निर्णय नं. ४०७० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४०७० - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४६/१२/१५ २१०७ निर्णय नं. ४०७० ने.का.प. २०४७ अङ्क २ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल सम्वत् २०४६ सालको रि.नं. ५६१ आदेश भएको मिति : २०४६।१२।१५।४ मा रिट निवेदक: जि.धनुषा गा.पं. मुद्दामा खजुरीमा स्थापित लक्ष्मीनारायण राइस मिलका प्रो.बौएलाल साह विरुद्ध विपक्षी : कर कार्यालय जनकपुरधामसमेत विषय : उत्प्रेषण (१) के कति खूद आय कायम हुने हो अनुमानित आय विवरण समेत खुलाई सूचना दिएको देखिँदैन, सो बमोजिमको सूचना प्राप्त गरेपछि मात्र करदाताले प्रतिवाद गर्ने मौका प्राप्त गरेको मान्न सकिने हुँदा उक्त बमोजिमको विवरण नखुलाई दिएको सूचनाबाट कानुन बमोजिम प्रतिवादको मौका दिएको मान्न नमिल्ने । (प्रकरण नं. ७) विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राजेन्द्र कोइराला आदेश प्र.न्या.धनेन्द्रबहादुर सिंह १. नेपालको संविधान, २०१९ को धारा ७१ अन्तर्गत यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. मेरो प्रोप्राइटरशीपमा लक्ष्मीनारायण राइस मिलका नाउँमा दर्ता भई मैले चलाई आएकोमा मिति २०३१।९।१२ मा होइन कुमार संगटालाई मासिक रु. २०००।– का दरले लिखत पारित गरिदिएको र सो अनुसार आ.व. ०३१।२०३२ को जम्मा १० महीना १५ दिनको रु. २०००।– का दरले भाडा रु. २१,०००।– र म निवेदकको निजी घर जनकपुर धान चामल निर्यात कम्पनीलाई मासिक रु. ४००।– का दरले मिति २०३१।१।१२ देखि भाडामा दिएकोले सो बापत प्राप्त रु. ३०००।– समेत जम्मा आय रु. २४,०००।– मा तलब मजदुरी २००५।– समेत गरी जम्मा भएको खर्च रु. १७५०।– छुटफुट (डिप्रिसियसन) रु. ११,७८२।३२ अन्य खर्च रु. २०००।– समेत गरी जम्मा भएको खर्च रु. १७५३७।३२ कट्टा गरी आफूलाई भएको खूद मुनाफा रु. ६,४६२।६८ देखाई तोकिए अनुसारको आय विवरण भरी मिति २०३३।२।३१ मा विपक्षी कर कार्यालयमा पेश गरेको थिएँ । यसै बीच विपक्षी आय निर्धारण समिति मध्यमाञ्चलको मिति २०४१।३।४ को बैठकले कार्यालयमा प्राप्त भएसम्मको तथ्यांक क.नि. को गोप्य प्रतिवेदन तथा अन्य आधारभूत कुराहरुको समेत विचार गरी आयकर ऐन, २०३१ को दफा ३३(२) बमोजिम खडा भएको निर्णय पर्चा बमोजिम मेरो खूद आय रु. १,०४,४९७।०३ कायम भएको भनी प्रचलित नेपाल कानुन बर्खिलाप हुने गरी खूद आय निर्धारण गरे उपर आयकर ऐनको दफा ३४(२) अन्तर्गत विपक्षी कर महानिर्देशक समक्ष निवेदन गरेकोमा आफ्नो कारोबार सम्बन्धमा केही सबूत प्रमाण र प्रतिक्रिया समेत पेश नगरी बसेको देखिएको र आयकर ऐनको दफा ४०(१) बमोजिम गठित समितिले खूद आय कायम गरी कर कार्यालयबाट मिति २०४१।३।८ मा कर निर्धारण गरेको देखिँदा सो निर्णय मनासिब ठहर्छ भनी मिति २०४५।१०।१९ मा निर्णय गरियो । यसरी मैले मेरो घर र मिल समेत भाडामा दिइसकेको अवस्थामा सो बमोजिम मैले भरेको आयको विवरण र सो सम्बन्धी पेश भएका प्रमाणहरुको समुचित मूल्यांकन नै नगरी हचुवाको भरमा खूद आय कायम गरेको मिलेको छैन । मिति २०४१।३।४ को निर्णयमा आयकर ऐनको दफा ३३(२) उल्लेखित अवस्थाहरु मध्ये के कुन आधारमा खूद आय कायम गरिएको हो खुलाइएको छैन । अतः विपक्षी कर कार्यालयको मिति २०४१।३।८ को निर्णय र सो निर्णयलाई सदर गरेको मिति २०४५।१०।१९ को निर्णय त्रुटिपूर्ण हुँदा उक्त निर्णयहरु उत्प्रेषणको आदेशद्वारा बदर गरी परमादेश वा जो चाहिने आज्ञा, आदेश वा पुर्जी जारी गरी पाउँ भन्ने समेत रिटनिवेदन जिकिर रहेछ