निर्णय नं. ४०६७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०६७ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४६/१२/१९ २०३२ निर्णय नं. ४०६७ ने.का.प. २०४७ अङ्क २ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ सालको रि.नं. ७७१ आदेश भएको मिति: २०४६।१२।१९।१ मा निवेदक : जि.धनुषा रमदैया गा.पं. वा.नं. ९ बस्ने वलदेव साहु सुडी विरुद्ध विपक्षी : ज.न.पं. वा.नं. ११ बस्ने बच्चु साहु कलवारसमेत विषय : उत्प्रेषण (१) दैवी परी बाली नास भएको वा उब्जा हुन नसकेको अवस्थामा बाहेक अन्य अवस्थामा कूत नबुझाएकोमा मोहीबाट निष्काशन गर्न आदेश दिन सक्ने अधिकार भू.सु.अ. लाई रहे भएको देखिने । (प्रकरण नं. ९) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री भक्त भडेल प्रत्यर्थी तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ र विद्वान अधिवक्ता श्री प्रकाशवस्ती आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह १. नेपालको संविधान, २०१९ को धारा ७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. विपक्षी बच्चु साहु कलवारले म निवेदक उपर जि.धनुषा रमदैया भवारी गा.पं. वार्ड नं. ६(क) कि.नं. २ को ज.वि. ०–१५–१ जग्गा २०४२ साल चैत्र देखि आवाद नगरी पर्ति राखेको २०४३ सालको कूत दिलाई मोही निष्काशन समेत गरी पाउँ भनी भू.सु.का. धनुषामा फिराद दायर गरेकोमा भू.सु. नियम, २०२१ को नियम ४६ अनुसार ज्येष्ठ सम्ममा बाली बुझाउने म्याद भएकोमा सो म्याद अगावै फिराद दिएकोले कूत बुझाई फुर्सद पाउँ भन्ने प्रतिवाद भएको थियो । कूत नबुझाएकोमा प्रतिवादी सावित भएकोले भू.सं. ऐन, २०२१ को दफा २९(१) बमोजिम मोही निष्काशन हुने र कूत भरी नपाउने ठहर्छ भन्ने समेत भू.सु.का. धनुषाको मिति २०४४।४।१९ को फैसला । त्यस उपर जनकपुर अञ्चल अदालतमा पुनरावेदन गरेकोमा उक्त अदालतबाट शुरुको इन्साफ मनासिब ठहर्‍याई मिति २०४६।२।१ मा फैसला भयो । त्यस उपर पुनरावेदनको अनुमति पाउँ भनी म.क्षे.अ. मा निवेदन दिएकोमा पुनरावेदनको अनुमति नदिने भनी २०४६।५।१३ मा आदेश भयो भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९ अनुसार मोहीले कूतबाली नबुझाएमा वा १ वर्षसम्म खेती नगरी जग्गा बाँझो राखेको अवस्थामा मात्र मोही निष्काशन गर्न सकिन्छ । यस्तो विवाद अर्थात् भू.सं. ऐन, २०२१ को दफा २९(२) को परिस्थितिको विद्यमानतामा न्या.प्र.सु. ऐन, २०३१ को दफा ९ अनुसार जिल्ला अदालतको क्षेत्राधिकार भित्र पर्नेमा त्यस्तो मुद्दामा भू.सु.का. धनुषाले गरेको निर्णयमा क्षेत्राधिकारको समेत त्रुटि भएकोले भू.सु.का. धनुषाको निर्णय सदर गरेको ज.अं.अ. को निर्णय मनासिब ठहर्‍याई म.क्षे.अ. बाट भएको मिति २०४६।५।१३ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी पाउँ भन्ने समेत रिटनिवेदन जिकिर रहेछ । ३. यसमा के कसो भएको विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि नियमबमोजिम पेश गर्नु भन्ने समेतको यस सर्वोच्च अदालत एकन्यायाधीशको इजलासबाट भएको आदेश । ४. रिट निवेदकले आफूले गर्नु पर्ने कर्तव्य पालना नगरी ज.ध. लाई हैरान दिने गरेको युक्तिसंगत नहुने हुँदा मोही बलदेव साहु सुडी भू.सं. ऐन, २०२१ को दफा २९ को उपदफा १ बमोजिम मोही निष्काशन हुने ठहर्छ भनी यस कार्यालयबाट भएको निर्णयमा कुनै त्रुटि नहुँदा प्रस्तुत रिटनिवेदन खारेज गरी पाउँ भन्ने समेत भू.सु.का. धनुषाको लिखितजवाफ रहेछ । ५. मिसिल संलग्न प्रमाणहरुबाट रिट निवेदकले पटक पटक बाली नबुझाई बसेको देखि