निर्णय नं. ७६०२ - उत्प्रेषण समेत ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६०२ - उत्प्रेषण समेत । भाग: ४७ साल: २०६२ महिना: माघ अंक: १० फैसला मिति :२०६२/१०/२७ २८९१ निर्णय नं.७६०२ ने.का.प.२०६२ अङ्क १० सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी माननीय न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री बद्रीकुमार वस्नेत २०६२ सालको रि.पु.इ.नं......... २० आदेश मितिः २०६२।१०।२७।५ विषय :– उत्प्रेषण समेत । निवेदकः होमनाथ शर्मा समेत विरुद्ध विपक्षीः श्रम तथा यातायात व्यवस्था मन्त्रालय समेत § ऐनबमोजिमको अधिकार प्राप्त गरी वनाएको विनियम र विनियमको अधिकार प्रयोग गरी वनाएको नियमलाई कानूनको रुपमा मान्नुपर्ने । (प्रकरण नं.४) § साझा यातायात कर्मचारीहरुको सेवाका शर्त र सुविधा सम्बन्धी विनियमावली, २०५७ लाई कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २(ड) अनुसार कानूनकै संज्ञा दिनुपर्ने । (प्रकरण नं.६) निवेदक तर्फवाटः विद्धान अधिवक्ताहरु श्री बद्रीबहादुर कार्की, श्री हरिहर दाहाल, श्री नरेन्द्रप्रसाद गौतम विपक्षीतर्फवाटः विद्धान उपन्यायाधिवक्ता श्री अमृतबहादुर वस्नेत, विद्धान अधिवक्ताहरु श्री कुमार इङ्नाम, श्री हरिप्रसाद उप्रेती, श्री भरतराज उपे्रती, श्री शेरबहादुर के.सी. अवलम्वित नजीरः सम्वत् २०६१ सालको रिट नं. ३७७१, झलक सापकोटा विरुद्ध साझा यातायात के.का. समेत आदेश यस अदालत संयुक्त इजलासको मिति २०६२।१।२० को आदेशानुसार सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) अन्तर्गत यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनमा निवेदक तर्फका विद्धान अधिवक्ताहरु श्री बद्रीबहादुर कार्की, श्री हरिहर दाहाल, श्री नरेन्द्रप्रसाद गौतमले साझा यातायात कर्मचारीहरुको सेवाका शर्त र सुविधासम्बन्धी विनियमावलीको हैसियत कानून सरहकै हो । रिट निवेदन नं. ३७३३ को रुलिङ नमिलेको हुंदा सहमत हुन सकिने अवस्था छैन भन्ने समेत व्यहोराको र विपक्षी श्रम तथा यातायात व्यवस्था मन्त्रालयको तर्फवाट विद्धान उपन्यायाधिवक्ता श्री अमृतबहादुर वस्नेतले मन्त्रालयबाट संचालक समितिको अध्यक्षता वाहेक अरु कार्य नभएको हुंदा विपक्षी वनाउनु नपर्ने भन्ने र विपक्षी साझा यातायातको तर्फबाट विद्धान अधिवक्ता श्री कुमार इङ्नाम, श्री हरिप्रसाद उप्रेती, श्री भरतराज उपे्रती, श्री शेरबहादुर के.सी.ले साझा यातायातको कर्मचारीको सेवा शर्त सम्बन्धी विनियमावली, २०५७ संचालक समिति आफैले वनाएको हुंदा र साझा यातायात स्वसासित संस्था भएकोले त्यस्तो संस्थाको संचालक समितिले वनाएको विनियमावलीले कानूनको हैसियत नराख्ने हुंदा रिट नं. ३७३३ को रुलिङसंग असहमत हुनु पर्ने अवस्था छैन भन्ने समेत व्यहोराको वहस जिकिर प्रस्तुत गर्नुभयो । २. आज निर्णय सुनाउन तोकिएको प्रस्तुत रिट निवेदनमा दुवै तर्फका विद्धान कानून व्यवसायीहरुको वहस जिकिर नजीरहरुले पेश गरेको वहस नोट तथा सम्वन्धित मिसिल कागजात अध्ययन गरी हेर्दा सम्वत् २०५५ सालको रिट नं. ३७४१ को निवेदक झलकबहादुर सापकोटा विरुद्ध साझा यातायात केन्द्रिय कार्यालय समेत भएको उत्प्रेषण समेतको रिट निवेदनमा साझा नियमावली र विनियमावली कानून सरह लागु हुने गरी मिति २०५८।३।२२ मा यस अदालत संयुक्त इजलासबाट निर्णय भएको देखिन्छ भने सम्वत् २०६१ सालको रिट नं. ३७३३ निवेदक भीमवहादुर थापा विरुद्ध सञ्चालक समिति, साझा पसल सेवा र सहकारी संस्था लिमिटेड केन्द्रिय कार्यालय भएको उत्प्रेषण परमादेशको रिट निवेदनमा साझा पसल सेवा सहकारी संस्थाको कर्मचारी नियमावली २०३१ कुनै ऐन अन्तर्गत वनेको नहुंदा कानून