निर्णय नं. ८२८८ - आयकर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८२८८ - आयकर भाग: ५१ साल: २०६६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०६६/०५/२९ ३८९४ निर्णय नं. ८२८८ २०६६ चैत,अङ्क १२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रेम शर्मा माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६१ सालको फौ.पु.नं. ३७६४, ३७६७ फैसला मितिः २०६६।५।२९।२ मुद्दाः आयकर । पुनरावेदकः आन्तरिक राजश्व कार्यालय क्षेत्र न.१ ववरमहल काठमाडौँ विरुद्ध प्रत्यर्थीः होटल एभरेष्ट इन्टरनेशनल लि.का मेनेजिङ्ग डाइरेक्टर मसकुर अहमद लारी एवं पुनरावेदकः होटल एभरेष्ट इन्टरनेशनल लि.का मेनेजिङ्ग डाइरेक्टर मसकुर अहमद लारी विरुद्ध आन्तरिक राजश्व कार्यालय क्षेत्र नं. १ बबरमहल काठमाडौँ शुरु निर्णय गर्नेः प्रमुख कर अधिकृत श्री सुरेन्द्रमणि त्रिपाठी पुनरावेदन फैसला गर्नेः मा.अध्यक्ष श्री दामोदरप्रसाद शर्मा राजस्व सदस्य श्री डम्वरबहादुर पन्त लेखा सदस्य दयानाथ शर्मा § असूल गरी लिन पाउने हक अधिकार भएको रकमलाई असूल हुन नसक्ने भनी मिनाहा दिई खर्चको दावी गर्न करदाताले सो रकम उठाउनको लागि सकेसम्म प्रयास गरेको कुराको प्रमाण पेश गर्न सक्नुपर्ने । § असूल हुन नसक्ने भनी मिन्हा ठहर गर्नुभन्दा पहिला करदाताले उक्त रकम असूल गर्नको लागि के कस्तो प्रयास गरेको थियो भन्ने कुरा सो व्यक्तिलाई उक्त रकम बुझाउन ताकेता गरी लेखापढी गरेको, कानूनी कारवाहीको सूचना दिएको वा यस्तो कारवाही चलाउँदा त्यस्तो रकम तिर्नुपर्ने कर्तव्य भएको व्यक्ति फेला नपरेको वा कुनै कारणले निजउपर कानूनी कारवाही चलाउन नसकिएको वा निजको कुनै सम्पत्ति फेला नपरी अदालतको निर्णय कार्यान्वयन हुन नसकेको भन्ने जस्ता कुनै एक वा बढी अवस्था विद्यमान भएको कुराको प्रमाण कागजको आधारमा नै करदाताले भुक्तानी पाउन पर्ने कुनै रकम असूल नहुने भनी मिन्हा गर्ने ठहर गर्नुपर्ने । (प्रकरण नं.५) § करदाताले आय आर्जनको लागि कारोवारसँग सम्बन्धित खर्च हो भनी रीतपूर्वकका बिल भर्पाइहरू प्रस्तुत गरेको अवस्थामा त्यस्तो खर्च आयआर्जनको कार्यसँग सम्बन्धित खर्च होइन भनी कर कार्यालयबाट निर्णय गरिन्छ भने त्यसको आधारहरू प्रष्ट गर्नुपर्ने । (प्रकरण नं.९) § करदाता प्रतिष्ठानले नियमित व्यावसायिक कारोवारमा प्रयोग हुने रकमबाट छुट्याई त्यसको सञ्चालन नियन्त्रण र उपयोग कामदार र कर्मचारीहरूको आवास र सोसँग सम्बन्धित कल्याणकारी काममा प्रयोग र सञ्चालन गर्न उपयुक्त संयन्त्रको विकास भएको देखिँदैन भने त्यस्तो रकम छुट्याउनुको उद्देश्य पूरा भएको मान्न नमिल्ने । (प्रकरण नं.१४) पुनरावेदक तर्फबाटः विद्वान उपन्यायाधिवक्ता श्री कृष्णप्रसाद पौडेल प्रत्यर्थी तर्फबाटः विद्वान अधिवक्ताद्वय अनिलकुमार सिन्हा र नारायण नेपाल अवलम्वित नजीरः सम्बद्ध कानूनः  आयकर ऐन, २०३१ को दफा १२, १२(१)(च), ४१(झ), १२(१)(ख)  नेपाल कारखानामा काम गर्ने मजदुर सम्बन्धी ऐन, २०१६ को दफा १२  श्रम ऐन, २०४८ को दफा ४१  श्रम नियमावली, २०५० को नियम ५२, १४ फैसला न्या.भरतराज उप्रेतीः राजस्व न्यायाधिकरण काठमाण्डौको फैसलाउपर राजश्व न्यायाधिकरण ऐन, २०३१ को दफा ८(ख), (ग) र (घ) को आधारमा पुनरावेदनको अनुमति प्रदान भई पेश हुन आएको यस अदालतको क्षेत्राधिकार भित्रको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- होटल एभरेष्ट इन्टरनेशनल लि.को आ.व. १९९२ ज.डि. को लागि होटलबाट खुद आय रु ४०,५१,०४९।५२ उल्लेख गरी लाग्ने अन्तिम कर रु १४,०५,६१७ ।२३ वुझाएको उल्लेख गरी संलग्न वासलात तथा नाफा नोक्सान हिस