निर्णय नं. ४०७३ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०७३ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४७/०१/१४ २७५७ निर्णय नं. ४०७३ ने.का.प. २०४७ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४६ सालको रि.नं. ५९९ आदेश भएको मिति: २०४७।१।१४।६ मा निवेदक : जनकपुरधाम न.पं. वा.नं. ११ स्थित शिव मेडिकल स्टोर्सको प्रो.रामजीप्रसाद शाह विरुद्ध विपक्षी : कर कार्यालय, जनकपुरसमेत विषय : उत्प्रेषण (१) निवेदकले पेश गरेको विवरणलाई अमान्य गर्दा कसरी विवरणमा फरक पर्न गयो र के कुन तथ्यांक प्रमाणको आधारमा कर निर्धारण गरियो सो सम्पूर्ण कुरा स्पष्ट उल्लेख नगरी खूद आय कायम गरी कर निर्धारण गर्ने गरिएको निर्णयलाई कानुन अनुरुपको मान्न नमिल्ने । (प्रकरण नं. १२) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री सुशीलकुमार सिन्हा विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत अवलम्बित नजीर : ने.का.प. २०३६, अंक ८, पृष्ठ २३७ मा प्रकाशित नि.नं. १२८७ निवेदक सुनीलकुमार एण्ड कं.प्रा.लि. विरुद्ध विपक्षी कर फछ्र्यौट आयोग काठमाडौं समेत भएको उत्प्रेषण विषयमा यस अदालत पूर्ण इजलासबाट प्रतिपादित सिद्धान्त । आदेश न्या.बब्बरप्रसाद सिंह १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार छ । २. निवेदकले आ.ब. २०४३।०४४ को आय विवरण आय खरिद रु. ३६,६१,३७५।५७ र कूल बिक्री रु. २६,२३,४०३।४९ भएको पेश गरेकोमा कर कार्यालय जनकपुरले कानुन विपरीतका हचुवा आधार देखाई थोक औषधि बिक्री ४०,०००००।– कायम गरेको शुरु र अन्तिम मौज्दात पनि नदेखाई खर्च कट्टी नगरी ६% ले खूद आय रु. २,४०,०००।– कायम गरेको २०४५।२।७ को कानुन विपरीतको निर्णय उपर मेरो निवेदन परेकोमा पूर्व निर्णय नै सदर गरी २०४६।३।१ मा कर विभागबाट निर्णय भएको आयकर ऐन, २०३१ को दफा ३३, १७ तथा नियमावली, २०३९ को नियम १६ समेतको विपरीत छ । ३. आयकर ऐनको दफा ५६–५८ ले पेश भएको हिसाब अमान्य गर्न पूर्वावस्था अनिवार्य छ यस फर्मको प्रस्तुत वर्षमा शुरु मौज्दात रु. १,२५,३१५।२४ भएको र आयात रु. ३६,६१,३५७।२३ को गरेको र साल तमामी मौज्दात रु. १३,०२,०७६।४९ भएको श्रेस्ता प्रमाण विपरीत एकमुष्ट कूल बिक्री रु. ४०,००,०००।– कायम गर्नु हचुवा भई कूल आयात भन्दा बिक्री बढी देखिन गएको छ । कुनै खर्च कट्टी गरेको पनि छैन । मौज्दातको कुनै विवरण खुलाएको पनि छैन । कर निरीक्षकको प्रतिवेदन आयकर ऐन, २०३१ को दफा ३३ (२)(ग) विपरीत भएको समेत हुँदा संविधानको धारा १६।७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरी कर कार्यालय जनकपुरको २०४५।२।७ को कर निर्धारण आदेश र सो सदर गर्ने गरेको कर विभागको २०४६।३।१ को निर्णय समेत बदर गरी पाउँ भन्ने मुख्य रिटनिवेदन जिकिर । ४. यसमा के कसो भएको हो निवेदक माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? विपक्षीहरुबाट लिखितजवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने यस अदालत संयुक्त इजलासको आदेश । ५. निवेदकको आ.व. २०४३।४४ को कारोबार सम्बन्धी विवरण २०४४।८।२७ मा यस कार्यालयमा दाखिल गरी निजको उक्त आ.व. मा रु. ४०,००,०००।– को औषधिको स्तरमा बिक्री गरेको देखिएको र यीनै कारोबार गर्ने अन्य करदाता सरह उक्त बिक्रीमा ६% खूद आय कायम गरी आयकर निर्धारण भएको, निजले पेश गरेको विवरण मान्यता दिन नमिल्ने कुरामा प्रमाण पेश गर्ने मौका दिंदा ठोस सबूद दिन नसकेको र उक्त आदेश उपर कर विभागमा निजको पुनर