निर्णय नं. ७६०५ - भ्रष्टाचार (न.प्र.प.) ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६०५ - भ्रष्टाचार (न.प्र.प.) । भाग: ४७ साल: २०६२ महिना: माघ अंक: १० फैसला मिति :२०६२/१०/०५ २९२५ निर्णय नं.७६०५ ने.का.प.२०६२ अङ्क १० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा संवत २०६२ सालको फौ.पु.नं.....३१४१ फैसला मितिः २०६२।१०।५।४ मुद्दाः भ्रष्टाचार (न.प्र.प.) । पुनरावेदक / प्रतिवादी ओखलढुंगा जिल्ला, तलुवा ठुलाछाप गा.वि.स.वडा नं. १ घर भै हाल मोरङ्ग जिल्ला वि.उप.म.न.पा.वडा नं. ३ वस्ने ट्राफिक प्रहरी कार्यालय विराटनगरको प्र.नि.पदमा कार्यरत कुमारवहादुर कटुवाल विरुद्ध प्रत्यर्थी / वादीः अख्तियार दुरुपयोग अनुसन्धान आयागको तर्फवाट अनुसन्धान अधिकृत केशरवहादुर के.सी.का. प्रतिवेदनले श्री ५ को सरकार § प्रतिवादीको नाम र क्रमांक विहार संस्कृत शिक्षा वोर्डको टि.आर. मा उल्लेख नभएको भन्ने प्रमाणित हुनुका साथै प्रतिवादीले आफ्नो प्रमाणपत्र सक्कली भनी पुष्टि गर्न पेश गरेको पत्र समेत फर्जि भन्ने देखिन आएवाट प्रतिवादीको कार्य स्वच्छ र सफा नियतवाट भएको मान्न नसकिने । (प्रकरण नं.१३) § प्रतिवादीले संस्कृत वोर्ड पटनाको लव्धांक पत्र, अस्थायी प्रमाण पत्र लगायतका शैक्षिक प्रमाणपत्ररुको आधारमा कुनै लाभ हासिल नगरेको भन्ने प्रतिवादी जिकिर भएपनि उक्त प्रमाणपत्रहरु प्रतिवादीले पेश गरी निजको व्यक्तिगत फाईलमा संलग्न रहन पुगेको सन्दर्भमा निजले उक्त प्रमाणपत्रहरु वढुवा पाउने समेतको उद्देश्यले पेश गरेको होईन भनी विश्वास गर्न नसकिने । § राष्ट्रसेवक कर्मचारीले पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्रहरु गलत देखिन आएको स्थितिमा निजले सो प्रमाणपत्रवाट के कति फाईदा लियो वा लिएन भन्ने कुरा निजले गलत प्रमाणपत्र पेश गरी योग्यता ढांटने कार्य गरेको कसूरको सन्दर्भमा गौण महत्वको मान्नु पर्ने भएवाट पनि प्रतिवादीले उक्त प्रमाणपत्रवाट कुनै लाभ प्राप्त नगरेको भन्ने जिकिरको आधारमा प्रतिवादीले कसूरवाट उन्मुक्ति पाउने अवस्था नदेखिने । (प्रकरण नं.१५) § प्रतिवादीले वढुवा पाउने समेतको उद्देश्यले गलत प्रमाणपत्र पेश गरेको अवस्थामा निजवाट भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ अन्तर्गतको कसूर भएको ठहर गरी प्रतिवादीलाई अभियोग माग दावीवमोजिम जरिवाना गर्ने गरेको विशेष अदालतको फैसला मनासिव हुंदा सदर हुने । (प्रकरण नं.१६) पुनरावेदक प्रतिवादी तर्फवाटः विद्धान वरिष्ठ अधिवक्ता श्री महादेव यादव र विद्धान अधिवक्ताद्वय श्री शम्भु थापा तथा श्री दिनेश थापा प्रत्यर्थी वादी तर्फवाटः विद्धान उपन्यायाधिवक्ता श्री ऋृषिकेश वाग्ले अवलम्वित नजीरः फैसला न्या.मीनवहादुर रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (क) तथा विशेष अदालत ऐन, २०५९ को दफा १७ अन्तर्गत विशेष अदालत काठमाडौंको मिति २०६०।४।२१।४ को फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :- २. सेना र प्रहरीमा नक्कली प्रमाणपत्रको प्रयोग गरी आएकोले सक्रिय रुपवाट कारवाही गरिनु पर्छ भन्ने समेत व्यहोराको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मिति २०५८।९।१८ मा द.नं. ४५७३ मा दर्ता हुन आएको वेनामी उजुरी प्रतिवेदन । ३. प्रहरी प्रधान कार्यालयवाट प्राप्त संस्कृत शिक्षा वोर्डवाट मध्यमा परिक्षा पास गरेको प्रमाणपत्र आयोगको मिति २०५९।४।१६ को पत्रवाट प्रमाणिकरणको लागि उच्च माध्यामिक शिक्षा परिषदमा पठाएकोमा उच्च माध्यामिक शिक्षा परिषदको च.नं. १३९ मिति २०५९।५।११ को पत्रसाथ संस्कृत शिक्षा वोर्डक