निर्णय नं. ४०७४ - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०७४ - बन्दीप्रत्यक्षीकरण भाग: ३२ साल: २०४७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४७/०१/१३ २५७७ निर्णय नं. ४०७४ ने.का.प. २०४७ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४६ सालको रि.नं. ७०५ आदेश भएको मिति: २०४७।१।१३।५ मा निवेदक : कारागार शाखा काठमाडौंमा थुनामा बस्ने करु थापा मगरसमेत विरुद्ध विपक्षी : तनहुँ जिल्ला अदालतसमेत विषय : बन्दीप्रत्यक्षीकरण (१) निवेदकहरुका हकमा ज्यान मुद्दाका कसूरदार ठहर भई ज्यानसम्बन्धीको १३(४) नं. बमोजिम र अन्य प्रतिवादीहरुलाई ऐ. १३(३) नं. बमोजिम जन्मकैद हुने सजायँ भइसकेपछि अन्य २ वटा मुद्दाहरुको जन्मकैद भन्दा कम सजायँ हुने खत हुँदा सो समेत जन्मकैदको सजायँमा खापी सजायँ गर्न नमिल्ने । (प्रकरण नं. १३) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री रमनकुमार श्रेष्ठ विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्रबस्नेत आदेश न्या.बब्बरप्रसाद सिंह १. नेपालको संविधानको धारा १६।७१ अन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त विवरण यस प्रकार छ :– २. लाटी मगर्नीको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी हामी रिट निवेदकहरु समेत भएको ज्यान मुद्दामा कसूर गरेको ठहर गरी हामी मध्ये करु थापा मगरलाई ज्या.सं. को १३(४) र अन्यलाई १३(३) नं. बमोजिम जन्मकैद गर्ने गरी विपक्षी अदालतबाट २०३६।८।२१ मा फैसला भई हामी सबै २०३६। ५।१४ देखि थुनामा रहेको १ हे.क. भुपाल सिंहको जाहेरीले वादी श्री ५ को सरकार प्रतिवादी हामी रिट निवेदकहरु भएको डाँका ज्यान मुद्दामा कसूर गरेको ठहर गरी जनही कैद वर्ष ६ र जरिवाना रु. ५,२८६ हुने गरी २०३८।७।४ मा फैसला भएको –१ कारागार शाखा तनहुँको प्रतिवेदनले वादी श्री ५ को सरकार प्रतिवादी हामी रिट निवेदकहरु भएको थुनुवा भाग्यो भगायो भन्ने मुद्दामा कसूर ठहर भई कैद वर्ष ९।११।२८ हुने गरी २०३८।७।२४ मा फैसला भएको –१ समेत जम्मा ३ कलमको फैसला भएको । ३. विपक्षीले ठहर फैसला गरेको ३ कलम मध्ये दण्ड सजायँको ८ नं. बमोजिम सबै कलमको खत पटक खापी सजायँ गर्न नमिल्ने हुँदा ठूलो खत लाग्ने ज्यान मुद्दाको जन्मकैद वर्ष २० मात्र लगत ठेकी कैद असूल गर्नु र २०३६।५।१४ देखि थुनामा रहेको हुँदा २०५६।५।१३ सम्म कैदमा बसी ऐ. १४ गते छुटी जाने भनी विपक्षी नं. १ बाट विपक्षी नं. २ का नाउँमा जनाउ र हामी रिट निवेदकहरुलाई कैद म्याद ठोकुवा पुर्जी समेत २०३८।८।३०।३ मा दिएकोमा विपक्षी नं. २ ले सो बमोजिम नगरी ज्यान डाँकामा कैद वर्ष ६ र जरिवाना रु. ५२८६।– को कैद वर्ष ४।, ज्यान र कारागारबाट भागेको मुद्दामा ३५।११।२५ वर्ष समेत ३९।११।२५ वर्ष कैद ठेकी २०३६।५।१४ देखि थुनिएको २०७६।५।५ मा छुट्ने गरी कैद ठेकिएकोले कैदी पुर्जी पठाई दिनु भनी विपक्षी नं. १ संग माग गरे बमोजिम सोही अनुसारको पुर्जी विपक्षी नं. २ लाई पठाई सोको जानकारी हामीलाई २०३९।५।२८ मा प्राप्त भई सोही अनुसार कैद लगत ठेकी रहेकोछ । ४. दण्ड सजायँको ८ नं. ले मृत्युदण्ड, सर्वश्वसहित जन्मकैद वा जन्मकैद मध्ये ठूलो सजायँ भएपछि सानो सजायँ हुने खत पटक खाप्नु हुन्न । दण्ड सजायँको ४१ नं. ले पनि एकै वा धेरै मुद्दाको धेरै कलमको कैद ठेक्नु परेमा सबभन्दा ठूलो कैदको हद ननाघ्ने गरी कैद ठेक्नु पर्ने हो । विपक्षीहरुको काम कारवाही कारागार ऐन, २०१९ को दफा ३(२) र ४(१),(२), २४(६) समेतको प्रतिकूल भई संविधानको धारा १०।१६ द्वारा प्रत्याभूत मौलिक हक समेतमा आघात परेकोले ज्यान मुद्दामा जन्मक