निर्णय नं. ८२८५ - ज्यान मार्ने उद्योग
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२८५ - ज्यान मार्ने उद्योग भाग: ५१ साल: २०६६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६६/०७/०९ ३६७४ निर्णय नं. ८२८५ २०६६ चैत,अङ्क १२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी माननीय न्यायाधीश श्री सुशीला कार्की संवत् २०६० सालको फौ.पु.नं. ३४४९, ३५६७ संवत् २०६१ सालको फौं पु.नं. ३२३८ फैसला मितिः २०६६।७।९।२ मुद्दाः ज्यान मार्ने उद्योग । पुनरावेदक प्रतिवादीः जिल्ला सिरहा लक्ष्मीनिया (प्र.म) गा.वि.स.वार्ड नं.२ बस्ने कुशेश्वर गुर्मैता विरुद्ध प्रत्यर्थी वादीः ऐ.ऐ.बडा नं.१ बस्ने हरिदेव यादव समेतको जाहेरीले नेपाल सरकार पुनरावेदक प्रतिवादीःजिल्ला सिरहा लक्ष्मीनिया (प्र.म) गा.वि.स.वार्ड नं.३ बस्ने गंगाप्रसाद गुर्मैता यादव विरुद्ध प्रत्यर्थी वादीः ऐ.ऐ.बडा नं.१ बस्ने हरिदेव यादव समेतको जाहेरीले नेपाल सरकार समेत र पुनरावेदक प्रतिवादीःजिल्ला सिरहा लक्ष्मीनिया (प्र.म) गा.वि.स.वार्ड नं.३ बस्ने गंगाप्रसाद गुर्मैता यादव विरुद्ध प्रत्यर्थी वादीः ऐ.ऐ.बडा नं.१ बस्ने हरिदेव यादव समेतको जाहेरीले नेपाल सरकार शुरु फैसला गर्नेः मा.जि.न्या. श्री बीरेन्द्रकुमार बाटाजु मा.जि.न्या. श्री नारायणप्रसाद श्रेष्ठ पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री दामोदरपुरुष ढकाल मा.न्या.श्री मोहनप्रसाद घिमिरे § वारदातमा प्रयोग भएका हतियार बन्दुक प्रतिवादीहरूबाट वरामद हुन नसक्नुबाट वारदात नै घटित भएको होइन भन्ने निष्कर्ष निकाल्न नमिल्ने । (प्रकरण नं.५) § सामान्यतः ज्यान मार्ने उद्योगको वारदातमा तेस्रो पक्षीय अवरोधको सिद्धान्त Doctrine of third party intervention को विचार गर्नुपर्ने । (प्रकरण नं.६) § ज्यान मार्ने उद्योग गर्नु भनेको कसैको ज्यान मार्ने प्रयास गर्नु हो । टाढैबाट बम वा बन्दुकको गोली प्रहारबाट पनि कसैको ज्यान मार्ने प्रयास वा उद्योग गर्न सकिन्छ । त्यस्तो प्रहार संवेदनशील ठाउँमा र प्रहारकर्ताले ताकेको निशानामा लागेमा ज्यान मर्न सक्दछ । तर निशानामा वा मर्मस्थानमा नलागेमा ज्यान मर्दैन । यस्तोमा कुनै तेस्रो पक्षीय अवरोधको सिद्धान्त लागू नहुने । § फायर गर्नु नै ज्यान मार्ने प्रयास गर्नु हो । यसमा त्जष्चम उबचतथ ष्लतभचखभलतष्यल को सिद्धान्त ज्यान मार्ने उद्योगका अरु वारदात जस्तै गरी लागू हुन सक्दैन । अवरोधको पुष्टि नभएबाट ज्यान मार्ने उद्योगको वारदात घटित भएको होइन भनी भन्न मिल्ने । (प्रकरण नं.७) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री हरिकृष्ण कार्की प्रत्यर्थी वादी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री योगराज वराल अवलम्वित नजीरः सम्बद्ध कानूनः ज्यानसम्बन्धी महलको १५ नं. फैसला न्या.ताहिर अली अन्सारीः पुनरावेदन अदालत, राजविराजको मिति २०६०।१।२४ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः- मिति २०५५।५।२९ गते जिल्ला सिरहा गा.वि.स लक्ष्मीनिया वार्ड नं. १ चमारटोल स्थित पूर्वमा फगुनी रविदास चमारको घर पश्चिममा विश्वनाथ यादवको खेत, दक्षिणमा विश्वनाथ यादवको पोखरी उत्तरमा रासलाल महराको घर यति चार किल्ला भित्रमा रहेको फगुनी मोचीको घर छेउबाटो मेन सडक जानेबाटो रहेको फगुनी मोचीको घरदेखि अन्दाजी १० मि. दक्षिणमा सानो पक्की पुल रहेको सोही पुलबाट गोली फायर भै हरिदेव यादवको बायाँ कुहिनामा समेत गोली(छर्रा) को घाउ चोट लागी घाइते भएको भन्ने समेत व्यहोराको घटना