निर्णय नं. ७५९९ - उत्प्रेषणुक्त परमादेश लगायत जो चाहिने उपयुक्त आदेश जारी गरिपाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७५९९ - उत्प्रेषणुक्त परमादेश लगायत जो चाहिने उपयुक्त आदेश जारी गरिपाऊँ । भाग: ४७ साल: २०६२ महिना: पौस अंक: ९ फैसला मिति :२०६२/०९/०५ २६०७ निर्णय नं.७५९९ ने.का.प.२०६२ अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ सम्बत् २०५९ सालको रिट नं. २५५९ आदेश मितिः २०६२।९।५।३ विषय :– उत्प्रेषणुक्त परमादेश लगायत जो चाहिने उपयुक्त आदेश जारी गरिपाऊँ । रिट निवेदकः जिल्ला पर्सा वीरगन्ज उप महानगरपालिका बडा नं. १७ जितपुर छातापिप्रा स्थित नेपाल लुब्रीकेन्ट्स प्राइवेट फर्मको प्रोपाइटर ऐ ऐ बस्ने प्रकाश मारु विरुद्ध विपक्षीः श्री ५ को सरकार स्थानीय विकास मन्त्रालय, पुल्चोक ललितपुर समेत § कवाडी भै पुरानो भएको सामानलाई कच्चा पदार्थको रुपमा उपयोग गरी प्रविधिको प्रयोगबाट प्रशोधन गरेर फेरि प्रयोग गर्न सकिने गरी तयार गरिएको अवस्थामा कवाडी सामान पुनः प्रयोग हुन नसक्ने सामान मान्न मिल्दैन भन्ने जिकीर कानूनी व्यवस्थाको अनुकूल नदेखिने । § ऐनले दिएको अख्तियारी अन्तर्गत बनेको नियमावलीले जिल्ला विकास समितिले पुनः प्रयोग नहुने जलेको मोविलमा र पुरानो ड्रममा कर लगाउन सक्ने गरी व्यवस्था गरेको हुँदा विपक्षी जिल्ला विकास समितिहरूले कानूनको अख्तियारी विना निवेदकलाई कर लगाएको मान्न नमिल्ने । (प्रकरण नं.१२) निवेदक तर्फवाटः विद्वान अधिवक्ता श्री सतिस कुमार झा विपक्षी तर्फवाटः विद्धान सहन्यायाधिवक्ता श्री डिल्ली रमण आचार्य र विद्वान अधिवक्ता श्री मिलन राई अवलम्वित नजीरः आदेश न्या.अनूपराज शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- २. यस निवेदक उद्योगले उत्पादन गर्ने प्रशोधित लुब्रिकेटिङ आयल, ली लुब्रिकेटिङ आयल, लुब्रिकेटिङ आयल ३०, इण्डष्ट्रियल मेशिन आयलका लागि चाहिने कच्चा पदार्थको रुपमा कालो मोविल (जलेको मोविल) एशिड, खाली ड्रम आदि विभिन्न ठाउँबाट खरिद गरी ल्याई सोलाई मेशिनले प्रशोधन गरी पुनः प्रयोग गर्ने किसिमको तयारी लुब्रिकेटिङ आयल तयार गरी उक्त खाली ड्रममा भरेर शील प्याकिङ गरी बजारमा विक्री गर्दै आएको छ । यसरी लुब्रिकेटिङ आयल उत्पादन गर्न कच्चा पदार्थको रुपमा विभिन्न ठाउँबाट जलेको कालो मोबिल र पुरानो खाली ड्रमहरू खरीद गरी उद्योगमा ल्याउदा प्रतिरक्षीहरूले पुनः प्रयोग हुने कबाडी सामानको शुल्क संकलन गर्न सेवाशुल्कको रुपमा जलेको मोविलमा प्रति लिटरमा कहिले –।५० पचास पैसा कहिले एक रुपैयासम्मको दरले जवर्जस्ती कर असूल गरिआएका छन् । जिल्ला विकास समितिले लगाउन पाउने कर र सेवा शुल्कको सम्बन्धमा स्थानीय स्वयत्त शासन ऐन, २०५५ (यसपछि ऐन भनिएको ) को दफा २१५ र २१६ मा व्यवस्था गरिएको छ । यस फर्मले लुब्रिकेटिङ आयल उत्पादन गर्न खरिद गरी ल्याउने उक्त कच्चा पदार्थको ढुवानी क्रममा प्रयोग हुने कुनैपनि सडक प्रतिरक्षी जिल्ला विकास समितिले निर्माण गरको सडक वा निजहरूलाई हस्तान्तरण भई आएको सडक नभई श्री ५ को सरकारद्धारा निर्मित राजमार्ग मात्र भएकोले प्रतिरक्षीहरूलाई आफ्नो स्वामित्व वा अधिकार नै नभएको राजमार्गमा कर लगाउने र असूल गर्ने कार्य अनधिकृत एवं गैरकानुनी छ । ऐनको दफा २१५(२) मा उल्लेखित कवाडी मालमा कर लगाउन पाउने व्यवस्था सन्दर्भमा पनि ऐ दफा २१५(१) र (२) को प्रयोजन हेतु स्थानीय स्वायत्त शासन नियमावली, २०५६ (यसपछि नियमावली भनिएको) को अनुसूची २३ को प्रकरण ४ को देहाय (घ)