निर्णय नं. ७६०१ - जग्गा खिचोला मेटाई पर्खाल भत्काई बाटो कायम ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६०१ - जग्गा खिचोला मेटाई पर्खाल भत्काई बाटो कायम । भाग: ४७ साल: २०६२ महिना: पौस अंक: ९ फैसला मिति :२०६२/०८/०६ ३२७५ निर्णय नं.७६०१ ने.का.प.२०६२ अङ्क ९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिजंग सिजापती माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ सम्वत् २०५८ सालको दे.पु.नं. ७९८५ फैसला मितिः२०६२।८।६।२ मुद्दाः– जग्गा खिचोला मेटाई पर्खाल भत्काई बाटो कायम । पुनरावेदक / प्रतिवादीः जिल्ला मोरङ्ग, बिराटनगर उपमहानगरपालिका वडा नं. १० बस्ने श्यामसुन्दर कनौडिया समेत विरुद्ध प्रत्यर्थी / वादीः जिल्ला मोरङ्ग, बिराटनगर उपमहानगरपालिका वडा नं. १० बस्ने चन्द्रकला गौतम § अंशबण्डाको कागजमा दुबै पक्षका दाताको साझा बाटो जनाएको अबस्थामा बाटोको अस्तित्व स्वतः प्रमाणित हुने । § एकपटक बाटो स्वीकारी बण्डा गरेपछि दुबै पक्षले भोग गर्न पाउने भएको बाटोको हक र त्यस अन्तर्गत रहन सक्ने सीमालाई वादी प्रतिवादी दुबै पक्षले मञ्जुर गर्नुपर्ने । § त्यसको अनदेखा गरेर पछिबाट पटक पटक लिखत गरी वा गर्दा बाटोको अस्तित्वलाई लोप हुने गरी वादी प्रतिवादीले कारोबार गर्न समेत नसक्ने । (प्रकरण नं.१८) § एकपटक खुलाइसकेको बाटोको अस्तित्व देखिइसकेपछि बाटोको उपयोगमा बादीलाई बाधा हुने गरी प्रतिवादीले पर्खाल लगाउन नपाउने र त्यस्तो बाटोमा आफ्नो निजी भनी वादीले हक कायम गर्न समेत नसक्ने । (प्रकरण नं.१९) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्धान अधिवक्ताद्वय श्री सतिश झा र श्री कमल प्रत्यर्थी वादी तर्फवाटः विद्वान अधिवक्ता श्री भरतबहादुर थापा अवलम्वित नजीरः फैसला न्या.कल्याण श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) अनुसार पुनरावेदन अदालत विराटनगरको मिति २०५७।८।४ को फैसला उपर प्रतिवादीको पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ :- २. बिपक्षीहरू मध्येको गंगा देवी ओली, मेरो दाता भोलाप्रसाद ओली र अम्वरप्रसाद ओली एक घरका अंशियार हुनु हुदो रहेछ । निज गंगा देवीले ०४३।३।१ मा अंशवण्डा पारित गरि म फिरादीले खरिद गरेको जग्गा भोलाप्रसाद र अम्वरप्रसादको तथा बिपक्षीहरू श्याम सुन्दर र निरन्जनले खरिद गरेको जग्गा गंगा देवी ओलीको नाउँमा दर्ता रहेको जग्गा थियो । बिपक्षी गंगा देवी र मेरो दाताहरू वीचमा वण्डा हुँदा उक्त वण्डापत्रमा नै ७ फिट चौडा १२२ फुट लम्वाई भएको वाटो सवैले प्रयोग गर्ने गरी वण्डापत्र भएको रहेछ । मैले भोलाप्रसाद र अम्वरप्रसादवाट साविक वि.न.पा. ५ हाल वडा नं. १० को कि.नं. ७९० ७९१ र ७९३ को समेत जम्मा ०–१–१४ जग्गा खरिद गरि लिई भोग गरि रहेको अवस्था म मेरा पतिसंग विदेश भारत गएको समयमा विपक्षी श्यामसुन्दर र निरन्जनले तपाईको जग्गा खिचोला गरि पर्खाल वनाउन शुरु गर्नु भएको हुँदा रेखदेख गर्न आउनु भनी प्रमाणका मानिसले खवर गरेकोले आई आफ्नो उक्त जग्गा हेर्दा विपक्षीहरूले मेरो उल्लेखित जग्गा मध्ये पूर्व र दक्षिण तर्फवाट ०–०–११ जग्गा र विपक्षीहरूले खरिद गरि दिएको राजिनामाको कैफियत महलमा जनिएको वाटो समेत आफ्नो कि.नं. १३०, ७८९, ७९२ र ७९४ को जग्गामा च्यापि घुसाई पर्खाल लगाई खिचोला गरेको हुनाले उक्त पर्खाल भत्काई जग्गा खिचोला मेटाई वाटो समेत कायम गरि पाउँ भन्ने समेत व्यहोराको फिराद दावी । ३. भोलाप्रसाद र अम्वरबहादुरले म संग अंश छुट्याई आफ्नो आफ्नो जग्गा दर्ता गराई विपक्षीलाई ससिम विक्री गरेका हुन, उक्त जग्गाको पश्चिमतर्फवाट ठूलो चौडा वाटो रहेको छ, ७ फिट चौडा र १३२ फुट लम्वाई भएको वाटो उपभोग ग