निर्णय नं. ७६०० - उत्प्रेषणयुक्त परमादेश, प्रतिषेध ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६०० - उत्प्रेषणयुक्त परमादेश, प्रतिषेध । भाग: ४७ साल: २०६२ महिना: पौस अंक: ९ फैसला मिति :२०६२/०७/२४ ३८९९ निर्णय नं.७६०० ने.का.प.२०६२ अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री बलराम के.सी. सम्बत् २०५८ सालको रिट नं.३१८३ आदेश मितिः २०६२।७।२४।५ विषय : उत्प्रेषणयुक्त परमादेश, प्रतिषेध । निवेदकः पर्वत जिल्ला कुर्घा गा.वि.स.वडा नं.४ घर भै जिल्ला स्वास्थ्य कार्यालय अस्पताल शाखा पाल्पामा कार्यरत लक्ष्मण शर्मा पौडेल समेत बिरुद्ध विपक्षीः श्री ५ को सरकार, मन्त्रिपरिषद् मन्त्रिपरिषद सचिवालय, काठमाडौं समेत § निजामती सेवा ऐन अन्तर्गतको नेपाल स्वास्थ्य सेवा र नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अन्तर्गतको स्वास्थ्य सेवा कानूनीरुपले फरक हुँदा एउटा संरचनाबाट अर्को संरचनामा पदस्थापना र मिलान गर्दा Exactly Equivalent Post नहुने । § यस्तो अवस्था कर्मचारीको Service Life मा एकपटक मात्र हुने हुँदा निवेदकहरू समानताको हकबाट बंचित भएको भन्न र त्यस्तो निर्णय स्वेच्छाचारी मान्न पनि नमिल्ने । (प्रकरण नं. ११) § साविक पद स्वास्थ्य सेवा ऐन, २०५३ प्रारम्भ भएपछि पाँचौ तहमा मिलानभै सेवा सुविधा समेत निवेदकहरूले स्वीकारीसकेको अवस्था भएको र ऐन प्रारम्भ भएपछि १० वर्ष रा.प.अ.प्र.प्राविधिक पदमा स्थायीरुपमा सेवा भएका व्यक्तिहरूलाई मात्र ऐनको दफा ९०(क)(८) बमोजिम छैठौं तहमा पद मिलान गरिने व्यवस्था भएकोमा निवेदकहरूको उल्लेखित ऐनको दफा ९०क(८) बमोजिम नोकरी अवधि पुगेको नदेखिंदा असमान स्थितिमा समानताको सिद्धान्त आकर्षित नहुने । (प्रकरण नं. १२) निवेदक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा, विद्वान अविधक्ता श्री रविराज भण्डारी विपक्षी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री राजनारायण पाठक र विद्वान उपन्यायाधिवक्ता श्री सुरेन्द्रबहादुर थापा अवलम्वित नजीरः आदेश न्या.वलराम के.सी.: नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३/८८(२) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ :– २. हामी निवेदकहरू नेपाल स्वास्थ्य सेवाको राजपत्र अनङ्कित प्राविधिक प्रथम श्रेणीको पदमा स्थायी नियुक्ति पाई निरन्तर रुपमा दश वर्ष भन्दा बढी अवधि देखी सेवा गरिआएका छौं । हामी निवेदकहरू मध्ये लक्ष्मण शर्मा पौडेलले २०४४।२।२४ मा, भिमसेन थापाले २०४४।९।३, देवकी लामिछानेले २०४४।१२।२५, हरिप्रसाद उपाध्यायले २०४५।३।७, विष्णुप्रसाद गुरुङले २०४५।८।८, ज्ञानबहादुर वि.सी.ले २०४५।९।४, सावित्री गजुरेलले २०४५।१०।४, कुमारप्रसाद दाहालले २०४५।११।१, गुञ्जबहादुर वि.सी.ले २०४५।११।४, सनकराज लामिछानेले २०४६।३।११, रामजी श्रेष्ठले २०४६।३।११, लक्ष्मण महर्जनले २०४६।४।४, प्रेम नारायण शर्माले २०४६।४।४, शंभु बाबु तिवारीले २०४६।९।६, गोविन्द महर्जनले २०४७।१।४, शोभाचन्द्र मश्रिले २०४७।१।६, सत्यनारायण यादवले २०४७।१।७, सिताराम वाग्लेले २०४७।१।१७, गणेश रोकायाले २०४७।१।२३, फुलमैया श्रेष्ठले २०४७।१।२९, लक्ष्मीप्रसाद भण्डारीले २०४७।३।३, जीवनप्रसाद पराजुलीले २०४७।३।४, वडे बाबु थापाले २०४७।३।३१ देखि नियुक्ति पाई नेपाल स्वास्थ्य सेवाको विभिन्न समूह तथा उपसमूहको रा.प.अ.प्राविधिक प्रथम श्रेणीको पदमा अविछिन्न रुपमा काम गर्दै आएकोमा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ मिति २०५४।२।१४ देखि लागू भएपछि हामी निवेदकहरू सरह समान हैसियत तथा समान स्थिति अवस्था र परिस्थितिका कर्मचारीहरूलाई छैठौं तहमा