प्रकरण नं. १३) पुनरावेदक/प्रतिवादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री विनोद रोक्का फैसला प्र.न्या.धनेन्द्रबहादुर सिंह १. पू.क्षे.अ. को फैसलामा चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन परी र साधक निकाशाको लागि पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :– २. ०४४।६।३१ गते शनिवार लेटाङ हाटमा आमा विहानको खाना खाई जानु भएको थियो म घरमै थिएँ आमा राती फर्की आउनु भएन आमा बजार जान अघि दाजु नन्दबहादुरले गोरु जोत्न लगेको थियो गोरु पनि लिंदै आउँछु भन्नु भएको थियो, आमा गोरु लिन जानु भयो होला भनी खोजी गरिन चिसो खोला बाढी आइरहेको हुँदा आमाले गोरु तार्न सक्तैनन होला भनी विहान ११ बजे लेटाङ बजार आएँ आमालाई भेटिन घर तर्फ ४।५ बजे फर्की आउँदै गर्दा लेटाङ खोलाको बगरमा एकजना आइमाइको लाश छ भनेकाले गाउँका मानिस संग संगै गई हेर्दा आमाको मृतक लाश पानीमा घोप्टो परी मरिरहेको देखें लाशलाई सुरक्षित साथ रुगालो राखी जाहेर गर्न आएको छु । आमा लेटाङ बजारमा नन्दबहादुर दर्जिसंग ०४४।६।३१ गते दिउँसो संगै हिंड्दै गरेको बजारमा रक्सी खुवाई मताई आमालाई हातमा समातेर हुत्याउँदै खोला तर्फ साँझको बेला दाजु नन्दबहादुरले लिई जाँदै गरेको पदमकुमारी चौहान समेतले देखेको कुरा सुनी चाल पाएको पहिले देखि नै दाजु नन्दबहादुरले आमालाई कुटपिट गर्ने गरेको राम्रो मिलान नभएकोले आमालाई रक्सी खुवाई खोलाको बगरमा लगी ढुंगाले टाउकोमा हिर्काई मारेको पूरा विश्वास लागेको हुँदा दाजुलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने समेत चन्द्रबहादुर दर्जीको जाहेरी दर्खास्त । ३. ०४४।६।३१ गते लेटाङमा हाट भएकोले खाना खाई दिउँसो १२ बजे हाट भर्न भनी आएको थिएँ । १२:३० बजे दिउँसोे गुरुङनी आमाको रक्सी दोकानमा आमा हर्षमाया रक्सी पिउँदै गरेको भेटें रु. २००।– को खाँचो परेकोले दिनु पर्‍यो भनी आमालाई भन्दा म संग पैसा छैन भन्नु भयो । बजार डुली अं. ४ बजेको समयमा गुरुङनी आमैको दोकानमा आउँदा आमालाई त्यहीं भेटी १ माना रक्सी किनी आमा र मैले बाँडी खायौं फेरि बजार डुल्न आउँदा युवनाथ पौडेललाई भेटी धाने व्याज दिउँला भनी रु. ५०।– लिएँ औषधी किनी बजार बजार चोक आउँदा आमालाई भेटें आमालाई मैले हात समातेर पश्चिम तिर लगें आमासंग धेरै बीलाउना गर्दै अहिले रु. २००।– ले गर्दा जेल पर्ने भए भनी कुरा गर्दै खोला नेर पस्यौं घटनास्थल भन्दा १५.२० फिट उत्तरमा आई पुग्दा आमा ठेस लागी लड्नु भयो । आमा प्रति पहिले देखि रिस उठीरहेको थियो आमा लड्ना साथ मौका पारी ढुंगाले कसेर टाउकोमा हिर्काएँ ऐयानी भनी कराइन फेरि एक चोटी टाउकोमा हिर्काएँ । आमाको बोल्न चल्न बन्द भयो आमालाई घिसारेर खोला किनारामा लगी आमाको फरिया सार्पा पटुका खोली नांगो पारी लाशलाई पानीको धारमा घोप्टो प