निर्णय नं. ८६२३ - फैसला बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८६२३ - फैसला बदर भाग: ५३ साल: २०६८ महिना: भाद्र अंक: ५ फैसला मिति :२०६८/०१/२७ ५१४४ ने.का.प. २०६८, ,निर्णय नं. ८६२३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री कमलनारायण दास संवत् २०६३ सालको दे.पु.नं.२०६३-CI-०४३४ फैसला मितिः २०६८।१।२७।३ मुद्दा :– फैसला बदर । पुनरावेदक वादीः जिल्ला सुनसरी, राजगञ्ज सिनवारी गा.वि.स. वडा नं. ५ बस्ने बलदेब महतोको मुद्दा सकार गर्ने निजको छोरा ऐ. बस्ने मंगल महतो विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला सुनसरी, राजगञ्ज सिनवारी गा.वि.स. वडा नं. ५ बस्ने महादेव महतो शुरु फैसला गर्ने मा.न्या.श्री कमलचन्द्र नेपाल पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री विनोदप्रसाद ढुंगेल मा.न्या.श्री केदारप्रसाद चालिसे § अ.वं. ८६ नं. को साहारा लिई अदालतमा प्रवेश गर्ने व्यक्ति अघि चलेको मुद्दाको पक्ष विपक्ष नभई कुनै तेस्रो पक्ष रहेको हुनुपर्ने भन्ने कानूनी व्यवस्थाको मूल सार रहेकोमा वादी मुद्दाको पक्ष नभई तेस्रो पक्ष रहेको देखिन आएको र निजले हदम्यादभित्र नै उपचार खोजेको अवस्थामा हदम्यादविहीन तथा प्रचलित कानूनी व्यवस्थाविपरीत फिराद दायर गरेको भन्न नमिल्ने । (प्रकरण नं.५) § दूषित तवरबाट अरुको हक लाग्ने सम्पत्ति एकलौटी हो भनी देखाई भएको फैसला जतिसुकै तहबाट भए पनि बदरभागी हुन्छ, हरेक तहमा मर्का पर्ने व्यक्ति जानु पर्दछ बदर गराउनु पर्दछ भनी ब्याख्या गर्नु र मान्नु आत्मगत हुन जाने । (प्रकरण नं.६) पुनरावेदक वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल, विद्वान अधिवक्ता श्री राजु कटुवाल प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ताद्वय श्री भीमबहादुर ढकाल र श्री पवनकुमार जयसवाल अवलम्बित नजीरः सम्बद्ध कानूनः फैसला न्या.प्रेम शर्माः पुनरावेदन अदालत विराटनगरको मिति २०६३।१।३१ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत पुनरावेदक वादीको तर्फबाट यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– पिता भाइजीका २ छोरामा जेठो म बलदेव कान्छो महादेव हुन् । महादेवका छोरा रामचरण, सदानन्द हुन् । पिताजीकै पालामा अंशबण्डा भईसकेको छ । पिता भाइजीको अंश जीउनी शेषपछि दुवै छोराले खाने भन्ने सर्त राखी मिति २०२२।७।२ मा बण्डापत्र रजिष्ट्रेशन भएको छ । पिता भाइजीको २०२७ सालमा निधन भयो । पिता भाइजीको अंश भागको माल तथा गुठी मौजाको जग्गा नापीमा राजगञ्ज सिनवारी गा.वि.स. वडा नं. ५(ग) कि. नं. २०२ को ०–६–५, ऐ. ७ (क) कि. नं. ८२ को ०–१–१५, ऐ. कि. नं. ८५ को ०–४–१५, ऐ कि. नं. ८७ को ०–४–१२, र ऐ. वडा नं. ८(ख) कि. नं. ३३ को ०–१८–६, ऐ. कि. नं. ५० को ०–१–१६, ऐ. कि. नं. ५४ को ०–२–५, ऐ. कि. नं. ६९ को १–९–४, ऐ. कि. नं. ७० को ०–५–३, ऐ. कि. नं. ८५ को ०–०–४, ऐ. वडा नं. ९(ख) कि. नं. ६३ को १–९–९, ऐ. वडा नं ७ (ख) कि. नं. १३० को १–२–६, ऐ. ९(ख) कि. नं. ६७ को २–१४–७, ऐ. कि. नं. ६९ को ०–४–४, ऐ. वडा नं. ९(ग) कि. नं. १२९ को १–१–०, सुनसरी जिल्ला अमाहिवेलहा गा.वि.स. वडा नं. ८ (क) कि. नं. ९१ को २–२–१७, ऐ. कि. नं. ९३ को ०–१६–१२, ऐ. देवानगञ्ज गा.वि.स. वडा नं. ४ कि. नं. ७२ को १–९–१६, राजगञ्ज सिनवारी गा.वि.स. वडा नं. ५(ख) कि. नं. ६७ को ०–५–१८, ऐ. कि. नं. ६९ को ०–५–१७, ऐ. कि. नं. ६८ को ०–३–४, ऐ. कि. नं. ७१ को ०–१४–१७ को जग्गा नापी भै मालतर्फको जग्गाको जग्गाधनी प्रमाणपूर्जा प्राप्त भएको र गुठीतर्फको पूर्जा प्राप्त हुन बाँकि भै आ