निर्णय नं. ४०७७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४०७७ - उत्प्रेषण भाग: ३२ साल: २०४७ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४६/१२/२९ २५२९ निर्णय नं. ४०७७ ने.का.प. २०४७ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा सम्वत् २०४६ सालको रि.नं. ६२४ आदेश भएको मिति : २०४६।१२।२९।४ मा निवेदक : का.न.पं. वा.नं. ९ स्थित नेपाल ईम्पोर्ट एक्सपोर्ट टे«डर्स (प्रा.लि.) को तर्फबाट ऐ.को सञ्चालक शशिबिनोद शर्मा विरुद्ध विपक्षी/प्रत्यर्थी : श्री ५ को सरकार, अर्थमन्त्रालय काठमाडौंसमेत विषय : उत्प्रेषण (१) ऐनले निर्दिष्ट गरे बमोजिमको रीतपूर्वकको सूचना दिएको नदेखिँदा त्यस्तो सूचनालाई आयकर ऐन, २०३१ को दफा ३३(४) बमोजिमको सूचना भन्न नमिल्ने । (प्रकरण नं. ९) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री खगेन्द्र बस्नेत अवलम्बित नजीर: महेशकुमार अग्रवाल विरुद्ध कर कार्यालय विराटनगर समेत भएको उत्प्रेषण विषयको रि.नं. २३६३ मा प्रतिपादित सिद्धान्त आदेश न्या.त्रिलोकप्रताप राणा १. नेपालको संविधान धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको व्यहोरा यस प्रकार रहेछ । २. उक्त कम्पनी आ.व. ०३८–०३९ मार्ग कार्तिकको हिसाब किताबवाला आय विवरण विपक्षी कर कार्यालयमा मिति २०४२।२।३० मा पेश गरी त्यसको साथमा लेखा परीक्षण भएको नाफा नोक्सानी तथा वासलात समेत पेश गरिएकोमा विपक्षी कर कार्यालयले आयकर ऐन, २०३१ को दफा ४५ तथा दफा ३१(क) बमोजिमको भनी मिति २०५४।८।१६ मा पछिल्लो पत्र हुलाकबाट रजिष्ट्री गरी पठाई मिति २०४५।११।८ मा दफा ३३(४) बमोजिमको सूचना बुझाउन पठाउँदा फेला नपरी मिति ०४५।८।१६ मा रजिष्ट्री गरी पठाएको भनेको सो पत्र धेरै पछि प्राप्त भई सो पठाएको सूचना कानुन बमोजिमको नभएकोले कानुन बमोजिमको सूचना पाउँ भनी विपक्षी कर कार्यालयमा सम्पर्क राखी अनुरोध गर्दा अर्को सूचना पठाउने आश्वासन दिएकोमा सो अनुसारको अर्को सूचना नपठाई मिति २०४६।२।२० को आयकर निर्धारण आदेश पठाएकोले सो आदेश ०४६।३।२ मा प्राप्त भई सो आदेशमा उल्लेख गरिएको मिति ०४६।२।१८ को निर्णयको प्रतिलिपिको लागि निवेदन दिई मिति ०४६।४।२ मा सो निर्णयको प्रतिलिपि प्राप्त भई सो निर्णय तथा आदेश समेत गैरकानुनी भएको प्रष्ट छ । विपक्षी कर कार्यालयको मिति ०४६।२।१८ को उक्त निर्णय तथा मिति ०४६।२।२० को उक्त आयकर निर्धारण आदेश तथा विपक्षी श्री ५ को सरकार अर्थ मन्त्रालयको मिति ०४०।८।१९ को ने.रा.प. मा प्रकाशित सूचना समेत सरासर गैरकानुनी तथा अन्यायपूर्ण समेत भएको सम्बन्धमा विपक्षी कर कार्यालयले निवेदकको उक्त आ.व.को खूद आय, आयकर (संशोधन सहितको) ऐन, ०३१ को दफा ३३(२) को खण्ड (क)(ख)(घ) र (छ) बमोजिम निर्धारण गरेको भन्ने उक्त निर्णयमा उल्लेख छ र सो दफा ३३(२) बमोजिम खूद आय निर्धारण गर्दा सोही ऐनको दफा ३३(४) बमोजिम रीतपूर्वकको सूचना पठाउनु पर्ने कानुनी बाध्यता छ र सो दफा ३३(४) को सूचना कस्तो किसिमको हुनुपर्छ भन्ने सम्बन्धमा निवेदक दिपचन्द्र दुगड विपक्षी कर विभाग समेत भएको ०४१ सालको रिट नं. २३७३ निर्णय मिति ०४२।३।२० (अप्रकाशित) ने.का.प. ०४५ मार्ग नि.नं. ३५४४ पृष्ठ ७७८, ने.का.प. ०४२ भाद्र नि.नं. २३६३ पृष्ठ ४५७ मा समेत न्यायिक सिद्धान्त प्रतिपादित भइसकेको छ र सो प्रतिपादित न्यायिक सिद्धान्त अनुसार आयकर ऐन, ०३१ को दफा ३३(२) को देहाय खण्ड (क) देखि (छ) सम्ममा उल्लेख भएका आधारहरु मध्ये कुन चाहिं आधारमा के कति खूद आय कसरी कायम हुन