निर्णय नं. ८२८६ - गुठी कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२८६ - गुठी कायम भाग: ५१ साल: २०६६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६६/०७/०९ ४६३६ निर्णय नं. ८२८६ २०६६ चैत,अङ्क १२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०५९ सालको दे.पु.नं. –८१७६ संवत् २०६२ सालको दे.पु.नं. –९७२४ फैसला मितिः २०६६।७।९।२ मुद्दाः गुठी कायम पुनरावेदक प्रतिवादीः काठमाडौं जिल्ला, भद्रवास गा.वि.स. बडा नं. ८ बस्ने राजेन्द्रकुमार नेपाल विरूद्ध प्रत्यर्थी वादीः ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका बडा नं. १४ तिखेदेवल बस्ने गणेशबहादुर पाण्डे पुनरावेदक प्रतिवादीः श्री गुठी संस्थान केन्द्रीय कार्यालयको तर्फबाट ऐ. का प्रशासक सेमन्तराज चापागाई समेत विरूद्ध प्रत्यर्थी वादीः ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका बडा नं. १४ तिखेदेवल बस्ने गणेशबहादुर पाण्डे शुरू फैसला गर्नेः मा.जि.न्या. श्री शम्भुबहादुर कार्की पुनरावेदन फैसला गर्नेः मा.न्या. श्री गौरी ढकाल मा.न्या. श्री राजेन्द्रराज पन्त § साविक स्रोतबिनाका पूर्जालाई दर्ताको संज्ञा दिई सो बदर गराउनु पर्ने भन्ने प्रतिवादी गुठी संस्थानको पुनरावेदन जिकीर समेतलाई न्यायसंगत मान्न मिल्दैन । कसैका नाउँमा कुनै जग्गा दर्ता हुन निश्चित स्रोत र आधार चाहिन्छ । फिल्डबुकको कथन नै एक र एकमात्र दर्ताको आधार हुन नसक्ने । § राजगुठी वा छुट गुठी भएको कुनै आधार र स्रोतबिना आफ्नै परिपत्रको भरमा उब्जेको जग्गाधनी प्रमाण पूर्जाले दर्ताको आधिकारिक स्वरुप ग्रहण गर्न नसक्ने । (प्रकरण नं.२) § विवादको विषयभन्दा बाहिर गएर विवादित जग्गाको मोहियानीका सन्दर्भमा बोल्न नमिल्ने। (प्रकरण नं.३) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता बसन्तराम भण्डारी तथा विद्वान अधिवक्ताहरू बालकृष्ण चौलागाई, भरतप्रसाद खरेल, ज्ञानेन्द्रप्रसाद पोखरेल प्रत्यर्थी वादी तर्फबाटः अधिवक्ताहरू शम्भु थापा, रक्षबहादुर क्षेत्री र इन्द्र खरेल अवलम्वित नजीरः नेकाप २०५३, नि.नं. ६२३९, पृष्ठ ६१४ नेकाप २०६४, नि.नं. ७८८५, पृष्ठ १२७५ सम्बद्ध कानूनः विर्ता उन्मूलन ऐन, २०१६ को दफा ७(४) फैसला न्या. प्रकाश वस्तीः पुनरावेदन अदालत पाटनको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) अनुसार यस अदालतमा मुद्दा दोहोर्याउने निवेदन परी तथा निस्सा प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः— निजी गुठी भनी यस कार्यालयमा दावी गर्ने व्यक्तिलाई निजी गुठी भए सम्बन्धित अदालतबाट आफ्नो हक कायम गराई ल्याउनु भन्ने २०५२।९।७ को काठमाडौँ गुठी संस्थान कार्यालय कालमोचनको निर्णय र सो निर्णयबमोजिमको वादी गणेशबहादुर पाण्डेलाई २०५२।९।१० मा जारी भएको पत्रानुसारको जानकारी २०५२।९।१२ मा बुझेको । पुर्खाहरूको पुर्खौली रूपमा १९१० साल कार्तिक ९ रोज १ मा पशुपति मृगस्थलीमा मालिकेश्वर शिव भगवती मन्दिर स्थापना गरी सोही अवस्थादेखि निरन्तर नित्यपूजा आराधना गरी सो कार्यका लागि सलगु खेत रोपनी ३० जग्गा समेत आयस्ताको लागि राखी सो जग्गाको आयस्ताबाट निजी गुठी मालिकेश्वर शिव भगवतीको परापूर्वदेखि धार्मिक कार्यसञ्चालन गरिआएका थियौँ । मालिकेश्वर निजी गुठी जग्गा काठमाडौ जिल्ला भद्रवास डाछी र चाँगुमा भएको र हाल विवाद देखाई अदालतबाट हक कायम गरिल्याउनु भन्ने जग्गा भद्रवास बडा नं. ८ कि.नं. ६७ को क्षेफल ३–२–० कि.नं. ६९ को १–५–० कि.नं. ७० को क्षेत्रफल २–१२–० ऐ. वडाक