निर्णय नं. ७६०४ - उत्प्रेषण समेत ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६०४ - उत्प्रेषण समेत । भाग: ४७ साल: २०६२ महिना: माघ अंक: १० फैसला मिति :२०६२/१०/१३ ३२४८ निर्णय नं.७६०४ ने.का.प.२०६२ अङ्क १० सर्वोच्च अदालत, विशेष इजलास माननीय न्यायाधीश श्री अनूपराज शर्मा माननीय न्यायाधीश श्री बद्रीकुमार वस्नेत माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ सम्बत् २०६१ सालको रिट नं. ....... ५४ आदेश मितिः २०६२।१०।१३।५ बिषय :– उत्प्रेषण समेत । निवेदकः जिल्ला चितवन भरतपुर नगरपालिका वडा नं. ४ घर भई महेन्द्र संस्कृत विश्वविद्यालयको उपकुलपतिमा कार्यरत आचार्य पूर्णचन्द्र ढुङ्गेल विरुद्ध विपक्षीः श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोग ववरमहल काठमाडौं समेत § सार्वजनिक पदधारण गरेका व्यक्तिले अनुचित कार्य गरी पुर्याएको हानि नोक्सानी सम्बन्धित व्यक्तिहरुवाट भरिभराउ गर्न वा आयोगले उपयुक्त ठानेको अन्य आवश्यक कारवाही गर्नका लागि सम्बन्धित निकाय वा अधिकारीलाई लेखी पठाउन तथा त्यस्तो अनुचित कार्यबाट उत्पन्न दुष्परिणाम सच्याउनको लागि लेखी पठाउन सक्ने अधिकार बिपक्षी आयोगलाई नभएको मान्न नमिल्ने । (प्रकरण नं.२६) § अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १२क अनुसारको आदेश दिने कारवाही विशेष प्रकारको कारवाही हुनाले त्यस्तो कारवाहीलाई विभागीय कारवाही भन्न नमिल्ने । § दफा १२क अनुसारको कारवाही गर्दा पनि दफा ११ अनुसारको स्पष्टीकरण सोधिने कार्यविधि अवलम्वन गर्नुपर्ने वाध्यात्मक कानूनी व्यवस्था रहेको नदेखिएकोले यस सम्वन्धी निवेदन स्वीकार्य नदेखिने । (प्रकरण नं.२७) § आर्थिक दण्ड जरिवानाको रुपमा कसैसंग रकम असूल उपर गर्ने गरी निर्णय गर्दा त्यस्तो निर्णयको आधार र कारण खोली उपलब्ध भएसम्मका विवरणहरु निजलाई उपलब्ध गराई त्यस सम्बन्धमा निजको भनाई र त्यसलाई पुष्टि गर्ने कागज प्रमाण समेत पेश गर्ने मनासिव मौका प्रदान गरिनु प्राकृतिक न्यायको सिध्दान्तसंग सम्बन्धित स्वच्छ सुनुवाई सम्बन्धी सिध्दान्त अनुसार अपरिहार्य हुने । (प्रकरण नं.२८) § निवेदकवाट रकम असूल उपर गर्ने र रकम असूल उपर नभएसम्म निज समेतको नाममा रहेको घरजग्गा तथा बैंक खाता र लकर समेत रोक्का गर्ने गरी सम्बन्धित निकायलाई लेखी पठाउने निर्णय गर्दा निजलाई त्यसरी असूल उपर गर्नुपर्ने रकमको अंक किटान गरी त्यस सम्बन्धमा निजलाई आफ्नो भनाई राख्ने अवसर प्रदान समेत नगरी गरिएको बिपक्षी आयोगको निर्णय स्वच्छ सुनुवाईसम्बन्धी प्राकृतिक न्यायको सिध्दान्त समेतको प्रतिकूल देखिने । (प्रकरण नं.२९) निवदेक तर्फवाटः विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा विद्वान अधिवक्ताद्वय श्री बालकृष्ण न्यौपाने र श्री शेरवहादुर के.सी. बिपक्षी तर्फवाटः विद्वान सहन्यायाधिवक्ता श्री राजनारायण पाठक विद्वान अधिवक्ताद्वय श्री अर्जुनप्रसाद कणेल र श्री थानेश्वर आचार्य अवलम्वित नजीरः आदेश न्या.अनूपराज शर्माः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र धारा ८८(१) र (२) बमोजिम दर्ता भई पेश हुन आएको प्रस्तुत रिट निवेदनको व्यहोरा तथा आदेश यसप्रकार छ:- २. म निवेदक महेन्द्र संस्कृत विश्वविद्यालयको उपकुलपति पदमा मिति २०५७।९।७ मा नियुक्ति भई कामकाज गरी राखेको छु । सहायक सावित्रि रिमाललाई अनुचित रुपले अस्थायी नियुक्ती गरेकोले निजले खाएको तलव भत्ता वापत रु. २,१८,८०९।६५ टाइपिष्ट पदमा कार्यरत निमा डि.सी. प्रेमवहादुर चित्रकार र कृष्णप्रसाद लामिछानेलाई दरवन्दी नहुंदा नहुंदै का.मु. मुकरर गर्ने आदेश दिएकोले निजले खाएको तलव भत्ताको रु. १,९४,२४२।– र विशेष कारण नभई २०५७ साल देखि २०