निर्णय नं. ८२८७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८२८७ - उत्प्रेषण भाग: ५१ साल: २०६६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६६/०५/३० ३४२७ निर्णय नं. ८२८७ २०६६ चैत,अङ्क १२ सर्र्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०५९ सालको रि.नं. २५०९ आदेश मितिः २०६६।५।२३।३ विषय – उत्प्रेषण । निवेदकः जिल्ला पर्सा गा.वि.स हरिहरपुर वडा नं. ९ गुलरिया बस्ने गिरीधारी महतो समेत विरुद्ध विपक्षीः भूमिसुधार कार्यालय, पर्सा बीरगञ्ज समेत § विलम्वको सिद्धान्तको एक मात्र वास्तविक तत्वमा समयको अन्तराल प्रमुख तत्व भए पनि विलम्व हुन गएको प्रमुख कारणको औचित्यको विश्लेषण गर्दा समयमा आफ्नो अधिकारको उपभोगमा सचेतता र सजगता नदेखाई उदासीनता देखाएको स्पष्ट रुपमा पुष्ट्याई हुन पर्ने । § विलम्व सिद्धान्तको दुहाई दिने पक्षले यसको औचित्य पुष्ट्याईको लागि मौकामा प्रत्यक्ष वा परोक्ष रुपमा निजका विरुद्ध गरिएको आदेश वा कारवाहीको सोही अवसरमा जानकारी प्राप्त थियो भन्ने वस्तुनिष्टरुपमा पुष्टयाई गर्नसक्नु पर्दछ । समयको अन्तराललाई मात्र यसको मापदण्ड निर्धारण गरी कसी लगाउने हो भने यसभित्र अन्तर्निहीत आदर्श र यसको वास्तविक मर्म तथा भावना मर्माहत हुन पुग्ने । (प्रकरण नं.६) § जव कानूनद्वारा स्थापित सर्वमान्य सिद्धान्त वा आदेशप्रतिकूल कुनै निकाय वा अधिकारीद्वारा कानून उल्लघंन गरी कुनै निर्णय गरी कसैको संरक्षित अधिकार कुण्ठित गरिन्छ भने त्यस अवस्थामा असाधारण अधिकारको क्षेत्राधिकारको शरणमा विवशतापूर्वक जानु पर्ने स्थिति सिर्जना हुन्छ र यस्तो अवस्थामा असाधारण अधिकार मुकदर्शक भएर वस्न पनि मिल्दैन । असाधारण परिस्थितिमा क्रियाशील हुने यो यस्तो अस्त्र हो जसले कुण्ठित अधिकार प्रचलन गर्न प्राण सञ्चय गर्न सन्जीवनी प्रदान गर्दछ । तसर्थ यसलाई सधै साघुरो लक्ष्मणरेखाभित्र सीमित राखी व्याख्यान गर्दा यसको औचित्य नै ह्रास हुने प्रवल सम्भावना सिर्जना हुन्छ, । तसर्थ सामान्य न्यायिक मान्यताको अवलम्वन नगरेको अवस्थामा यो सदैव क्रियाशील हुन्छ त्यसो नहुने हो भने यसको पावन आर्दश नै कुण्ठित हुने । (प्रकरण नं.७) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता हरिहर दाहाल विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता शरदकुमार खड्का, विद्वान अधिवक्ता सोमराज तिमिल्सिना अवलम्वित नजीरः सम्बद्ध कानूनः गुठी संस्थान ऐन, २०३३ को दफा २(ज) र २५ भूमि सम्बन्धी ऐन, २०२१ को दफा २१(१), २६(१) आदेश न्या. प्रेम शर्माः तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३ र ८८ (२) अन्र्तगत उत्प्रेषणको आदेश जारी गरिपाऊँ भनी यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एंव आदेश यसप्रकार छः- जिल्ला पर्सा कट्टिमठका लक्ष्मीदास साधुलाई कुतबाली बुझाई आाएको जिल्ला पर्सा हरिहरपुर गा.वि.स. वडा न. ८ कि.नं. २३९को ०–३–१५ जग्गाको मोही निवेदक गिरीधारी महतो, ऐ.ऐ. कि.न. २४८ को ०–११–० को मोही सुलेमान मिया धोवी, ऐ.ऐ. कि.न. २५८ को ०–४–५ एंव कि.न. २४६ को ०–०–०–१८ को मोही स्व. वावुलाल कंकर भएकोमा निजको हकखाने बीरवहादुर कंकर, ऐ कि.नं २४४ को ०–०–१०, कि.नं २५७ को ०–४–५ को मोही देवनन्दन हजाम हुनुभई निजको हकखाने जमुना ठाकुर हजाम रहेको, ऐ.ऐ. कि.न. १७६ को ०–१२–० को मोही शुरज महतो, ऐ वडा नं ९ को कि.नं ७३ को ०–५–१० ऐ.ऐ. को कि.नं ४१२ को ०–४–१२, ऐ. वडा नं. ८ कि.नं २४७ को ०–११–१०, ऐ कि.नं. २८० को १–१–१० समेतका चार कित्ता जग्गाहरूको मोही व्रह्मदेव राउत हुनु भई उहाँको