निर्णय नं. ४०६८ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०६८ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४६/१२/१२ २१६१ निर्णय नं. ४०६८ ने.का.प. २०४७ अङ्क २ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४५ सालको रि.नं. १८७० आदेश भएको मिति: २०४६।१२।१२।१ मा रिट निवेदक: वि.न.पं. वा.नं. ८ स्थित नेपसिनो ट्रेडिङ कम्पनी (प्रा.) लि. को अधिकार प्राप्त सत्यनारायण तोदी विरुद्ध विपक्षी : विराटनगर भन्सार कार्यालयसमेत विषय : उत्प्रेषण (१) भन्सार महसूलको प्रयोजनको लागि श्री ५ को सरकारबाट मूल्य निर्धारण नगरिएको माल वा वस्तुको हकमा त्यस्तो माल वा वस्तुको धनीले पेश गरेको बील बमोजिमको मूल्यलाई नै सबै अवस्थामा मान्यता दिनै पर्दछ भन्न नमिल्ने । (प्रकरण नं. १३) (२) माल वा वस्तुको धनीले पेश गरेको बील बमोजिमको मूल्यमा मान्यता नदिई त्यस्तो माल वा वस्तुको मूल्य निर्धारण गरी भन्सार महसूल लिएको अभिलेख कार्यालयमा भएमा सो बमोजिम मूल्य निर्धारण गर्ने र त्यस्तो पूर्वअभिलेख पनि नभएको स्थितिमा मूल्य निर्धारणको लागि श्री ५ को सरकारमा पठाई श्री ५ को सरकारबाट सो वस्तुमा मूल्य निर्धारण हुन सक्ने । (प्रकरण न. १३) (३) श्री ५ को सरकार भन्सार विभागद्वारा निर्धारित मूल्य भन्दा निवेदकले इन्भ्वाइसमा उल्लेख गरेको मूल्य घटी देखिन आएकोले न्यून बिजकीकरण भएको आधारमा थप भन्सार महसूल लगाइएको कार्य ऐनको दफा १३क. उपदफा (१) को खण्ड (ग) को प्रतिकूल भएको भन्न मिल्ने अवस्था नरहने । (प्रकरण नं. १४) (४) ऐनद्वारा प्रदत्त अधिकार बमोजिम श्री ५ को सरकार भन्सार विभागको निर्णयानुसार निर्धारित मूल्य बमोजिम आयातित वस्तुको मूल्य कायम गरी भन्सार कार्यालयबाट भन्सार महसूल असूल गरेको देखिँदा कानुन बर्खिलाप भएको भन्न नमिल्ने । (प्रकरण नं. १४) प्रत्यर्थी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्र कोइराला आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. यस कम्पनीले वाणिज्य विभागबाट १५ डिसेसम्बर १९८६ मा चाइनाबाट पेन्सिल सार्पनर आयात गर्न इजाजतपत्र प्राप्त गरी २२ डिसेम्बर १९८६ मा राष्ट्रिय वाणिज्य बैंक विराटनगरबाट लेटर अफ क्रेडिट बनाई पठाउँदा नेशनल लाइट इण्डष्ट्रिज प्रोडक्ट्स ईम्पोर्ट एण्ड एक्सपोर्ट कर्पोरेशनले प्रति गु्रस १०.१४ का दरले जम्मा ११,२५५.४० यु.एस. डलरको इन्भ्वाइस बनाई २० जनवरी १९८७ मा सिप गरी पठाएको तर सो मितिमा लागू रहेका मूल्यसूचीमा श्री ५ को सरकारद्वारा यस प्रकारको पेन्सिल सार्पनरको मूल्य निर्धारण नगरी राखेकोले भन्सार विभागबाट माल नेपाल आउनु अगावै जानकारी गराएका थिए । उक्त मालसामान विराटनगर भन्सार कार्यालयमा आउँदा २०४३।१२।८ मा पेश गरेको प्रज्ञापनपत्रमा मालको इन्भ्वाइस मूल्य प्रति गु्रस १०.१४ यू.एस. डलरले १११० गु्रसको सि.आई.एफ यु.एस. डलर ११२५५।४० को हुने रु. २,४८,७४४।३४ तथा भाडा रु. २८७२।५६ कूल जम्मा रु. २,५१,६१६।९० उल्लेख गरी पेश गरेकोमा मूल्य सूचीमा यस मालको मूल्य निर्धारण भई नरहेकोले भन्सार ऐनको दफा १३(२) बमोजिम इन्भ्वाइस मूल्यमा भन्सार लिई माल छाड्नु पर्नेमा सो नगरी ३ महीनासम्म माल रोकी राख्नु भयो । मिति २०४४।२।११ मा गरेको निर्णयमा भन्सार विभागको मिति २०४४।१।२१ को आदेशानुसार भन्दै हाम्रो इन्भ्वाइस मूल्य यू.एस. डलर १०.१४ भन्दा बढी प्रतिगु्रस सि.आइ.एफ. कलकत्ता