निर्णय नं. ४०७५ - बन्दीप्रत्यक्षीकरण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४०७५ - बन्दीप्रत्यक्षीकरण भाग: ३२ साल: २०४७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४७/०१/०२ २६४४ निर्णय नं. ४०७५ ने.का.प. २०४७ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४६ सालको रि.नं. ८२६ आदेश भएको मिति: २०४७।१।२।१ मा निवेदक : सप्तरी कारागारमा थुनामा रहेको लोकबहादुर भन्ने राजाराम बस्नेत विरुद्ध विपक्षी/प्रत्यर्थी : सप्तरी जिल्ला अदालतसमेत विषय : बन्दीप्रत्यक्षीकरण (१) डाँका बाहेक चोरी चार प्रकारका छन् यी चार प्रकारका चोरी एकै किसिमको चोरी नभई बेग्ला बेग्लै किसिमको चोरी हो र कानुनले सजायँ पनि बेग्ला बेग्लै तजबीज गरेको छ । (प्रकरण नं. ८) (२) चोरीको पटक कायम गर्दा एक किसिमको चोरीलाई अर्को किसिमको चोरीसंग गाभी पटक कायम गर्न चोरीको ११ नं. ले त्यस्तो कानुनी प्रावधान गरेको नपाइने । (प्रकरण नं. ८) (३) साधारण चोरी गर्नेलाई नकवजनीको कसूरमा सजायँ गर्न मिल्दैन । त्यस्तै साधारण चोरी पटक नकवजनी चोरीमा गाभी पटक कायम गर्दा आफूले जुन अपराधै गरेको छैन त्यस्तो अपराधको बढी पटके सजायँ हुन जाने स्थिति पर्छ । यस्तोमा साधारण चोरीको हिसाब नकवजनी चोरीसंग गाभी पटक कायम गर्न न्यायसंगत नदेखिने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री गोपालप्रसाद भण्डारी प्रत्यर्थी तर्फबाट : विद्वान का.मु. सहन्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ फैसला न्या.त्रिलोकप्रताप राणा १. संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ । २. २०३९ सालमा सुनसरी जिल्ला अदालतबाट साधारण चोरी मुद्दा ३ मा क्रमशः पहिला, दोस्रा, तेस्रा पटक समेतमा सजायँ पाई सो भुक्तान गरी छुटेकोमा, ना.सु.वालकृष्ण पंडितको जाहेरीले वादी श्री ५ को सरकार भएको पहिलो पटक नकवजनी चोरी गरेको ठहरी विपक्षी नं. १ बाट ०४६।३।८ मा फैसला भएको हुँदा यो नकवजनी चोरीमा के कति सजायँ गर्नु पर्ने हो सो प्रश्न नै मुख्य विचारणीय छ । मुख्यतः चोरीको प्रकृति अवस्था अनुसार चोरीको महलले चोरीलाई ५ प्रकारमा विभाजन गरेको छ ती मध्ये जुन चोरीमा जति पटक चोरी गरेको ठहर्छ सो चोरीमा त्यति पटकको पटक कायम गरी सजायँ गर्ने व्यवस्था गरेको पाइन्छ । कसैले साधारण चोरी गरे बापत भएको सजायँ भोगी छुट्टै नकवजनी चोरी गरेमा त्यस्तो अवस्थामा अघि साधारण चोरीको सजायँ भोगी सकेको भनी पटक कायम गरी पछिको नकवजनी चोरीमा खत खापी सजायँ गर्न नमिल्ने कुरा चोरीको प्रकृति अवस्था बमोजिम चोरीको वर्गीकरणबाट स्वतः प्रष्ट गरेको पाइन्छ । यस्तो अवस्थामा एउटा प्रकृति अवस्था भएको चोरीमा सजायँ भएको भन्दैमा पछि अर्कै प्रकृति अवस्था भएको चोरीको पटक कायम गरी दोस्रा प्रकृति अवस्था भएको चोरीमा पहिलो पटकको खत खापी सजायँ गर्न मिल्ने होइन । साधारण चोरी र नकवजनी चोरी एकै प्रकृयाको नभई भिन्नै प्रकृतिको भएकोले नकवजनी चोरीमा चौथा पटक कायम गरी चोरीका १४(१) ले कैद वर्ष १।६ हुने नभई नकवजनी चोरीमा पहिलो पटकको सोही ऐनले कैद महीना ।१।१५ हुनु पर्ने स्वतः स्पष्ट भएकोले सप्तरी जिल्ला अदालतबाट मलाई नकवजनी चोरीमा चौथा पटक कायम गरी गरेको उक्त फैसला बदर गरी संविधानको धारा ७१ अन्तर्गत बन्दीप्रत्यक्षीकरणको आज्ञा, आदेश वा जो चाहिने पुर्जी जारी गरी गैरकानुनी थुनाबाट मुक्त गरिपाउँ भन्ने समेत व्यहोराको रिटनिवेदन जिकिर । ३. यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? विपक्षीहरुबाट लिखितजवाफ