निर्णय नं. ८२८४ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२८४ - उत्प्रेषण समेत भाग: ५१ साल: २०६६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६६/०५/१७ २७६२ निर्णय नं. ८२८४ २०६६ चैत, अङ्क १२ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६२ सालको रिट नं.३८३० आदेश मितिः २०६६।५।१७।१४ विषयः– उत्प्रेषण समेत । रिट निवेदकः सप्तरी जिल्ला, सकरपुरा गा.बि.स.वडा नं.१ घर भै हाल राजविराज न.पा.वडा नं.५ बस्ने यमुनादेवी चौधरी समेत बिरुद्ध प्रत्यर्थीः सप्तरी जिल्ला ब्रह्मपुर गा.बि.स.वडा नं.९ घर भै हाल ऐ.ऐ.राजविराज न.पा.वडा नं.५ बस्ने चन्द्रकान्त मण्डल समेत § तारेखमा आउनु पर्ने व्यक्ति किरिया बसेको कारणले तारेखमा आउन सकेन भने त्यस्तो अवस्थाबाट फुर्सद पाएको मितिले १५ दिन भित्र अदालतसमक्ष आएर तारेख थमाउन निवेदन दिएमा अड्डाले इन्कार गर्न नमिल्ने । (प्रकरण नं.४) § म्याद तारेख थामी दिने विषय मुद्दाका पक्षलाई पर्न गएको समस्यालाई निराकरण गर्नको लागि गरेको व्यवस्था भएकाले सो व्यवस्थाको स्पष्ट रुपमा दुरुपयोग गरेको भन्ने देखिएमा बाहेक सामान्यतया यो व्यवस्थाको लाभ सम्बन्धित पक्षलाई दिने कुरामा अनावश्यक झण्झट गर्न नमिल्ने । § कुनै प्राविधिक समस्या उठाई न्याय पाउने हरेक व्यक्तिको सारभूत विषयबाट नै पक्षलाई विमुख पार्ने न्यायिक प्रक्रिया र प्रणालीको उद्देश्य पनि होइन । न्यायमा जनताको सहज पहुँच र त्यसको अनुभूति पक्षले नगरेसम्म अदालतबाट दिएको इन्साफले कुनै अर्थ राख्दैन । पक्षले कसरी न्याय पाउन सक्छ, त्यस्तोमा सानातिना प्राविधिक कुराहरूले के कति मात्रामा बाधा अवरोध खडा गर्ने गरेको छ, सो सम्बन्धमा आवश्यक अनुसन्धान गरी त्यस्ता प्रकारका समस्याको निराकरण तर्फ न्यायपालिकाले आफुलाई अग्रसर गराउनै पर्दछ, अन्यथा न्यायपालिकाप्रतिको जनआस्थामा अभिबृद्धि हुन्छ भन्न नसकिने । (प्रकरण नं.६) निवेदकका तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री हिम्मत सिंह तथा अधिवक्ता अविनासकुमार प्याकुरेल प्रत्यर्थी तर्फबाटः अवलम्वित नजीर सम्बद्ध कानूनः अ.वं.१७ नं. अ.बं.६२, ६२(१) आदेश न्या.कल्याण श्रेष्ठः तत्कालीन नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार रहेको छः– विपक्षी चन्द्रकान्त मण्डल समेत संग म निवेदिकाको फौ.नं.४९६ को लुटपीट मुद्दा सप्तरी जिल्ला अदालत, राजविराजमा दायर भई सो मुद्दामा म निवेदिका वादी भएको र निवेदिकाको तर्फबाट जिल्ला सप्तरी दीघवा गा.बि.स.वडा नं.३ बस्ने हरेकृष्ण यादवलाई वारेस दिइ राखेको अवस्थामा सप्तरी जिल्ला अदालतबाट उक्त मुद्दामा मिति २०६१।१२।३ को तारेख तोकिएको रहेछ। सो तारेख निवेदक हरेकृष्णले लिनु पर्नेमा मिति २०६१।१२।१ मा निज वारेसको आमा स्वर्गवास भएकीले तारेख लिन नसकी अ.बं.६२(१) बमोजिम सुविधा पाउन र गुज्रेको तारेख थामी पाउन सप्तरी जिल्ला अदालतमा निवेदन दिई स्रेस्तेदारद्वारा तारेख थामेको अवस्थामा विपक्षी चन्द्रकान्तले दिएको घर उठाई पाऊँ भन्ने मुद्दामा निवेदक हरेकृष्ण यादवले मिति २०६१।१२।१० गतेको तारेख लिएकोले लुटपीट मुद्दामा वेरीतसंग तारेख लिएको भनी सप्तरी जिल्ला अदालतमा उजूर गर्दा आमा मरेको व्यहोरा झूठा हो भनी निवेदनमा उल्लेख नभएकोले आमा मर्दा काज किरियामा बसेको अवस्थाबाट फुर्सद पाई अ.बं.६२ नं.बमोजिम सुविधा पाउने हुनाले कानूनबमोजिम हुने भनी मिति २०६२।१।९ मा आदेश भएउपर विपक्षी चन्द्रकान्तले पुनरावेदन अदालत, राजव